
पूर्णपुष्टि, माघ १२
लुम्वीनी प्रदेशको राष्ट्रिय सभा निर्वाचन बाट गठबन्धनका उम्मेदवारीहरु विजयी भएका छन् । गठबन्धन बाट उम्मेदवारी दिएर चुनाव लडेका काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् । उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो ।



