
पूर्णपुष्टि, फागुन १३ गते । नेपाल समाजवादी पार्टीले राष्ट्रपतिको चुनावमा काग्रेसका उम्मेदवालाई मत दिने भएको छ । यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने भएको छ । सो निर्वाचनमा डां बाबुराम भट्टराई नेत्तृत्वको पार्टीले काग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो । नेसपाको बैठकले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको हो ।
गत निर्वाचनामा माओवादीको चुनाव चिन्ह लिएर लडेको नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् । राष्ट्रपति चुनावमा नेसपाको मतभार २५४ छ । राष्ट्रपतिका लागी काग्रेसबाट रामचन्द्र पौडेर र एमालेबाट सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
