Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै

बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर साउन १५ उदयपुरमा बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै गएको छ । बाँसबाट विभिन्न आकृति र घरमा प्रयोग हुने अति आवश्यक सामाग्री व्यवसायीक रुपमा उत्पादन हुन नसक्दा लोप हुने अवश्थामा पुगेको छ । पछिल्लो पढिले केहि बाँसको सामान र बाजा प्रतिको मोहले लोक प्रिय बन्दै गएको हो । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा बाँस तथा निगालो वस्तु विकास तथा प्रशिक्षण केन्द्र उदयपुरले आत्मनिर्भर होस भन्ने हेतुले दिदै आएको तालिमबाट उत्पादन भएको जनशक्तिले केहि उत्पादन गरेको बाँसको सामान लोक प्रिय हुदै गएको छ । २०५७ सालमा स्थाना भएको प्रशिक्षण केन्द्रले एक वर्षमा ४० जना हस्तकला जनशक्ति उत्पादन गर्दै आएको छ । “वस्तु विकास तालिम” शिर्षकमा बजेट केन्द्रले छुट्टै पठाउने भएपनि जिल्ला घरेलु तथा साना उद्योग विकास समितिद्धारा तालिम संचालन गर्दै आएको बाँस तथा निगालो वस्तु विकास प्रशि...
भूमिहिन सुकुम्बासी गोली थाप्न तयार, रासोबासो नछाड्ने अडान

भूमिहिन सुकुम्बासी गोली थाप्न तयार, रासोबासो नछाड्ने अडान

समाचार
पूर्णपुष्टि/उदयपुर, साउन १० गते । जिल्ला प्रशासन कार्यालय उदयपुरले घर भत्काएर जग्गा खाली गर्न सूचना जारी गरेपछि त्रियुगा नगरपालिका १३ पुरानोगाईघाटको जनज्योतीटोलका सुकुम्बासीबस्ती चिन्तामा डुबेका छन् । प्रशासनले साउन २ गते सूचना जारी गर्दै एक महिनाभित्रमा नीजि संरचना हटाउन र नहटाउन पर्ने भए एथेस्ट आधार प्रमाण ७ दिनभित्रमा पेश गर्न भनेपछि पूर्जा पाउने आशामा बसेका आफुहरुमा बज्रपात परे झै भएको ७४ वर्षिय अडिमान मगरले बताए । २०२८ सालदेखि बरुवा खोलाको बाढीको सामना गर्दै थोरै जग्गा ओगटेर बगरमाथि बसेका सुकुम्बासीहरुले कसैको जग्गा हडपेर नबसेको र अतिक्रमण पनि नगरेको दावी गरेका छन् । उनीहरुको साथका रहेका नगरपालिकाको घरधुरी सर्भेक्षण, घरधुरी कर, सुकुम्बासी समस्या समाधान आयोगले प्रदान गरेको सुकुम्बासी परिचय पत्र आदिका आधारमा पनि हटाउन नमिल्ने मगरले बताए । अन्दाजी तीन दर्जन भूमिहिन सुकुम्...
श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भिर

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भिर

समाचार
सिंह चाम्लिङ राई/उदयपुर साउन ७ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाट बजारमा सोमबार खुकुरी प्रहारबाट एक महिला गम्भिर घाईते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार गाईघाटको विपीचौकमा पसलमा बसिरहेको अवस्थामा श्रीमती अर्पना पराजुुलीलाई उनका श्रीमान सुवासकुमार पराजुलीले खुकुरी प्रहार गरी गम्भिर घाइते पारेको हो । खुकुरी प्रहारबाट अर्पनाको टाउको र गर्धनमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय त्रियुगा हस्पिटलमा प्रारम्भिक उपचारपछि उपचारका लागि बाहिर लगिएको जनाइएको छ । उनको टाउकोमा १० वटा टाँका लगाउनु परेको छ । खुकुरी प्रहार गर्ने श्रीमान सुवासलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।...
मोडर्न इन्स्टिच्यूटविरुद्ध अनेरास्ववियु (क्रान्तिकारी) को विज्ञप्ती, आरोप निराधार रहेको प्रिन्सिपल यादवको भनाइ

मोडर्न इन्स्टिच्यूटविरुद्ध अनेरास्ववियु (क्रान्तिकारी) को विज्ञप्ती, आरोप निराधार रहेको प्रिन्सिपल यादवको भनाइ

