Monday, April 20News That Matters

Month: ७ वर्ष अगाडि

लिम्चुङ्बुङमा स्वास्थ्य शिविर

लिम्चुङ्बुङमा स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
उदयपुर, माघ १६ गते । स्थानीय सरकार गठनपछि गाउँगाउँमै जनताले विभिन्न सेवा पाउन थालेका छन् । यसै सन्दर्भमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका जनताले गाउँमै स्वास्थ्य सेवा पाएका छन् । पालिकाको आयोजना तथा नोबेल हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा पालिकाको केन्द्र बराहामा बुधबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट जनताले स्वास्थ्य सेवा र सुविधा पाएका हुन् । गरिबीको कारण सरहरको ठुला हस्पिटलमा उपचार गराउन नसक्ने स्थित भएका सर्वसाधरणलाई शिबिरले ठुलो सहयोग भएको स्थानियबासी रमिला राईले बताईन् । शिविरबाट गाउँमै स्वास्थ्य सुविधा पुगेपछि पालिकाबासीहरु खुसी भएको राईले बताईन् । विकट पहाडी पालिकाका गाउँघरमा बसोबास गर्ने गरिब जनताहरुले शिविरबाट धेरै सुविधा पाएको छ । आँखा नदेख्ने, कान नसुन्ने, छाति दुख्ने, हात खुट्टा भाँचिए, नसा रोग लगायतका विभिन्न रोगहरुको गाउँघरमै निःशुल्क उपचार र औषधी...
मेडिकल कलेज खोल्ने कुराले जनता उत्साहित

मेडिकल कलेज खोल्ने कुराले जनता उत्साहित

समाचार
उदयपुर, माघ १४ गते । सरकारले सात प्रदेशमा सात सरकारी मेडिकल कलेज खोल्ने भएपछि जनता उत्साहित देखिएका छन् । यतिबेला नेपाल सरकारको शिक्षा विज्ञान प्रविधि मञ्त्रालयले मेडिकल कलेज खोल्नका लागि सम्भाव्यता अध्यायन कार्यदल टोली खटाएको अवस्थामा जनता थप उत्साहित भएको सम्भाव्यता अध्ययन कार्यदलका संयोजक मधुसुधन सुवेदीले बताए । टोलीले डोटी, डडेलधुरा, इलाम, पाँचथर लगायत विभिन्न जिल्लाको सम्भाब्यता अध्यायन सकेको छ । अन्तिममा उदयपुर आइपुगेको टोलीले उदयपुरको विभिन्न स्थानको स्थलगत अवलोकन पनि भ्रमण गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डाक्टर मधुसुदन सुवेदीको नेतृत्वको टोलीले सदरमुकाम गाईघाट र आसपासका फर्सेट, सिमलटार, उत्तराहीटोल लगायतका ठाउँहरुको अध्ययन, अवलोकन गरेको हो । कटारी नगरपालिकामा समेत टोली पुगेको छ । कलेज खोल्नका लागि नेपाल मेडिकल काउन्सिलले बनाएको मापदण्डको आधारलाई म...
त्रिवेणी मेलाको आर्कषण रुम्जाटारको राडी पाखी

त्रिवेणी मेलाको आर्कषण रुम्जाटारको राडी पाखी

समाचार
उदयपुर, माघ १४ गते । उदयपुरको एक एतिहासिक धार्मीक स्थल त्रिवेणी मेलामा परापूर्वकाल देखि नै राडी पाखीको व्यापार हुदै आएको छ । कटारी नगरपालिका वडा नं २ खोक्सामा संचालित त्रिवेणी मेलामा घरेलु उत्पादन राडी पाखीको व्यापार वर्षेनी हुदै आएको हो । माघे शक्रान्ति देखि १५ दिन सम्म लाग्ने मेलामा उच्च पहाडी र हिमाली जिल्लाबाट भेडाको उनबाट बनाईएको राडी पाखी, भोटे कुकुरको बच्चा (छाउँरा), घोडाको व्यापार हुने गर्दथ्यो । समय सँगै विकासले गर्दा अहिले छाउँरा र घोडाको मोह समाजमा हटि सकेको देखिन्छ । मेलामा शोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको विभिन्न ठाउँबाट भेडाको उनबाट घरमै हातले बनाईएको राडी, पाखी, चकटी, लम्पट लगायतका वस्तुहरु आउने गरेको पाईन्छ । एक परम्परागत व्यावसायको रुपमा केहि नयाँ पुस्ताहरुले समेत अङ्गालेका घरेलु उत्पादीत राडी पाखी मेलामा ल्याउने गरेको रुम्जाटारको राडी पाखी उत्पादक÷व्यावसायीक...
मैनि मेलामा सास्कृतिक कार्यक्रम

मैनि मेलामा सास्कृतिक कार्यक्रम

समाचार
उदयपुर, माघ १३ गते । उदयपुरको यतिहासिक धार्मीक स्थल त्रिवेणी मेलामा सास्कृतिक कार्यक्रम भएको छ । कटारीन गरपालिका २ खोक्सामा माघ १ गतेबाट लाग्ने त्रिवेणी मेलाको अवसर पारेर सास्कृतिक कार्यक्रम गरेको हो । तावा, ककरु र कमला खोलाको संगम स्थल त्रिवेणीमा माघे शक्रान्ति देखि १५ दिन सम्म मेला लाग्ने गर्दछ । परापूर्वकाल देखि नै त्रिवेणीमा हिन्दु धर्मलाम्बिहरुले स्नान गरि पुजा आरधना गर्ने गरेको स्थानियबासीहरु बताउँछन् । माघ १ गतेबाट लाग्ने त्रिवेणी मेलामालाई रौनक दिन उदयपुर उद्योग बाणिज्य संघ कटारीले सास्कृतिक कार्यक्रम गरेको छ । सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार गायक शिव थापामगर, डान्सर मिना तामाङ्ग र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा गालैको कोठिमा, भेट भयो तिमी सँग झ्प्पै, सुन ओई कुरा बुझ्या खोई, पार्वती..... लगायतका गितहरुले दर्शकहरुलाई छमछमी नचाएको थ...
भिरबाट लडेर एकको मृत्यु

भिरबाट लडेर एकको मृत्यु

समाचार
उदयपुर, माघ ११ गते । उदयपुरको उत्तरी रौतामाई गाउँपालिकामा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । गाउँपालिका वडा नं ३ लाफागाउँ स्थित जनता मावि रसुवा स्कुल छेउको भिरालो पाखोबाट लडेर बृद्धको मृत्यु भएको हो । गत माघ २ गते विहान छोरीको घर जान्छु भनि घरबाट हिडेका ८४ वर्षीया बुद्धिमान दमाई बाटो हिड्ने क्रममा भिरालो पाखोका बाटोबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
विपन्न बालबालिकाको शिक्षालाई टेवा बाख्रा

विपन्न बालबालिकाको शिक्षालाई टेवा बाख्रा

समाचार
उदयपुर, माघ ९ गते । विपन्न परिवारका बालबालिकाको शिक्षा तथा घरको स्तर उन्नतीका लागि उदयपुरमा ११ घर परिवारलाई बाख्रा वितरण गरेका छन् । त्रियुगा नगरपालिका वडा नं १६ का विपन्न तथा दलित परिवारका बाल बालिकाको शिक्षा तथा घरको आर्थीक स्तर उकास्नका निम्ती सोमबार बाख्रा वितरण गरेका हुन् । वडा कार्यालयको २ लखा आर्थीक सहयोगमा ज्योती महिला बहुउद्देश्यिय सहकारी सस्था सुकौराको आयोजनामा वडाका विपन्न ६ घर र दलित ५ घरका आमाहरुलाई २ वटाका दरले २२ वटा बाख्राको पाठी वितरण गरेको आयोजकले जनाएको छ । व्यावसायीक पशु पलन तथा कृषी व्यावसायको प्रचुर सम्भावना भएकाले थोरै परिवारबाट सुरुवात गरेको बाख्रा वितरणले वडालाई आर्थीक पाटोमा ठुलो टेवा पु¥याउने र समृद्ध वडा बनाउने लक्ष्यमा सहयोग गर्ने त्रियुगा नगरपालिका वडा नं १६ का वडाध्यक्ष मानबाहादुर राईले बताए । वडामा विभिन्न खनिज बस्तु भएपनि छिटो छरित...
जेष्ठ नागरिक र अपाङ्गलाई वडाको न्यानो सम्मान

जेष्ठ नागरिक र अपाङ्गलाई वडाको न्यानो सम्मान

समाचार
उदयपुर, माघ ९ गते । उदयपुरको त्रियुगा नगरपालिका १६ नं वडा कार्यालयले जेष्ठ नागरिक र अपाङ्गलाई न्यानो कपडाका साथ विहिबार सम्मान गरेका छन् । जाल्पा चिलाउने स्थित वडाको आफ्नै कार्यालयमा आयोजित एक कार्यक्रममा ४५ जना जेष्ठ नागरिक र ३० जना अपाङ्गलाई न्यानो कपडाको साथ सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाको मेयर बलदेब चौधरी, वडाध्याक्ष मानबहादुर राई र पालिकाको सल्लाहकारहरुले सुइटर र ब्याङ्केट प्रदान गरेका थिए । त्रिनपा १६ ले जेष्ठ नागरिक मध्येपनि विशेष ८० वर्ष भन्दा माथिको बुद्धबुद्धाहरु र शारिरीक अपाङ्गता भई विभिन्न कारणले गर्दा सरकारी सेवा सुविधाबाट बञ्चित भएका अपाङ्गलाई सम्मानको साथ न्यानो कपडा वितरण गरेको छ । शारिरीक अपाङ्गताभई आर्थीक, समाजिक विभिन्न कुराले सरकारी सेवाबाट बञ्चित भएका अपाङ्गहरुलाई जाडोमा ओड्ने (व्लाङ्केट) न्यानो कपडा दिदा उनिहरु एक...
उदयपुरमा भागी बाल विवाह बढ्दो

