Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

उद्यमी र सांसदबीच भनाभन

उद्यमी र सांसदबीच भनाभन

Breaking News 1
उदयपुरमा आयोजित प्रदेश नं. १ स्तरीय प्रथम घरेलु औद्योगिक महोत्सवमा जिल्लाका चारैजना प्रदेश सांसदहरुसंग उद्यमीहरुले आफ्ना समस्या र नीतिगत आवश्यकताका बारेमा कुरा राखेका छन् । सांसदहरुले उद्यम क्षेत्र नै समृद्धताको सुत्र भएको र उद्यमीहरुको समस्याबारे प्रदेशसभाले सम्बोधन गरिने आवश्वसन दिएका छन् । प्रदेश सांसदहरुको विस्तृत भनाईका लागि भिडियो हेर्नुहोस् । https://youtu.be/uEx2M1YhWI0...
११ देखि १८ वर्षकालाई यौन शोषण

११ देखि १८ वर्षकालाई यौन शोषण

Breaking News 1
https://youtu.be/RJ8mWHeYHyM जोखिममा किशोरीहरु : केन्द्रिय वाल कल्याण समितिका स्रोत व्यक्ति सुमन अधिकारीका अनुसार उदयपुर, भोजपुर, धनकुटा, खोटाङ, सप्तरी, सिरहा लगायतबाट सुनसरी, धरान लगायतमा ११ देखि १८ वर्षका युवतीहरु लगेर यौनशोषणसम्म हुन्छ । गाईघाटमा २०७४ पुस २६ गते आयोजित एक कार्यक्रममा भेटिनुभएका स्रोत व्यक्ति अधिकारीसंगको कुराकानीको भिडियो हेरेर Comment, Like साथै हाम्रो च्यानललाई पनि Subscribe गर्न नभुल्नुहोला ।...
फुटबल संघ उदयपुरको नेतृत्वमा कार्की, केन्द्रिय प्रतिनिधिमा राई सर्बसहमत (भिडियोसहित)

फुटबल संघ उदयपुरको नेतृत्वमा कार्की, केन्द्रिय प्रतिनिधिमा राई सर्बसहमत (भिडियोसहित)

खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २४ गते । जिल्ला फुटबल संघ उदयपुरको नेतृत्वका लागि सोमबार भएको निर्बाचनमा रञ्जन कार्की विजयी भएका छन् । १३ मतदाता मध्ये ८ मत प्राप्त गरी कार्की विजयी भएका हुन् । प्रतिष्पर्धी रमाकान्त चौधरीले ४ मत प्राप्त गरेका थिए भने १ जनाको नोभोट भएको थियो । अध्यक्षबाहेकका पदहरु भ्ने निर्बिरोध भएको थियो । तीनजना उपाध्यक्षहरुमा ध्रुवकुमार बस्नेत, नविनकुमार राई, सारा राई रहेका छन् । सदस्यहरुमा आनन्ददेव चौधरी, ज्ञानेन्द्र वान्तवा, किरण राई, रोशन रााई, राजकुमार थापा (क्षेत्री), कैलास राई, अम्बिकाप्रसाद धमला, उदय राई, दिलिप चौधरी रहेका छन् । पछि अन्य १ जनालाई मनोनित गरिनेछ । त्यसैगरी आगामी चैत्र १४ गते हुन गईरहेको अखिल नेपाल फुटबल संघको केन्द्रिय अधिवेशनका लागि मतदान अधिकारसहितको प्रतिनिधिमा किरण राईलाई सर्बसहमत चयन गरिएको छ । निर्बाचन अधिकृत गोपाल श्रेष्ठले विजयी उम्म...
हिरासतका लागि टिभि प्रदान (भिडियोसहित)