समाचार
पूर्णपुष्टि/उदयपुर, साउन ७ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिले सोमबार मोडर्न इन्स्टिच्यूट अफ हेल्थ साइन्स, गाईघाटको विरुद्धमा विज्ञप्ती जारी गर्दै अनिश्चितकालिन तालाबन्दी गरेको जनाएको छ । सिटिइभिटिले तोकेभन्दा दोब्बर शुल्क तोकेको, छात्रबृत्तिवापतको रकम खाएको, विद्यार्थीलाई डर, धम्कीमा राख्ने, यौन दूब्र्यवहारसमेत हुने आरोप विज्ञप्तीमा लगाईएको छ । संयोजक डि.बि. लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा निजि शैक्षिक क्षेत्रमा देखिएका विकृति, विसंगति र बेथितिलाई सम्बन्धीत निकायले नियन्त्रण गर्न नसक्दा गरीबका छोराछोरीले पढ्न नपाएको उल्लेख गरेको छ । प्रिन्सिपल यादवद्वारा विज्ञप्तीद्वारा खण्डन यसैबीच मोर्डन इन्स्टिच्युट अफ हेल्थ साईन्स गाईघाटका प्रिन्सीपल खेमचन्द्र यादवले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै अखिल नेपाल राष्...
रौतामाई गाउँपालिकाको तेस्रो गाउँसभाबाट पारित आर्थिक वर्ष २०७५/०७६ को बजेट तथा आयोजनाहरु

रौतामाई गाउँपालिकाको तेस्रो गाउँसभाबाट पारित आर्थिक वर्ष २०७५/०७६ को बजेट तथा आयोजनाहरु

Breaking News 1
“समृद्ध गाउँपालिका हाम्रो अभियान : सबै सुखी र खुशी रहौ यही हाम्रो पहिचान” भन्ने मूल नारा एवम् लक्ष्यका साथ असार २९ गते सम्पन्न रौतामाई गाउँपालिका, उदयपुुरको तेस्रो गाउँसभाबाट पारित आर्थिक वर्ष २०७५/०७६ को बजेट तथा आयोजनाहरु । सर्बसाधारण जनता, सरोकारवालाहरुको जानकारीका लागि प्रकाशित । आर्थिक वर्ष ०७५/०७६ को लागि आयतर्फ १ आन्तरिक आय---------------------------३८,००००० ३ संघीय सरकारबाट प्राप्त ३क. समानीकरण-----------------------------८७२००००० ३ख. सशर्त----------------------------------१५३२००००० ४ प्रदेश सरकारबाट प्राप्त समनीकरण------------ ६६५०००० ५ प्रदेशबाट प्राप्त सशर्त अपेक्षित----------------१००००००० ५ सामाजिक सुरक्षाभत्ता-----------------------४००००००० ६ राजश्व वाडफाट----------------------------६९००१००० ७ साना सिंचाई कार्यक्रम-----------------------१३२००००० ...
Breaking News 1
https://youtu.be/RIRqIIL_6lw परिपक्कतापछि हरेक मानिसको अवस्था बुढेसकाल हुन्छ । जीवनकालमा अनेकौं जीवन संघर्ष गरेर देश र समाजका लागि थुप्रै काम र योगदानहरु गरिएका हुन्छन् भने पारिवारिक र व्यक्तिगत अनगिन्ति तितामिठा भोगाईहरु हुन्छन् । समय र परिस्थिति परिवर्तित छ । हिजोको पौराणीक काल छिचोलेर अहिलेको आधुनिकता र प्रविधीको समयलाई समेत नियालिरहेका ती बृद्धबृद्धाहरु हाम्रा बौद्धिक सम्पत्ति हुन् भन्दा फरक पर्दैन । परिपक्क त्यस्ता व्यक्तित्वहरुसंग हामीले थुप्रै बौद्धिक खुराकहरु पाउन सक्छौं । जुन खुराक नयाँ पुस्ताका लागि भाबी दिनमा मार्ग निर्देश बन्नसक्छ । तसर्थ, हामीले ७० वर्षभन्दा माथिका बृद्धाबृद्धाहरुसंग पाको कुरा राख्ने कामको थालनी गरेका छौं । कृपया, हेरेर, सुनेर सल्लाह, सुझाव राखिदिनुहोला । मन परेमा सेयर, लाईक र सब्स्क्राईब गरिदिनुहोला । प्रस्तुत छ पहिलो अंक ।...
गुहार गुहार… बचाऊ

गुहार गुहार… बचाऊ

मनोरञ्जन
गुहार गुहार... बचाऊ || Tejnarayan Sherpa 'Ranjan'/कविता तेजनारायण शेर्पा “रन्जन” उदयपुरका एक सशक्त साहित्यकार, सर्जक, बैद्य र समाजसेवी हुन् । उनको अति नै ओझिलो एक कविता राखेका छौं । कृपया, सुनेर कमेन्ट गरिदिनुहोला । मन परेमा लाईक र सब्स्क्राईप पनि गरिदिनुहोला । https://youtu.be/_9ZzOk-5Tog
तीन सातादेखि बत्ती नबलेपछि प्राधिकरण घेराउ

