
पूर्णपुष्टि,माघ २७ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १३ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको छ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्न पुगेको हो ।
नेपाली बजारका आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।
