Tuesday, June 9News That Matters

सरसफाईले फेरियो रौता पोखरीको मुहार

पूर्णपुष्टि, ४ असार ।
उदयपुरकै प्रमुख पर्यटक तथा धामिर्क स्थल रौता पोखरीको मुहार फेरिएको छ । श्रमदान मार्फत चलाईएको सरसफाई अभियानले पोखरीको मुहारै फेरिएको हो । झार र पतिङगारले दुषित पोखरी हेर्न लायक बनेकोे छ । पत्रकार तथा समाजसेवी समेत रहेका बुद्धि चाम्लीङ नेतृत्वको टोलीले सरसफाई गरेका थिए । श्रमदानकै लागि २१ जनाको टोलीले मङ्गलबार विहान ९ः०० बजेदेखि सुरु गरेको झार उखल्ने काम ३ः०० बजेसम्म पोखरी सफा गरेको हो ।

सरसफाई पछिको रौता पोखरी
सरसफाई अघिको रौता पोखरी

मन्दिर पछाडिको थोरै भागबाहेक सम्पूर्ण भाग झारले भरिएपछि खोसिएको पोखरीको सुन्दरता फर्केको अभियन्ता चामलिङले बताए । स्थानीय पत्रकारसमेत रहेका अभियन्ता चामलिङले श्रमदानका लागि त्रियुगा नगरपालिका ६ जलजलेका ६ जना युवा र बाँकी रौतामाई गाउँपालिका ६ पोखरी आसपास र विभिन्न वडाका युवाहरुले साथ दिएको बताए ।

सातादिनअघि रौता पोखरी पुगेका अभियन्ता चामलिङले त्यसबेला स्थानीय ४ जना भक्तजनलाई बोलाएर आफुसहितले आधाघण्टा झार उखलेका थिए । २÷४ जनाले मात्र संभव नहुने भन्दै उनले फेसबुक लाईभमार्फत पोखरी सफा गर्न श्रमदानमा सहभागी हुन आव्हान गरेका थिए । उनको फेसबुक लाईभ देखेका विभिन्न ठाउँका युवाहरु श्रमदान गर्न तयार भएको जवाफ ९कमेन्ट मेन्सन० पाएपछि मङ्गलबार मिति तय गरेर पोखरी परिसर पुगेका थिए ।

‘पोखरी झारले सारै फोहोर र विरुप देखिएपछि ५ दिनअघि सफा गर्न श्रमदानमा सहभागी हुन आव्हान गरेको थिएँ’ उनले भने ‘फेसबुक लाईभ हेर्नेहरुले श्रमदान गर्न इच्छुक भएको भनेपछि आज बोलाएर पोखरी सफा ग¥यौँ’ अभियन्ता चामलिङले भने ‘विहान खाना खाएर पोखरी पसेर लगातार ६ घण्टा श्रमदान गर्दा बल्ल पुरै झार उखल्न सक्यौँ ।’