तीन सातादेखि बत्ती नबलेपछि प्राधिकरण घेराउ

समाचार
पूर्णपुष्टि/उदयपुर, साउन १ उदयपुरमा तीन सातादेखि बिजुली बाल्न नपाएका स्थानियले मंगलबार नेपाल विद्युत प्राधिकरण कार्यालय घेराउ गरेको छ । त्रियुगा नगरपालिका २ खैजनपुर बासीहरु असार १० गते बाट बत्तिबिहिन भएको थियो । प्राधिकरणको लापरबाहीले गर्दा समस्यामा परेको भन्दै गाईघाट स्थित प्राधिकरणको वितरण केन्द्र घेराउ गरेको हो । विहान १० बजे तिर ठुलो संख्यामा आएको खैजनपुर बासीहरुले प्राधिकरणको अगाडी नारा लगाउदै कर्मचारीलाई कार्यालय प्रवेश गर्नमा समेत समस्या उत्पन्न गरेको थियो । विग्रेको विद्युति मर्मत गर्न २२ दिन अघि नै प्राधिकरणलाई अनुरोध गरेपनि प्राधिकरणले आल टाल गरेको स्थानीयहरुको आरोप छ । बत्ति नहुदा ठुलो समस्या खेप्दै आएका स्थानीयहरु अतिबेला मुठ्ठी खाएर मुरी उब्जाउने समयमा छ । तर लगतार बत्तिको समस्यामा परेको स्थानीयबासीहरुले काम छोडेर प्रधिकरण घेराउन गर्न आएको वडा अध्यक्ष घमानसिंह खत्र...
५४ वर्षे इतिहासमा सबैभन्दा बढि मुद्दा दर्ता र फछ्र्यौट

५४ वर्षे इतिहासमा सबैभन्दा बढि मुद्दा दर्ता र फछ्र्यौट

समाचार
पूर्णपुष्टि/उदयपुुर साउन १ जिल्ला अदालत उदयपुरले न्याय सम्पादनमा अहिलेसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । ५४ वर्षे इतिहास बोकेको अदालतले आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी मुद्दा दर्ता र फछ्र्यौटको रेकर्ड राखेको हो । जिल्ला न्यायाधीस तेजेन्द्रप्रसाद शर्मा सापकोटाका अनुसार अदालतप्रतिको सर्बसाधारणको विश्वास बढेकाले मुद्दा संख्या बृद्धि भएको र सोही ढंगले न्याय सम्पादन गरिएकाले अहिलेसम्मकै राम्रो उपलब्धी हाँसिल भएको हो । कुल मुद्दा संख्या एक हजार चारसय १५ वटा रहेकामा एकहजार ६४ वटाको न्याय सम्पादन सकिएको छ । मुद्दा फस्यौट संख्या ३ सय ५१ मात्र रहेका छन् । पाँचसय ८५ वटा मुद्दा अघिल्लो वर्षबाट सरिआएकोमा ८ सय ३० वटा नयाँ मुद्दा दर्ता भएको हो । अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फछ्र्यौटको लक्षसमेत पुरा गर्न नसकेको ग वर्गको सो अदालतले ७५ दशमलब १९ प्रतिशत फस्र्यौट गरेको हो । विगतको...
अपहरण तथा सामुहिक बलात्कार गर्ने चार सार्बजनिक

अपहरण तथा सामुहिक बलात्कार गर्ने चार सार्बजनिक

समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३२ । गएराती एक महिलालाई अपहरण गरी गाडीमा सामुहिक बलात्कार गरेको भन्दै चार जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार सार्बजनिक गरेको छ । पक्राउ परी सार्बजनिक गरिएकाहरुमा सिरहाको लहान नगरपालिका ७ का २४ वर्षिय अमित गुप्ता, सोही ठाउँका २५ वर्षिय सन्देश गुप्ता, २५ वर्षकै विवेश साह र सिरहाको मिर्चैयाका २६ वर्षिय नितेशकुमार साह रहेका छन् । त्रियुगा नगरपालिका ६ स्थित लालपत्तामा चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाट तर्फ आउदै गरेको बा. १४ च ६८१७ नम्बरको स्कारर्पियो गाडीमा नग्न अवस्थाकी एक महिला र मदिराले लठ्ठा चार जनालाई प्रहरीले फेला पारी पक्राउ परेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार महिलाले आफुलाई अपहरण गरी जबरजस्ती बलात्कार गरेको बयान दिएकी छिन् । चारैजनालाई अपहरण तथा जबरजस्ती करणी मुद्दा चलाउने एसपी भट्टले बताउनुभयो ।...