
पूर्णपुष्टि, गाईघाटचैत्र २६ गते ।
गाईघाट बजारको सडक पेटी र मानिस हिड्ने स्थानहरुमा जथाभावी पसल चलाउँदै आएका फुटपाथ ब्यवसायीहरुलाई त्रियुगा नगर प्रहरीले सडक व्यवस्था र सहर व्यवस्थितबारे अभिमुखिकरण (ओरेन्टेसन क्लास) चलाएको छ । उनिहरुले त्यस्ता ब्यपारी तथा ब्यवसायीहरुलाई सडक पेटीहरुमा ब्यपार व्यवसायी नगर्न सुझाउँदै क्लास संञ्चालन गराएको हो । त्रियुगा नगर प्रहरी कार्यालयको कक्षमा अव्यवस्थित व्यवसायीहरुलाई सुझाव सहित क्लास गराईएको हो । गाईघाट बजारको आसपास सडक पेटीहरुमा ब्यवार व्यवसायी संञ्चालनले बजार अस्तव्यस्त हुने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै सडक सरसफाई र सहजताको लागि सडक पेटिमा व्यसाय बन्देज गरिएको छ । तर व्यपार व्यवसायीहरुले भने सडक पेटीलाई प्रयोग गरी आफ्नो ब्यपार चलाउने गरेको पाईन्छ । यो मापदण्ड विपरिद रहेको भन्दै उनिहरुलाई कुनै धरपकड बिनै कक्षा मार्फत व्यवस्थित बजारमा सहयोग पुराउन सुझाईएको छ । त्रियुगा नगर प्रहरी इन्चार्ज सोवित बोट लगाएत नगर प्रहरीले कक्षामा ओरेन्टेसन गराईएको थियो ।

