Wednesday, April 22News That Matters

सरकारद्वारा तीन प्रदेश प्रमुख परिवर्तन

पूर्णपुष्टि, साउन १४ । सरकारले तीन प्रदेशका प्रमुखहरूमा परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाएर नयाँ प्रमुखहरू नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

नयाँ नियुक्तिअनुसार बागमती प्रदेशमा दीपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। यी नियुक्तिहरूले क्रमशः यादव शर्मा, अमिक शेरचन र तिलक परियारलाई प्रतिस्थापन गरेका हुन्।

पूर्व प्रदेश प्रमुखहरू मध्ये शर्मा एकीकृत समाजवादी पार्टीसँग सम्बद्ध थिए भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट मानिन्थे। उनीहरूलाई पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेको थियो।