हिरासतका लागि टिभि प्रदान (भिडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २४ गते । जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतका लागि समाजसेवी ज्ञानेन्द्र वान्तवाले सोमबार टिभि प्रदान गर्नुभएको छ । विभिन्न घटना, लागूऔषध तथा अनुसन्धानमा लागि प्रहरी हिरासतमा रहेकाहरुलाई त्यतिकै समय व्यतित गर्नुभन्दा टेलिभिजनका कार्यक्रममार्फत सचेतना जगाउने उद्देश्यका साथ टिभि प्रदान गरेको वान्तवाले बताउनुभयो । वान्तवाले टिभि मनोरञ्जनका लागि नभएर चेतनाका लागि प्रदान गरिएको बताउनुभयो । हिरासतमा रहेको बेला टिभिका विभिन्न चेतनामुलक कार्यक्रम हेरेर सकारात्मक सोचको विकास गर्ने, नराम्रा वानी व्यवहार त्यागेर राम्रा बानीको विकास गर्ने अपेक्षाका गरिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको उपस्थितिमा समाजसेवी वान्तवाले जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टलाई टिभि प्रदान गर्नुभयो । समयानुकुल प्रहरी÷प्रशासन मानवअधिकारमैत्रीका साथै बाटो विराए...
बेलकामा ललितकला प्रतिष्ठान गठन

बेलकामा ललितकला प्रतिष्ठान गठन

मनोरञ्जन
पूर्णपुष्टि/उदयपुर, पुस २३ गते । बेलका नगरपालिकामा ललितकला प्रतिष्ठान शनिबार गठन भएको छ । नगरको कलाकारिता तथा सांगीतिक क्षेत्रको विकासका लागि सम्पूर्ण कलाकर्मीहरुलाई समेट्दै प्रतिष्ठान गठन गरिएको हो । उदयपुर सांस्कृतिक कला प्रतिष्ठानको शाखाको रुपमा सुपक बस्नेतको अध्यक्षतामा २१ सदस्यीय नगर प्रतिष्ठान गठन भएको हो । नगरपालिकाका मेयर दुर्गाकुमार थापाको प्रमुख आतिथ्य एवम् उपमेयर रामकुमारी चौधरी र उदयपुर सांस्कृतिक कला प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र खतिवडाको विशेष आतिथ्यमा गठन प्रतिष्ठानको सो प्रतिष्ठानले नगरको कला, संस्कृतिको विकास गर्नुका साथै नवकलाकारहरुलाई प्रोत्साहित गर्दै लैजाने बताइएको छ । कार्यक्रममा जिल्ला प्रतिष्ठानका कोषाध्यक्ष रमेश ढुंगाना, सदस्य एवम् तवलावादकहरु रामनारायण चौधरी, शिवनारायण चौधरी र बासुरी वादक सिरहका कलाकार प्रेमसा शंकरको पनि उपस्थिति थियो । कार्यक्रममा क...
चिसो झन्झन् बढ्दै गएको महशुस (फोटो फिचर र भिडियोसहित)

चिसो झन्झन् बढ्दै गएको महशुस (फोटो फिचर र भिडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २२ गते । बुधबारदेखि उदयपुरमा एक्कासी बढेको चिसो अझ बढ्दै गएको महशुस गरिदैछ । शनिबार एक झलकसम्म घाम झुल्केन । हुस्सुसहितको बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अत्याधिक चिसोका कारण दैनिक गतिविधि प्रभावित भएको छ । बजारमा मानिसको चलहपहल करिब सून्य बनेको छ । चिसोकै कारण हात कठ्यांग्रीएर सवारी साधनहरु पनि चलेका छैनन् । केही चलेका सिटिरिक्सा चालकहरु यात्रु नपाएर आगो तापेर बसेका छन् । घर लगायतका विकास निर्माणका मजदुरहरुले काम छाडेर बसेका छन् । पानी, फलाम, ढुंगा, माटो लगायतका सामान चिसोका कारण छुन नसक्ने अवस्था भएपछि काम प्रभावित बनेको मजदुरहरु बताउछन् । बजार र पसलहरु प्रायः बन्द छन्, खुल्ला भएका पनि सानसुनको अवस्थामा छन् । गाईघाट बजारमा हरेक पसल, चौक र गल्लीमा आगो बालेर बस्नेको समुह अनगिन्ति छन् । भएभरका भ्mयास, पत्कर, कार्टुन बालेर न्यानो लिएका स...
कामदार किशोरीमाथि आसय करणीको आरोपमा पक्राउ

