Wednesday, June 10News That Matters

सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने राप्रपाको निर्णय

पूर्णपुष्टि, फागुन १३ गते । हालको माओवादी नेत्तृत्वको सरकारबाट बाहिरने र सर्मथन समेत फिर्ता लिने राप्रपाले निर्णय गरेको छ ।प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
उनले भने परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा बसिरहनु उपयुक्त नहुने ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै, प्रदेश सरकारबाट समेत बाहिरने निर्णय गरका छौँ ।

राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ । हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ ।