आज विश्व रेबिज बिरुद्धको दिवस
पूर्णपुष्टि, असोज १२ ।
आज सेप्टेम्वर २८ तारिकका दिन । आज विश्वभरि रेबिज विरुद्धको दिवस मनाईन्छ । आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर मनाइने दिन हो ।
रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो । रेबिज लागेका अर्थात रेबिज जनावरहरुको र्यालबाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै हो ।
सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा छिरिसकेछी लगाइ...









