
पूर्णपुष्टि, बैशाख १३
त्रियुगा नगरपालिका वडा नं ११ वडाअध्यक्षका लागि माओवादी र नेकपा एसको संयुक्त गठबन्धनबाट कालिदास राई (किसान) को नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । राई सहित खुल्ला वडा सदस्यमामा जित बहादुर कार्की, खुल्ला वडा सदस्य बल बहादुर विश्वकर्मा, खुल्ला महिला वडा सदस्य देवीमाया कटुवाल र दलित महिला वडा सदस्यमा सकुन्तला विश्वकर्माले मनोनयन दर्ता गराएको हो ।
राईको पछिल्लो समय राजनितिकमा बढ्दो चर्चा छ । नेकापा एसको महत्वपूर्ण पात्रका रुपमा स्थापित राईले राजनितिको छोटो समयमै लोकप्रियताका साथ डाअध्यक्षको टिक पाउन सफल बनेका हुन् । राई गाईघाटका समाजसेवी तथा सफल व्यापारी हुँदै राजनितिकमा फड्को मारेको व्यक्ति पनि हुन् । हाल उनी नेकपा एसको त्रियुगा नगर सचिवालय सदस्य समेत रहेका छन् ।

