Friday, August 7News That Matters

Month: ८ वर्ष अगाडि

जिप दुर्घटना, ११ घाइते

जिप दुर्घटना, ११ घाइते

समाचार
सविना मगर बेलका पुस २३ गते । भोजपुरका हतुवागढीको खैराङमा यात्रुवाहक जिप दुर्घटना हुदा ११ जना घाईते भएको छ । हतुवागढी गाउँपालिका वडा नं ४ को खैराङमा आईतबार दिउँसो २ ः०० बजे जिप दुर्घटना हुदा ११ जना घाईते भएको हो । हलेदेबाट घोरेटार तर्फ आउदै गरेको स १ ज ९० नम्बरको ल्याण्ड रोभर जिप ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाईतेहरुलाई विपि कोईराला विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको लागि लगिएको थियो । २ जनालाई सामान्य उपचार गरि डिस्चार्ज गरेको छ । गम्भिर अवस्थाका ९ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
जेष्ठ नागरिक सहित ३ सय ३१ ले पाए नागरिकता

जेष्ठ नागरिक सहित ३ सय ३१ ले पाए नागरिकता

समाचार
उदयपुर, पुस २३ गते । उदयपुरको उदयपुरगढीमा संचालन भएको एकिकृत घुम्ति शिविरमा ७१ वर्षीय वृद्ध सहित तीन सय ३१ जनाले नागरिकता पाएको छ । उदयपुरगढी गाउँपलिका वडा नं ७ हाडेबासमा संचालन भएको एकिकृत घुम्ति शिविरमा जेष्ठ नागरिक सहित तीन सय ३१ जनाले नेपाली नगरिकता पाएको हो । जिल्ला प्रशासन उदयपुरको आयोजनामा भएको एकिकृत घुम्ती शिविरमा २००४ सालमा जन्मिएका ७१ वर्षीय गोकुल बहादुर मगर लगायत तीन जना बृद्ध बृद्धाहरुलाई नगरिकता दिएर शिविरको उद्घाटन गरिएको थियो । पालिकाको २ नं प्रदेश संग सिमाना जोडिएका वडा नं ६ र ७ का जनतालाई सेवा प्रदन गर्न लक्षले शिविर संचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । शिविरमा बृद्ध बृद्धा सहित तीन सय ३१ जनाले नेपाली नगरिकता लिएको जिल्ला प्रशासन उदयपुरको प्रशासकीय अधिकृत तथा शिविर प्रमुख कुमार खड्काले बताए । शिविरबाट एक सय ३१ पुरुष र २ सय ३६ ...
बेलका नपाको उत्पादन कार्य जिल्लामै नमूना बन्दै

बेलका नपाको उत्पादन कार्य जिल्लामै नमूना बन्दै

आर्थिक, समाचार
उदयपुर, पुस २३ गते । स्थानीय सरकारको दोस्रो वर्षलाई उत्पादनवर्षको रुपमा अगाडी बढाएको उदयपुरको बेलका नगरपालिकाले ठूलो मात्रामा कृषि उत्पादनको कार्य अगाडी बढाएको छ । मेयर दुर्गाकुमार थापाका अनुसार ८० विगाहामा आलु र ८० विगाहामा गहुँखेती लगाईसकेको पालिकाले पाँचसय विगाहा बढिमा मकैंखेतीको तयारी गरेको छ । त्यसका लागि पालिकाले ६ मेट्रीक टन मकैं विउ कृषकलाई वितरणको तयारी छ । आउदो महिनादेखि नै १४ विगाहामा काक्रा, तरबुजा लगायतका लहरे तथा बगरेखेती थाल्ने तयारी पुरा गरेको पालिकाले उत्पादनलाई समृद्धिसंग जोडेर ठूलो मात्रामा कृषि कार्य थालेको हो । हाल वडा नं. कृषि उत्पादनमा यो जिल्लामै पहिलो र नमूना बन्ने भएको छ । पालिकामा एक हजार बढि घरधुरीले खान नपुग्ने तथ्यांक फेला पारेपछि उनीहरुलाई उत्पादन कार्यमा प्राथमिकता दिएको छ । बाँझो रहेर त्यतिकै खेरो गईरहेका जमिन प्रयोगमा ल्याउने मात्र नभई १० धुर मा...
मन्त्रि चढेका गाडीकोे ठक्करबाटा एक बालक घाईते

मन्त्रि चढेका गाडीकोे ठक्करबाटा एक बालक घाईते

समाचार
उदयपुर, पुस १९ गते । उदयपुरको बेलकामा पूर्व सुचना तथा सञ्चार मन्त्रि चढेको गाडीले ठक्कर दिदा एक बालक घाईते भएको छ । बेलका नगरपालिका वडा नं १ को आम्बासीमा ८ वर्षीय बालकलाई मन्त्रि चढेको गाडीले ठक्कर दिदा घाईते भएको हो । मदन भण्डारी लोक मार्ग अन्र्तगत बेनपा आम्बासीमा पूर्व सुचना तथा संचार मन्त्रि जय प्रकाश गुप्ता चढेको को २ च १५१९ नम्बरको बुलेरो भ्यानले दिउँसो १२ बजे बलकलाई ठक्क दिदाएकोे ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी निरीक्षक नविन कुमार सिंहले बताए । साईकल यात्रीलाई बचाउन खोज्दा गाडी अनिन्त्रीत भई सडक छेउको पसलमा सामान खरिद गर्न आएको बालकलाई ठक्कर दिएको प्रहरी निरीक्षक सिंहले बताए । घाईते बालकाको बिपि कोइराला विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । भने पुर्व मन्त्री गुप्ता प्रदेश न.ं २ बाट बिराटनगर सम्मको यात्रामा उक्त बाटो हुदै निस्केको ज...
प्राविधिक ज्ञान र जनशक्तिको अभावमा बन्यो चियाको जंगल

