Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

गणतन्त्र दिवसमा उदयपुरका २, देशभरबाट ८१६ कैदीबन्दी रिहाई

गणतन्त्र दिवसमा उदयपुरका २, देशभरबाट ८१६ कैदीबन्दी रिहाई

समाचार
पूर्णपुुष्टि/उदयपुर, जेठ १५ -गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार उदयपुरमा रहेका दुई कैदीको पनि कैद मिनाहामा परेको छ । कैद मिनाहा भएपछि दुई कैदी गणतन्त्र दिवसकै दिन मंगलबार छुटेका छन् । जिल्ला कारागार उदयपुरका अनुसार छुट्नेहरुमा त्रियुगा नगरपालिका ७ का इश्वरी मगर र ठोक्शिला १ उदयपुरका देशबहादुर माझी रहेका छन् । मगर गर्भपतन र माझी बहुविवाह मुद्दामा जेल सजाय भोगिरहेका थिए । नेपाल सरकारले दिवसको अवसरमा उदयपुरका दुईसहित देशभरमा ८१६ जना कैदीबन्दीहरुलाई कैद मिनाहा गरेकोछ । योसंगै द्वन्द्वकालिन मुद्दामा जेल परेका माओवादी नेता बालकृष्ण ढुंगेल पनि रिहा भएका छन् । ढुंगेल मंगलबार विहान डिल्लिबजार कारागारबाट छुटेका हुन् ।...
उत्कृष्ट साकेला सिलिको विशेष प्रदर्शनी, इटहरी (तरहरा) प्रथम

उत्कृष्ट साकेला सिलिको विशेष प्रदर्शनी, इटहरी (तरहरा) प्रथम

समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ १४ गते -पूर्वमा किराँत राई समुदायको महान पर्व उभौली साकेला धुमधामका साथ मनाउने क्रममा शनिबार र आइतबार उदयपुरमा लोप हुदै गएको र महत्वपूर्ण साकेला सिलिहरुको प्रदर्शनी भएको छ । नवौं गीत राई स्मृति साकेला सिलि प्रतियोगिताको आयोजनासहित भब्यरुपले साकेला सिलि प्रदर्शनी भएको हो । किराँत राई यायोक्खा प्रारम्भिक कमिटि गाईघाटद्वारा आयोजित प्रदर्शनीमा इटहरी नगरपालिका वडा नं. २० तरहरा साकेला समुहले सबैभन्दा उत्कृष्ठरुपले शिलिहरु प्रदर्शन गरेर प्रथम स्थान हाँसिल गरेको छ । नगद ३० हजार पुरस्कारसहित ४० तोला चाँदीजडित शिल्ड र प्रमाण पत्र पाएको तरहराले मोछामा, रैछाकुले, साकेला शिलि प्रदर्शन गरेको थियो । मोछामा, वापा–वामा, साकेला, चाबुङ (ढिक्की कुटेको), गाँसा सैमा (जाल हान्ने) सिलिहरु कौशलतापूर्वक प्रस्तुत गरेको मोरङको पथरी साकेला समुहले दोस्रो स्थान हाँसिल गरेको छ । उसले २० हजा...
चिनिया कम्पनी र त्रियुगा नगरपालिकाबीच सम्झौता सम्पन्न

चिनिया कम्पनी र त्रियुगा नगरपालिकाबीच सम्झौता सम्पन्न

समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ १३ गते -उदयपुरको त्रियुगा नगरपालिका र चिनिया कम्पनीबीच सोमबार सोलार हाइड्रोमा लगानी गर्ने सम्झौता भएको छ । मेयर बलदेव चौधरीका अनुसार नगरपालिका र चिनका प्रतिष्ठित कम्पनी जेङसी ग्रुपबीच सम्झौता भएको हो । नगरपालिकाको तर्फबाट मेयर चौधरी र कम्पनीको तर्फबाट जी.इ. सियोङले सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गनुभयो । सम्झौता अनुरुप कम्पनीले सोलार हाइड्रोपावर, कृषि, सिंचाइ, स्वच्छ खानेपानी, सरसफाई, फर्निचर र पर्यटन जस्ता योजनाका लागि सम्झौता भएको छ । पहिलो चरणमा १५ मेगावाटको सोलार हाइड्रो पावर स्थापना गर्नसक्ने कम्पनीले आगामी तीन महिनादेखि काम थाल्ने भनेपनि छिट्टै गरेर दुईमहिनादेखि नै काम थाल्ने जनाइएको छ । पहिलो चरणको यो सम्झौतासंगै समग्रमा त्रियुगा सभ्याता र विकास तथा बरुवा बेल्दोभान एकिकृत विकास परियोजनाका लागि लगानी गर्न तयार चिनियाँ कम्पनी जेङसी ग्रुपले करिब डेड सय कर...
बेलकामा प्याराग्लाइडिङ्ग तालिम सुरु

