Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

वडा सदस्य मृत फेला

वडा सदस्य मृत फेला

समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३२ । उदयपुरको उदयपुरगडी गाउँपालिका वडा नं. ३ का वडा सदस्य रामबहादुर लामिछाने मगर सोमबार मृत फेला परेका छन् । दुई दिन अघिदेखि हराईरहेका उनी खोजतलासको क्रममा स्थानीय साईपा खोलामा मृत अवस्थामा भेटिएको हो । खोलामा मृत भेटिएको खबर लगत्तै प्रहरी चौकी उदयपुरगडीको प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । मगर गत स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।...
त्रियुगा नगरसभा सुरु, पहिलो सुचिको अर्थ सम्बन्धी विधेयक पास

त्रियुगा नगरसभा सुरु, पहिलो सुचिको अर्थ सम्बन्धी विधेयक पास

समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३२ । उदयपुरको त्रियुगा नगरपालिकाको नगर सभा तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ । नगर प्रमुख मेयर बलदेव चौधरीको अध्यक्षतामा सञ्चालन भएको सभाले आवधिक योजना र विभिन्न विधेयकको मस्यौदा प्रस्तुत गरी आवश्यक छलफलका साथ पास गर्ने जनाइएको छ । मेयर चौधरीले आवधिक योजना प्रस्तुत गरेको सभामा पहिलो सूचिमा अर्थ सम्बन्धी विधेयक २०७५ रहेको थियो । उपमेयर देवीकुमारी चौधरीले प्रस्तुत गरेको उक्त विधेयक सर्बसहमत पास भएको छ । त्यसैगरी सभामा संस्था दर्ता सम्बन्धी विधेयक, सहकारी सम्बन्धी विधेयक, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्ने बनेको विधेयक प्रस्तुत गर्र्नेे भएको छ । त्यस्तै विद्यालय शिक्षा व्यवस्थापन कार्यविधी, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधी, त्रियुगा नगरपालिका बजार अनुगमन निर्देशिका लगायतका विषयगत संयोजकहरुले प्रस्तुत गर्ने कार्यक्रम रहेको नगरपालिकाका सुचन...
जिल्ला सभामा नौटंकी प्रदर्शन

जिल्ला सभामा नौटंकी प्रदर्शन

समाचार
पूर्णपुष्टि उदयपुर, असार ३१ । जनताकाबीच उत्साहपूर्वक मनाउनु पर्ने दोस्रो जिल्ला सभा उदयपुरमा आइतबार तरल र खल्लो मात्र भएन नौटंकी नै देखियो । विहान १० बजे निर्धारण गरिएको कार्यक्रम दिउसो अबेरसम्म सञ्चालन नभएपछि आमन्त्रीत अतिथिहरु निरास हुँदै फर्किएका थिए । निर्धारित समयमै उपस्थित केही सांसदहरु, प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुख, संघसंस्थाका प्रतिनिधीहरुले १२ ः०० बजेसम्म पर्खेर हेरेपनि कार्यक्रम हुने छाटकाट नदेखेपछि आ आप्mनो गन्तब्यमा लागेका थिए । दिउसो २ बजेसम्म पनि आमन्त्रितहरु खाली हल हेर्दै फर्किने क्रम रह्यो । विहान १० बजे भनिएको जिल्ला समन्वय समितिको सभाहल दिउसो ३ बजेसम्म खाली रह्यो । https://youtu.be/K3x_FmcQzuw जिल्लाको आठ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६ जना र जिल्ला समन्वय समितिको प्रमख र उपप्रमुख गरी १८ जनाको जिल्ला सभामा गणपुरक सदस्य नपुगेपछि कार्यक्रम सञ्...
हत्यामा संलग्न चारजना सार्बजनिक

हत्यामा संलग्न चारजना सार्बजनिक

समाचार
पूर्णपुष्टि उदयपुर, असार ३१ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहका ३० वर्षिय सुशिलकान्त चौधरीको हत्यामा संलग्न रहेको भन्दै चारजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार सार्वजनिक गरेको छ । प्रहरीले स्थानीय २५ वर्षिया सन्चमाया तामाङ, ३१ वर्षिय तिलक तामाङ, प्रकाश भन्ने शंकर तामाङ र एकबहादुर तामाङलाई अनुन्धानबाट हत्यामा संलग्न रहेको पाइएको भन्दै पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । हत्यामा सम्लग्न चारै जनाले बयानमा हत्या गरेको स्विकार गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो । असार २५ गते राती हत्या गरी नजिकैको कङखोलाको बगरमा गाडेको अवस्थामा पाँचदिन पछि मृतक चौधरीको शब फेला परेको थियो । असार २९ गते विहान बगरमा पुरेको र हातका औलाहरु स्यालले खाइसकेको दुर्गन्धित अवस्थामा फेला परेको थियो । बयानको क्रममा सञ्चमाया एक्लैले आत्मरक्षाका लागि चौधरीको हत्या गरेको बत...
सुनशेर अब टपटेनमा