प्राविधिक ज्ञान र जनशक्तिको अभावमा बन्यो चियाको जंगल

आर्थिक, समाचार
उदयपुर, पुस १९ गते । उदयपुरको रौतामा लगाएको अर्गानिक चिया बगान प्रविधिक ज्ञान र जनशक्ति नहुदा चियाको जंगल बनेको छ । रौतामाई गाउँपालिका वडा नं ६ र ४ का रौता पोखरी आसापासमा लगाएको चिया बगान प्राविधिक ज्ञान र जनशक्ति नहुदा जंगल बनको हो । अर्गानिक चिया खेतिका लागि २०७० सालमा रौतापोखरी, निकास, चिसापानी, मलबासे, नामन्ताका आसपासका विभिन्न गाउँ तथा जंगलमा करिब २ लाख विरुवा लगाईएको तत्कालिन रौतारानी कृषक समुहका अध्यक्ष विष्णु बहादुर कटुवालले बताए । प्राविधिक ज्ञान र दक्ष जनशक्ति गाउँमा नहुदा व्यावसायीक अर्गानिक चिया खेतिले जंगलको रुप लिएको छ । खाली बाजो जग्गालाई सदुपयोग गरि स्थानिय स्तरमा अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले विभिन्न ठाउँमा चिया लगाइएको भएपनि ज्ञान र जनशक्तिको कमिले गर्दा जंगल बन्दै गएको कटुवालले बताए । रोपेको दुई वर्ष देखि चियाले उत्पादन दिन थाल्ने भएपनि हेरचा...
लाहुरेनीको “ लाहुरेनी फुल”

लाहुरेनीको “ लाहुरेनी फुल”

समाचार, साहित्य
उदयपुर, पुस १७ गते । नेपाली समाजमा लाहुरेनी भनेपछि यस, आराम, सौखिन र सुखैसुखमा मात्र भुल्ने गर्छ भन्ने सोचलाई परिवर्तन गराउदै एक लाहुरेनी नेपाली चेलीको कृति आएको छ । लाहुरेनी नेपाली चेली अर्थात गीतकार, सगीकार तथा साहित्यकार सुष्मा रुपाबुङ राईको लोकप्रीय कृति उपन्यास “लाहुरेनी फुल” हामीबीच आएको हो । काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा आइतवार (पुष १५ गते) विमोचन भएको उपन्यासले समाजभित्रको यथार्थ घटनालाई उतारिएको छ । अतिथिहरु विशिष्ट कवी तथा साहित्यकार श्रवण मुकारुङ, कवी तथा पत्रकार प्रकाश गुरागाई र नायिका सिर्जना सुब्बा द्वारा संयुक्त रुपमा उपन्यास “लाहुरेनी फुल” विमोचन गरिएको हो । सामाजिक तथा सबैखाले विकृति विसंगतीको विरुद्धमा सशक्तरुपमा कलम चलाउदै आउनुभएकीे साहित्यकार रुपाबुङको “लाहुरेनी फुल” पहिलो प्रकाशित उपन्यास कृति हो । उहाँले थुप्रै किसिमका कविता, लेख, रचना, गितसम...
विद्युत पुगे पनि अन्धकारमा बस्न बाध्य

विद्युत पुगे पनि अन्धकारमा बस्न बाध्य

समाचार
उदयपुर, पुस १७ गते । उदयपुरको उत्तरबारी बस्तीमा विद्युतको भोल्टेज नपुग्दा विद्युत पुगे पनि अन्धाकारमा बस्न बाध्य भएका छन् । त्रियुगा नगरपालिका वडा नं ८ र ९ मा पर्ने उत्तरबारी बस्तीका बासिन्दाहरु २ वर्ष देखि विद्युतको भोल्टेज नपुग्दा अन्धाकारमा बस्न बाभएका हुन् । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रमा पटक पटक निवेदन दिदा पनि वेवाश्था गरी दुई वर्ष देखि विद्युतको भोल्टेज नपुग्दा अन्धकारमा बस्न बाध्यभएकोले ध्यानकर्षण गराउन आएको समयोजक तथा पूर्व उप येयर रामबती चौधरीले बताईन् । विद्युत विस्तार गर्दा ४ फेजको लाईन लानु पर्नेमा २ फेजको मात्रै लगेको त्यसमा पनि टास्मीटर नराखी निकै टाढाबाट लगिएकोले बत्तिको आवश्यक परेको बेला बत्ति नबल्ने, गर्मीमा पंखा नचल्ने जस्ता समस्या भोग्दै आएको चौधरीले बताईन् । बस्तीको बासीन्दाहरुले दुई वर्ष देखि समस्या यस्ता समस्या खेप्दै आएका छन् । तर ...