Thursday, June 18News That Matters

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, चालकसहित तिन घाईते

पूर्णपुष्टि, बैशाख २२ । संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परी तिन जना घाईते भएका छन् ।

घाईते हुनेमा हेलिकप्टर चालक, सहचालक र स्थानिय एकजना रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङले बताएका छन् । उनका अनुसार शुक्रबार दिउँसो सवा १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार एकजना स्थानीय अनियन्त्रित हेलिकप्टरबाट हाम फाल्दा घाइते भएका छन् भने पाइलट र सहचालकको अवस्था गम्भीर रहेको उनले बताए ।

डोरीमा सामान बाँधेर माथिल्लो अरूण जलविद्युत् परियोजनाको सामान ल्याईरहेको हेलिकप्टर रूख या कुनै वस्तुमा ठोक्किएर अनियन्त्रित भएको हुन सक्ने प्रत्येक्ष दर्शीले बताए पनि दुर्घटनाको कारण खुलेको छैन। घटनास्थलमा अहिले नेपाली सेनासहित सुरक्षाकर्मी र स्थानीय भेला भएका छन् । घाईतेको उद्धार गरेर उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।