
पूर्णपुष्टि/रौतहट, असार ३१। रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
गरुडा नगरपालिका–९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घटनामा उनको घाँटीमुनिको करिब ३१.५ प्रतिशत शरीर जलेको छ।
घटनालगत्तै उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
युवकले आत्मदाहको प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