उदयपुरमा भागी बाल विवाह बढ्दो

समाचार
उदयपुर, माघ ९ गते । उदयपुरमा भागि बाल विवाह गर्ने बालबालिकाको संख्या वर्षेनी वढ्दो एक तथ्याङ्कले देखाएको छ । सानै उमेरमा भागेर विवाह गर्ने बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो । बाल विवाह न्युनिकरण गर्न सरकारी निकाय तथा गैरसरकारी संघ सस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएपनि बाल विवाहमा भने केहि सुधार मात्र भएको यस तथ्याङ्कले देखाएको छ । नेपाल सरकारको नीति अनुसार बाल बालिकाहरुलाई अनिवार्य शिक्षा गरेकाले शिक्षीत बालबालिका नै एक आपसमा मिलेमतो भई उमेरै नपुगी भागेर विवाह गर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको हो । मिलेमतोमा विवाह गरि घरबाट भागेपछि बुवाआमाले प्रहरीमा मेरो छोरी हरायो भनि हुलिया सहितको निवेदन दिने गरेको छ । यस निवेदनको आधारमा खोजतलास गरि फेला पार्दा विवाह गरी भागेको खुल्न आउने भएकाले बाल विवाह...
भव्य मनाए आदिवासी जनजातीहरुले नयाँ वर्ष

भव्य मनाए आदिवासी जनजातीहरुले नयाँ वर्ष

समाचार
उदयपुर, माघ १ गते । नेपालीहरुको एक विशेष महान चाडको रुपमा नाईने माघे शक्रान्ति आदीवासी जनतातीहरुले नयाँ वर्षका रुपमा मनाएका छन् । आदिवासी जनजाती किराँत, मगर, थारु लगायतका समुदायहरुले शक्रान्तिालाई नयाँ वर्षको रुपमा र हिन्दू धर्मलम्बिहरुले मर्कर नुहाई पुजा पाठ गरि भव्य रुपमा मनाएका हुन् । बहुल जातजाती र बहुल भाषा, धर्म, सस्कार, सस्कृती र पहिचानले भरिएको नेपालमा विभिन्न चाड पर्वहरु मनाउदै आएको छ । त्यहि चाड पर्व मध्येको एक विशेष माघे शक्रान्तिलाई पनि लिईन्छ । यस माघे शक्रान्तिमा आदिवासी जनजातीका विभिन्न समुदायले नयाँ वर्षको रुपमा भब्य मनाउँदै आएका छन् । आ–आफ्नै सस्कार र पहिचान झल्काउने मौलिक खानाका परिकारहरु खाने र आफन्त जन सँग नयाँ वर्षको शुभकामना आदान प्रदान गरी भव्य रुपमा मनाउने गर्दछन् । किराँत किराँत समुदायका राई, लिम्बु, सुनुवार लगायत किराँतीहरुको मौलिक खाना कादोको ढ...
यलेदुङको स्वागतमा जिप प्रज्वलन

यलेदुङको स्वागतमा जिप प्रज्वलन

समाचार
उदयपुर, पुस ३० गते । विश्व भरका किराँत राईहरुले यलेदुङ ५०७८ लाई विदाई र नयाँ वर्षको स्वागत उदयपुरमा पनि जिप प्रज्वलन गरी गरेको छ । विश्वभर छरिएर रहेका किराँत समुदायका राईहरुले यलेदुङ ५०७९ को स्वागत गर्न वर्षको अन्तिम साँझ सोमबार दिप प्रज्वलन गरि रहेको हो । किराँत राई यायोक्खा जिल्ला समितिले यलेदुङ ५०७८ लाई विदाई र ५०७९ नयाँ वर्षको स्वागत गर्न दिप प्रज्वलन गरेको किराँत राई यायोक्खा जिल्ला समितिले जनाएको छ । नेपालमा धेरै जनजातीहरुको महान चाड नै पर्ने माघ १ गते किराँत समुदायको भने नयाँ वर्षको पर्ने गरेको किराँत राई यायोक्खा जिल्ला समितिको अध्यक्ष विमल किरातीले बताए । यलम्बर राजाको शासनकाल देखि नयाँ यले सम्बत मनाउन र गन्न आएको थियो । त्यसैले विशेष रुपमा माघ १ गतेलाई नयाँ वर्ष मनाउदै आएको राईले बताए । विभिन्न जात जाती र धर्मलम्बिहरुले आ–आफ्नो विशेषता अनुसार माघ १ गतेलाई मनाउने भएप...