सुनशेर अब टपटेनमा

मनोरञ्जन, समाचार
दर्शक, स्रोताको अझै धेरै माया र साथ, सहयोगको अपेक्षा पूर्णपुष्टि/उदयपुर, असार ३१ सुरुदेखि नै दर्शक र स्रोताको अपार माया पाएर भिजन आईडल २ को सिढि उक्लदै गरेका सुनशेर राई टप टेनमा पुग्न सफल भएका छन् । असार २८ गतेको टप–सिक्सटिनको प्रतिष्पर्धामा सफल भई उनी टप टेनमा पुगेका हुन् । उत्कृष्ट गायन प्रस्तुत गर्दै निर्णायकको मन जितिरहेका उनलाई दर्शक स्रोताको भोटले अगाडी बढाएको हो । कडा मेहनतका साथ प्रतिष्पर्धामा उत्रिरहेका उनले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । आईडल बनेर सांगीतिक क्षेत्रमा केही गरौं भन्ने धोको बोकेका उनलाई अवका दिनमा अझ धेरै दर्शक स्रोताको माया, साथ, सहयोगको खाँचो रहेको भन्दै भोट गरिदिन अनुरोध गरेका छन् । उनलाई भोट गर्न नेपाल टेलिकमको नमस्ते वा स्काई मोवाईलबाट भीएफएम एक स्पेश ५२ टाईप गरी तीन सातसात नौंनौंमा सेन्ड गर्न सकिन्छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं....
घरको तलाबाट खसेर मजदुर घम्भिर घाईते

घरको तलाबाट खसेर मजदुर घम्भिर घाईते

समाचार
पूर्णपुष्टि/उदयपुर,असार ३० त्रियुगा नगरपालिकामा घरको तला बाट लडेर एक मजदुर बगम्भिर घाईते भएको छ । बिहानको १० बजे तिर काम गर्ने सामान लिन जने क्रममा मजदुर जसबहादुर तामाङ्ग लडेको थियो । त्रियुगा नगरपालिका वडा नं ४ स्थायी निवासी तामाङ्ग दुई तला मुनि झर्दा देब्रे हात भाँचिएको र टाउकोमो गम्भिर चोट लागेको प्रत्यक्षदर्शि छत्रबहादुर मगरले बताए । लडेको मजदुरलाई उठाई हस्पिटल सम्म पु¥याएको प्रत्यक्षदर्शी हरीबहादुर पौडेलले बताए । विरामीको अवस्था गम्भिर भएकोले उपचार हुन नसक्ने भए पछि सामान्य उपचार गरी बाहिर पठाएको रौता हस्पिटलले जनाएको छ । भने न्युरो हस्पिटल विराटनगरमा तामाङ्गको उचार भईरहेको छ ।...
युवा हराएको  चार दिन पछि शव फेला

युवा हराएको चार दिन पछि शव फेला

समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३० त्रियुगा नगरपालिका १ मा हत्यागरी गाडिएको अबस्थामा युवाको शव शुक्रबार फेला परेको छ । नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको शव कङ्खोलाको बगरमा गाडेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताउनु भयो । २५ गते बेलुकाको खाना खाएर वर्ल्डकप हेर्न निस्किएका चौधरी घर नफर्के पछि परिवारले खोजतलास गर्दा फेला परेको थिएन । गाडेको शवलाई जङ्गली जनावरले खोतलेर निकालेपछि दुर्गन्ध फैलिएर गाउँलेहरुले चौधरीको शव पत्ता लगाई प्रहरीलाई खबर गरेका थियो । धारीेलो वस्तुले छातिमा घोपेर चौधरीको हत्यागरी बगरमा गाडेको प्रहरीको भनाई छ । भने गाडेको ठाउबाट शव निकाली पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । सङ्खास्पद व्यक्तिहरु पक्राउ गरि अनुसन्धना गर्दा हत्यारा त्यस भित्र बाटै पत्तालागेको र थ...
त्रियुगा-१५  छिट्टै पूर्णसरसफाई हुदै