बेलकामा प्याराग्लाइडिङ्ग तालिम सुरु

समाचार
जानुका कार्की/सुमन सागर खतिवडा वेलका, जेठ १४ गते -पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उदयपुको वेलका नगरपालिकामा एक महिने प्याराग्लाइडिङ्ग तालिम आइतबारदेखि सुरु भएको छ । बेलका युवा तथा खेलकुद विकास समितिको आयोजना, बेलका नगरको सहयोग र बुढासुब्बा प्याराग्लाईडिङको सहजिकणमा सुरु तालिमको उद्घाटन मेयर दुर्गाकुमार थापाले गर्नुभयो । उहाँले प्याराग्लाईडिङ उडाएरै तालिमको उद्घाटन गर्नुभयो । प्याराग्लाईडिङको व्यवसायिक विकास गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको मेयर थापाले बताउनुभयो । प्रमुख प्रशिक्षक लेखमणी राईले तनमन लगाएर सिकेको खण्डमा प्याराग्लाईडिङ व्यवसायिक रुपमा निकै फाईदा हुने बताउनुभयो । वडा नं. ८ को बोपताङबाट उडान गरी वडा नं. ७ को नोजचौरीमा ल्याण्ड गर्नेगरी सञ्चालन भएको तालिममा स्थानीय १३ जना युवाहरुको सहभागिता रहेको छ । तालिमपछि सहभाग...
पञ्चावती सद्भाव समाजको साधारण सभा सम्पन्न

पञ्चावती सद्भाव समाजको साधारण सभा सम्पन्न

समाचार
बिकास बस्नेत/काठमाण्डौ वेलका, जेठ १४ गते -पञ्चावती सद्भाव समाजको चौथो साधारणसभा मधुरमण आचार्यको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति चयन गर्दै गत शनिबार सम्पन्न भएको छ । उपाध्यक्षहरुमा हिराबहादुर श्रेष्ठ, बिष्णुप्रसाद ढुंगाना, प्रदिपकुमार निरौला, बोधकुमार निरौला, हरिप्रसाद तिम्सिना, पार्वती राउत, अमृतध्वज राई रहेका छन् । महासचिवमा पद्मराज कार्की, सचिव बिष्णुबहादुर खड्का, कोषाध्यक्ष केदारप्रसाद आचार्य रहेका छन् भनेसदस्यहरुमा ओमबहादुर राउत, बिश्वराज ढुंगाना, डिल्लीरमण आचार्य, बिन्दा कोईराला, दिनानाथ दहाल, बालकृष्ण पोखरेल, शंकर खत्री, उद्धव प्रसाद काफ्ले, मिरा भट्टराई, मुकुन्द बहादुर कालिकोटे, जित बहादुर खड्का, लिलाभक्त राउत, दानबहादुर मगर र जगन्नाथ काफ्ले रहेका छन् । काठमाण्डौको मध्यबानेश्वर स्थित म्याकडोनाल्ड क्याफेमा ओमबहादुर राउतको अध्यक्षतामा भएको थियो । अख्तियार दुरुपयोग अनु...
रौता पोखरीबारे पर्यटनमन्त्रीको अन्तरवार्ता || रौता पोखरीबाटै के भने त मन्त्रीले ?

रौता पोखरीबारे पर्यटनमन्त्रीको अन्तरवार्ता || रौता पोखरीबाटै के भने त मन्त्रीले ?

Breaking News 1
रौता पोखरीबारे पर्यटनमन्त्रीको अन्तरवार्ता || रौता पोखरीबाटै के भने त मन्त्रीले ? https://www.youtube.com/watch?v=LscXYFdhSZU&t=7s
राष्ट्रिय गौरब आयोजनाको नाममा खोला दोहन

राष्ट्रिय गौरब आयोजनाको नाममा खोला दोहन

समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख २४ गते -जेडआईइसी लामा एण्ड शर्मा जे.भि.ले राष्ट्रिय गौरबको आयोजनाको नाममा उदयपुरको सदरमुकाम गाईघाट स्थित बरुवा खोलामा लापरवाहीपूर्ण ढंगले उत्खनन् गरेको छ । पूर्व पश्चिम बैकल्पिक राजमार्गको बसाहादेखि सिन्धुलीको विमानसम्मको खण्डमा निर्माण ठेक्का पाएको उसले सदरमुकाम गाईघाटको बरुवाखोलाबाट लापरवाहीपूर्ण ढंगले गिटिबालुवा उत्खनन् गरेको हो । बरुवा पुल छेउभन्दा करिब दुई सय मिटरको दुरीबाट अस्वभाविकरुपमा खाल्डो पारी बालुवा निकबासी गर्दै आएको छ । यसरी निकालेको बालुवा आउदो असार, साउन महिनाका लागि भन्दै त्रियुगा नगरपालिका १३ भाँतीखर्कमा जम्मा गरिरहेका छन् । प्रारम्भिक वातावरणीय परिक्षणले बरुवा पुलबाट पाँचसय मिटर टाढा र आधा मिटर गहिराई भन्दा बढि उत्खनन् नगर्न भनेपनि सो को उलंघन गर्दै पाँच मिटरसम्म गहिराई खनिएको छ ।  जिल्ला समन्वय समितिले सो ठाउँबाट ११ हजार घनमिटर गिटि, ...

