
पूर्णपुष्टि, उदयपुर, असोज ११ गते ।
आवाजको जादु छर्दै बिशाल राई जारी उदयपुर आईडलको भोटिङ राउण्डमा पुगेको छ । अडिसन, थ्रियटर, डुएट, पर्फमेन्स जस्ता स्टेपहरु पार गरी टप ट्वान्टी भित्र परेका राईले भोटिङ राउण्ड सम्मको यात्रा तय गरेको हो । प्रतिस्पर्धामध्ये संम्भावना बोकेका राईले दोस्रो उदयपुर आईडलको उपाधि जित्ने लक्ष राखेका छन् । राईको स्वरलाई दर्शकहरुले पनि रुचाएको छ । गायनमा रुची राख्ने विशाल बिभिन्न सांगितिक कार्यक्रमहरुमा पनि सहभागी हुन्छन् । आउँदो राउण्डका लागि राईले दर्शकहरु सँग भोट पनि अपिल गरेका छन् ।