त्रियुगा-१५ छिट्टै पूर्णसरसफाई हुदै

समाचार
विक्रम राई पूर्णपष्टि/उदयपुर, असार २९ त्रियुगा नगरपालिका वडा नं १५ रानिवासका स्थानीयहरुलाई बाल्टिन वितरण गरिएको छ । मातृ तथा बालमैत्री स्वास्थ्य र पोषण परियोजना अन्तर्गत वल्र्ड भिजन ईन्टरनेशनलको सहयोग तथा हुरेण्डेकको साझेदारीमा बिहिबार बाल्टिन वितरण गरिएको हो । बालमैत्री शासन लागु गर्ने र पूर्णसरसफाई वडा घोषनणामा वडा नं १५ अन्तिम प्रयासमा रहेको भन्दै सामाग्रीहरु वितरण गरिएको छ । १ थान बाल्टिन, साबुन दानीसहित २ ओटा साबुन बितरण गरिएको छ । “नेपाली जुटौ बालबिबाह रोकौँ” भन्ने नाराका साथ यतिवेला देशैभर बालमैत्रि साशन लागु गर्ने र पूर्ण सरसफाई युक्त घोषणाको कार्यहरु देशको मुख्य सुचिमा रहेको छ । यसैलाई जोड गर्दै देशैभरी प्रथामिकता रहेको पूर्णसरसफाई अभियानमा सो वडा पनि अन्तिम चरणमा आईसकेको छ । वडाको रानिवास पछि खाँवु, डहर र छाम्लिङ गरी ८ सय ३९ घरधुरीलाई वितरण गरिने अनुगमन अधिकृत जितेन...
स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बनाइने

स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बनाइने

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २९ बैदेशिक रोजगारमा जान लर्को लाग्ने युवा शक्तिलाई उद्यमको माध्यमबाट नेपालमै रोक्ने वातावरण बनाइने १ नं. प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश कुसियतले बताउनु भएको छ । उदयपुरको गाईघटमा प्रदेश स्तरीय गरिवी निवारणका लागी उद्यम विकास अभिमुखकिरणलाई सम्बोधन गर्दै मन्त्री कुसियतले प्रदेश नं. १ लाई पर्यटकीय गन्तब्य बनाएरसमेत युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्न सकिने बताउनुभयो । १ नं. प्रदेश वन र पर्यटनको हिसावले धेरै सम्भावना बोकेको र स्थानीय स्रोत साधन पशस्त रहेकाले विभिन्न उद्योग धन्दाहरु खोल्न सकिने, लघु उद्यमको प्रवद्र्धन र साना उद्योगहरु खोलेर प्रशस्त रोजगार सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । जसले सिंगो मुलुकलाई नै समृद्ध पार्न मद्दत गर्ने बताउनुभयो । उदयपुरमा प्रशस्त रमणीय पर्यटीय स्थल, धर्मीक स्थलहरु रहेकाले धार्मीक पर्यटनको ...
आइडल बन्न सुनशेरको कडा मेहनत

आइडल बन्न सुनशेरको कडा मेहनत

मनोरञ्जन
पूर्णपुष्टि, उदयपुर, असार २७ । गाउँमा गायनमा अब्बल भनेर परिचित सुनशेर राई यति बेला ओखलढुंगामा भईरहेको नेपाल भिजन आर्यडल, सिजन २ मा गायन प्रतिष्पर्धाको क्रममा छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका, ४ नम्बर वडामा जन्मि हर्किएका १९ वर्षे सुनशेरले विभिन्न चरण पारगरी टप १६ मा पुगेका छन् । अव उनी टपटेनका लागि प्रतिष्पर्धामा छन् । लोक, आधुनीक, पप सबै खाले गायनमा दक्खल राख्ने उनले विभिन्न गीतहरु गाएर निर्णायक र दर्शक, स्रोताको मन जितिरहेका छन् । ओखलढुंगा भिजन, भिजन साप्ताहिकको वार्षिक उत्सवको अवसरमा आयोजित आईडल गत असार ६ गते सुरु भएको हो । आईडलमा छनौट चरमा कहिले काँही मनका कुरा हामीलाई पनि भन... बोलको गीत गायर प्रतिष्पर्धा यात्रा तय गरेका उनले यति चोखो यति मिठो दिउला तिमलाई माया..., पुरा भयो सपना मेरो, देशले रगत मागे, मलाई बली चढाउ..., दैव तेरो मायाको खेलाले.., कान्छिलाई मोहनी जालमा पारेर ल...