Wednesday, June 17News That Matters

वनको निगरानीको काठ रातारात हरायो

पूर्णपुष्टि, जेठ २८ ।
डिभिजन वन कार्यालय, उदयपुरको निगरानीमा परिसकेको ठुलो मात्राको अबैध कटानी काठ रातारात हराएको छ । उदयपुरको बेलका नगरपालिका ७ स्थित दुधकोशी सामुदायिक वनको अबैधरुपमा काटिएको अन्दाजी ४०० क्युवि गोलिया र ३१ थन चिरान काठ रातारात हराएको उपभोक्ता कलाराज राईले जानकारी दिए । वडा न‌‍ ८ मा पर्ने आरंगामा  घाटगद्दी गरिएको काठ र चिरान काठ रातारात हराएको उनले बताए ।
अन्दाजी तीनदर्जन सालका रुखहरु अबैधानिकरुपले कटान गरी चिरान गरिएको र गोलीया घाटगद्दीसमेत गरेको उजुरी परेपछि वन अधिकारीको टोलीले तीनदिनदेखि स्थलगत अनुसन्धान गर्दै आएको थियो । काठ हराएको खबर स्थानीयले गरेको र टोली खटिगएको वन कार्यालयले जनाएको छ ।