Thursday, August 6News That Matters

Month: ८ वर्ष अगाडि

सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई नछाडिने

सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई नछाडिने

समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख २० गते -सत्ता र शक्तिको दुरुपयोग गर्ने जो कोहीलाई नछाड्ने चेतावनी पत्रकारहरुले दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहिबार प्रभातफेरी गरेका जिल्लाका पत्रकारहरुले जनप्रतिनिधिहरुलाई लक्षीत गर्दै यस्तो चेतावनी दिएका हुन् । जनप्रतिनिधिहरु जनताको हितमा काम भन्दा पनि आफु अनुकुलको काम, गतिविधिमा लिप्त हुदै गएको गुनासाहरु आइरहेको भन्दै पत्रकारहरुले त्यसप्रति सचेत रहन सुझाए । जनताको काम गर्ने भनेर सत्ता र शक्तिमा गएकाहरुले जनतालाई अलिकति पनि धोका दिननहुनेमा जोड दिए । सत्ता र शक्तिको दुरुपयोग गर्नेहरुलाई जनताकै सामु नंग्याउने उद्घोष उनीहरुले गरेका छन् । गाईघाटको पिपलचौकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरी सोही ठाउँमा आएर कोणसभा भएको थियो । प्रेस स्वतन्त्रता सेनानी, पत्रकार महासंघ शाखा उदयपुरका पूर्व अध्यक्षहरुसमेतको सहभागिता रहेको कार्यक्रमलाई...
ठूलामाछाका अगाडी सानामाछा भइदिए भूमिहिन, गरिबहरु

ठूलामाछाका अगाडी सानामाछा भइदिए भूमिहिन, गरिबहरु

Breaking News 1
ठूलो माछाले सानो माछालाई खान्छ भन्ने उखान नै छ । उखान झै भूमिहिन, गरिब र निम्नबर्गका मानिसहरु परेका छन् । जिल्ला भूमि अधिकार मञ्च उदयपुरका जिल्ला संयोजक फुर्तीमान राईको अनुभव र अध्ययनबाट आएको अभिव्यक्ती ठीक यस्तै छ । (भिडियोसहित) https://www.youtube.com/watch?v=lwpJhbbaX4Q&t=30s
हात्तीले मकैबाली नष्ट

हात्तीले मकैबाली नष्ट

समाचार
सारा राई (प्रशिक्षार्थी पत्रकार)/ तपेश्वरी, बैसाख १८ गते -उदयपुरको बेलका नगरपालिका २ तपेश्वरीको बानडाँडामा गएराती हात्तीले मकैबाली नष्ट पारेको छ । नजिकैको निकुञ्जबाट निस्केको दुई हात्तीले जमरा लागेर घोगा लगाउदै गरको मकैबाली माडेर नष्ट पारेको हो । हात्तिले करिब १० कठ्ठा खेतमा हिडेर मकैबाली नष्ट पारेको कृषकहरुले बताएका छन् । स्थानीयहरुका अनुसार हरेक वर्षमा मकैंको सिजनमा हात्तिले गाउँ पसेर बाली नष्ट गर्ने गरेको छ ।...