कामदार किशोरीमाथि आसय करणीको आरोपमा पक्राउ

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २२ गते । काम गर्न राखेको किशोरीलाई करणी प्रयास गरेको आरोपमा कटारीका एक व्यक्ति पक्राउ परेका छन् । कटारी नगरपालिका २ ददरीयाका अन्दाजी ४५ वर्षिय उद्धव पौडेल आसयी करणीको आरोपमा पक्राउ परेका हुन् । काम गर्न राखेको एक किशोरीलाई गत मंसीरमा बलात्कारको प्रयास गरेपछि किशोरी भागेर घरमा अभिभावकलाई सुनाएको र स्थानीयको सहयोगमा अहिले प्रहरीलाई उजुरी गरेको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारीका अनुसार पौडेलले कटारी नगरपालिकाकै एक किशोरीलाई मंसीरमा करणीको प्रयास गरेको भन्दै किशोरीको परिवारले उजुरी दिएपछि पक्राउ गरिएको हो । उजुरीको आधारमा घटनाबारे अनुसन्धान गरी कारवाही अगाडी बढाइने उहाँले बताउनुभयो । बिहिबार नै पक्राउ परेका उनलाई प्रहरीले केही समयपछि छाडेपनि स्थानीयको दबाबमा शुक्रबारविहानदेखि प्रहरी हिरासतमा रहेका छन् । स्थानीयका अनुसार उनी सम...
फोटो फिचर ( घरेलु औद्योगिक महोत्सव ०७४)

फोटो फिचर ( घरेलु औद्योगिक महोत्सव ०७४)

Breaking News 1
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्लाका आठ वटै स्थानीय तहको सहप्रायोजनमा उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि सुरुभएको १ नम्बर प्रदेशस्तरीय प्रथम घरेलु औद्योगिक महोत्सव ०७४ को फोटो फिचर । (प्रकाशित मिति : गाईघाट, पुस २२ गते)
उदयपुरमा घरेलु औद्योगिक महोत्सव सुरु (प्रदर्शनीका आकर्षणका भिडियोसहित)

उदयपुरमा घरेलु औद्योगिक महोत्सव सुरु (प्रदर्शनीका आकर्षणका भिडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २२ गते । उद्योग गरौं, उद्यमी बनौं – स्वदेशी बस्तुको प्रयोग गरौं” भन्ने मुल नाराका साथ उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि १ नम्बर प्रदेशस्तरीय प्रथम घरेलु औद्योगिक महोत्सव ०७४ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्लाका आठ वटै स्थानीय तहको सहप्रायोजनमा भएको महोत्सवमा घरेलु उत्पादनका विशेष प्रदर्शनी हुने शाखा अध्यक्ष मधुकर थापाले बताउनुभयो । विभिन्न जातीय भेषभुषा र जातीय झाँकीसहितको विशेष र्यालीले गाईघाटबजार परिक्रमा गरी सुरु भएको महोत्सवको एक विशेषसमारोहकाबीच महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले यस्ता प्रदर्शनीले साना घरेलु उद्यमीहरुलाई उद्यम गर्न र उद्यमी बन्न प्रोत्साहित गर्ने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग विकास समिति केन्द्रि...
प्रदेश नं. १ को राजधानी यो भन्दा उपयुक्त अरु छैन : सांसद राई/प्रतिनिधिसभा

प्रदेश नं. १ को राजधानी यो भन्दा उपयुक्त अरु छैन : सांसद राई/प्रतिनिधिसभा

Breaking News 1
https://youtu.be/xzdsYyzOSpA मिनि हङकङको परिकल्पनासहित १ नं. प्रदेशको राजधानी सुनसरीको बराहा र उदयपुरको बेलका नगरपालिको बीचमा । जहाँ, प्रदेश राजधानीका लागि आवश्यक ठूलठूला पूर्वाधार निर्माण मात्र हैन, अन्तराष्ट्रियस्तरको व्यापारिक केन्द्र, विश्वपर्यटन केन्द्र, अन्तराष्ट्रिय विमानस्थल, पानीजहाज सेवा सञ्चालनसम्मका लागि पर्याप्त जग्गाजमिन रहेको । सामाजिक, सांस्कृतिक, प्राकृतिक, पर्यवरणीय सबै हिसावले उचित र उपयुक्त वातावरण रहेको । प्रतिनिधिसभा सदस्य, सांसद सुरेशकुमार राई (हिमाल) संगको कुराकानी सुनेर Like, Comment, Share का साथै हाम्रो च्यानललाई Subscribe गरिदिन नविर्सनुहोला ।...