जेष्ठ नागरिकलाई न्यानो सम्मान
उदयपुर, पुस ३० गते ।
उदयपुरको त्रियुगा नगरपालिका १३ नं। वडा कार्यालयले अतिबिपन्न तथा जेष्ठनागरिकहरुलाई न्यानो कपडाका साथ सोमबार सम्मान गरेको छ ।
ज्योतिटोल स्थित वडाको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा अतिबिपन्न ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर मेयर बलदेब चौधरी र वडाध्याक्ष पशुपति चौधरीले सुइटर र ब्याङ्केट प्रदान गरे । न्यानो सम्मान पाएकोमा बृद्धबृद्धाहरु खुसि भए ।
मेयर चौधरीले नगरको आन्तरिक स्रोत बढाएर बृद्धबृद्धा, बालबालिका, महिला लगायत जनहितमा अझबढि काामहरु गर्ने बताए । कार्यक्रममा नेकपाका युवानेता परमेश्वर घिमिरे, जिल्ला समन्वय समिति सदस्य जनुका बराल, नगर सल्लाहकार गिता रेग्मी, वडा सदस्य मानबहादुर मगर (पदम) लगायतले मन्तब्य राख्दै न्यानो कार्यक्रम मार्फत राज्यको न्यानो सम्मान मिलेको बताए ।
कार्यक्रममा वडाका चारवटा युवा क्लबलाई प्रो...









