Sunday, April 19News That Matters

सहमतीको बिकल्प सहित प्रेस सेन्टर उदयपुरबाट भोटराज राई उम्मेदवार

पूर्णपुष्टि, २३ मंसिर ।
यहि मंसिर २८ गते हुने आसन्न नेपाल पत्रकार माहासंघ उदयपुरको निर्वाचनका लागि प्रेस सेन्टरले भोटराज राईलाई उम्मेदवार बनाएको छ । २५ बर्ष बढी पत्रकारीतामा सक्रिय पत्रकारिता गर्दै आएका राईलाई सेन्टरले आउँदो निर्वाचनमा अध्यक्ष पदको लागि उम्मेदवारी बनाएको हो ।

केन्द्रमा प्रेस चौतारी र प्रेस युनियनको एलाईन्स भैँरहदा उदयपुरमा पनि एलाईन्सको सम्भावना लगभग अन्तिम चरणमा छ । तथापि सेन्टरले भने सहमतिको बाटो राखेर उम्मेदवार खडा गरेको हो । सहमतिको बिकल्पका लागि सेन्टरले महेश्वर चाम्लीङको संयोजकत्वमा वार्ता समितिनै बनाएको छ । राईको संयोजकत्वमा हरिकुमार राई, यमन दनुवार, गंगा राई र यदु ढकालको सदस्य रहने गरी वार्ता समिति पनि गठन भएको हो । चौतारी र युनियनबीच वार्ताबाटै सहमतिको आधारमा उदयपुरमा नेतृत्व दिलाउने अभ्यास सहित सेन्टरले वार्ता टोली पनि बनाएको हो । सेन्टर सहमतिको बाटोमा पनि तयार रहेको संयोजक राईले जनाए । आफुहरु निर्वाचनको अन्तिम सम्म पनि वार्ता र सहमतिमा लाग्ने राईको भनाई छ । उदयपुरमा २६ गते मनोनयन दर्ताको मिति तोकिएको छ । प्रदेशमा भने २४ गते भोली मनोनयन दर्ताको कार्यक्रम रहेको छ । उता युनियन र चौतारीले भने उम्मेदवार सार्वजानिक गरेको छैन् ।