Tuesday, June 2News That Matters

४ वर्षीय छोरासहित बेपत्ता भएको महिला १० वितिसक्दा समेत भेटिएन

पूर्णपुष्टि, माघ ६
४ वर्षीय छोरालाई लिएर पुष २६ गते घरबाट निस्किएकी बाग्लुङ जिल्लाकी ३५ वर्षीया महिला अझै बेपत्ता भएका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक छोरासहित बेपत्ता भएकी हुन् । हराएको १० दिन वितिसक्दा समेत धनकुमारीको पत्ता नलागेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । उहाँले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताउनुभयो । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उहाँको भनाई छ ।
आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उहाँको भनाई छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन् ।