सहकारी हस्तान्तरण : स्थानीयमा २९२, प्रदेशमा ३० 

समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख २४ गते -संघियता कार्यान्वयनसँगै सहकारी डिभिजन कार्यालय उदयपुरले आफ्ना काम कारवाही स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।  कार्यालयले सोमबार स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुलाई अभिमुखिकरण गरी काम कारवाही हस्तान्तरण गरेको हो । जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई विभागको निर्देशनअनुसार सामग्रीहरु सहित काम कारवाही हस्तान्तरण गरिएको कार्यालय प्रमुख जितमान जिमिले बताउनुभयो । प्रमुख जिमिका अनुसार कार्यालयले सहकारी सम्बन्धि ऐन, कानुन व्यवस्था जस्ता बिषयमा स्थानीय तहका पदाधिकारी र अधिकृतहरुलाई जानकारी गराउँदै कार्यालयमा दर्ता भएका सहकारीहरु कार्यक्षेत्रअनुसार सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको हो । जिल्लामा ३ सय २२ वटा सहकारी संस्था रहेका छन् । त्यसमध्ये सम्बन्धित स्थानीय तहलाई कार्यक्षेत्र बनाएका २ सय ९२ वटालाई सम्बन्धित तहमा हस्तान्तरण गरिएको ...
चेम्जोङलाई बरिष्ठ पत्रकारको सम्मान

चेम्जोङलाई बरिष्ठ पत्रकारको सम्मान

समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख २४ गते –उदयपुरका अग्रजका साथै पत्रकार महासंघ शाखा उदयपुरको संस्थापक अध्यक्ष कौशल चेम्जोङले बरिष्ठ पत्रकारको सम्मान पाएका छन् । प्रेस स्वतन्त्रता सेनानीको उपाधीले समेत सम्मानीत भईसकेका पत्रकार चेम्जोङलाई आज एक विशेष समारोहकाबीच सिंहदरबार स्थित सञ्चार मञ्त्रालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ पत्रकारको सम्मान प्रदान गर्नुभएको हो । पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्षसमेत रहेका चेम्जोङको नेपाली पत्रकारिताप्रतिको योगदान र लगावको उच्च कदर गर्दै राज्यले दुुई लाख नगद पुरस्कारसहित सो सम्मान गरेको हो । उहाँसंगै बरिष्ठ पत्रकारबाट सम्मानीत हुनेहरुमा बबिता बस्नेत र नीमबहादुर बुढाथोकी छन् । चेम्जोङ लगायत तीनजना बरिष्ठ पत्रकारबाट सम्मानीत हुदैगर्दा यसवर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट डा. महेन्द्र विष्ट र डा. राजेश अहिराज पुरस्कृत भएका छन् । उहाँहर...
किराप उदयपुरमा नयाँ नेतृत्व

किराप उदयपुरमा नयाँ नेतृत्व

समाचार
पूर्णपुष्टि/उदयपुर, वैसाख २० गते -किरात पत्रकार संघ, उदयपुरको चौथो सम्मेलन बिहिबार गाईघाटमा सम्पन्न भएसँगै नयाँ कार्य समितिको चयन भएको छ । टम्पसेर राईको अध्यक्षतामा नौं सदस्यीय समिति सर्बसहमत चयन भएको हो । उपाध्यक्षमा रामबाबु राई, सचिवमा बिक्रम राई, सहचिवमा मिनाकुमारी राई र कोषाध्यक्षमा चन्द्रकुमार राई रहेका छन् । सदस्यहरुमा बिवेक राई, बिजय राई, अनिशा राई र अबिषेक राई रहेका छन् । नवनिर्वाचित राईले आफ्नो कार्यकालमा उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी केन्द्रीय पार्षदहरुमा देवराज राई, दिनेश राई, सुपराज राई र गंगा राई सर्वसहमत चयन भएका छन् । कार्यक्रममा संस्थापक अध्यक्ष उजुर राई र पूर्व अध्यक्ष दिनेश राईलाई अभिनन्दन गरिएको थियो । किरात राई यायोख्खाका केन्द्रिय उपाध्यक्ष ज्ञान राईको प्रमुख अतिथित्य, किरात राई पत्रकार संघका केन्द्रिय उपाध्यक्ष भोटराज राई, केन...