Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

भिषण बाढी पहिरोले २ जना बेपत्ता

भिषण बाढी पहिरोले २ जना बेपत्ता

समाचार
उदयपुर, असार ३१ गते । उदयपुरको रौतामाई गाउँपालिका – ७ र ८ को विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परि दुई जना बेपत्ता भएका छन् । ७ नम्बर वडाको घट्टामा छौडिया खोलमा आएको बाढीले बगाई १५ वर्षीय आरयन तामाङलाई बेपत्ता बनाएको छ भने उनको आमा सुनिता भुजेल तामाङ गम्भिर घाईते भएकी छिन् । त्यस्तै ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिदा करिब ५५ वर्षीया रणमाया रिखाम मगर बेपत्ता भएकी छिन् भने उनको छोरा छोरा घाइते भएको प्रहरीले जनाएको छ । गत राती करिब १०ः१५ बजे एक्किासी आएको बाढी घरमा पसेपछि बाख्रा, सुंगुर लगायतका पशुचौपायलाई सुरक्षीत स्थानमा सार्ने क्रममा आमा छोरालाई बाढीेले बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएको स्थानियले थाहा पाएपछि आमालाई उद्दार गरी उपचारको लागि सिभिल अस्पताल गाईघाट ल्याई थप उपचारको लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ । बेपत्ता भएको बालकको खोजी कार्य भई रहेको प्रहरीले ज...
गैरकानूनी रुपमा विदेश पुगेका तीन सय ११ को उद्धार

गैरकानूनी रुपमा विदेश पुगेका तीन सय ११ को उद्धार

समाचार
असार ३० गते । वैदेशिक रोजगारीको नाममा मानव बेचविखन तथा ओसारपसारमा परेका तीन सय ११ जनालाई उद्धार गरी नेपाल फर्काईएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलयले जनाएको छ । यस वर्ष कुवेत, साउदी लगायतका देशहरुमा राम्रो रोजगारी लगाई भन्दै दलालहरुको फन्दामा परि विचल्लीत भएकाहरुलाई उद्धार गरेको मन्त्रलयले जनाएको हो । भारतको विभिन्न बाटो हुदै मानव बेचविखन गर्ने उद्देश्यले तेस्रोत मुलुक तर्फ लैजान लागेका एक सय ७९ जना उद्धार गरीएको मध्ये ३२ पुरुष र एक सय ४७ जना महिला रहेको मन्त्रलयले जनाएको छ । पछिल्लो समय गैरकानुनी रुपमा विभिन्न प्रलोभनमा परी नेपाली महिला विदेशमा पु¥याई विचल्ली बनाउने गिरोह बढेपछि सरकारले निन्त्रण गर्न कदम चालेको मन्त्रलयले जनाएको छ । राम्रो काम र कमाइको प्रलोभवमा पारी भारत, म्यानमार, कुवेत लगायतका देशहरुमा मानव बेचबिखन तथा ओसारपसारको घटन बढेपछि नियन्त्रणका लागि कदम चालि...
सिञ्चाई ईन्जिनियर १ लाख ८० हजार घुससहित पक्राउ

सिञ्चाई ईन्जिनियर १ लाख ८० हजार घुससहित पक्राउ

समाचार
भोजपुर, असार ३० गते ।   भोजपुरको सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ परेको छ । जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान ईटहरीको टोलीले पक्राउ गरेको हो । प्रमुख ईन्जिनियर यादवले उपभोक्ता समितिबाट घुस लिंदै गर्दा घुस पैसा सहति रङ्गे हात दिउँसो करिब १२ बजे अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ । षडानन्द नगरपालिका – १३ को छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले घुस रकम लिएको अख्तियारले जनाएको छ । करिब ९८ लाख रुपैयाँ लागत रहेको आयोजनाको चालु आर्थीक वर्षमा १७ लाख ८७ हजार एक सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो । उक्त आयोजनाको कामका २० प्रतिशत कमिशन ईन्जिनियर यादव...

गेउरिया खोलामा वेवारिसे शव फेला

समाचार
मोरङ, असार ३० गते । मोरङको गेउरिया खोला किनारमा वेवारिसे शव फेला परेको छ । रङगेली नगरपालिका – ९ को गेउरिया खोला किनारमा आईतबार दिउँसो साढे एक बजे वेवारिसे शव फेला परको हो । खोला किनारमा फेला परेको शव तराई मुलको जस्तो देखि अन्दाजी २८ वर्षीय पुरुषको भएको प्रहरीले जनाएको छ । वेवारिसे शवको कानुनी प्रक्रिया पुरा गरी शव परिक्षणको लागि रङगेली अस्पताल लगिएको प्रहरीले जनाएको छ । अझै पनि शवको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...

नहरमा डुबेर एक बालकको मृत्यु

समाचार
सुनसरी, असार ३० गते  सुनसरीको हरिनगरामा नहरमा डुवेर एक बालकको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका – २ निबासी अकबल मियाको १२ वर्षीय छोरा तोसिब मियाको नहरमा डुवेर मृत्यु भएको हो । भुटाह–सिसुवा धरमपुर सडक खण्डमा पर्ने नहरमा आईतबार दिउँसो चिप्लिएर पानीमा डुबि घाईते भएको मियाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नहरमा डुवेका मियालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगि उपचारको क्रममा दिउँसो करिब ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।...
खोलाले बगाउँदा एक बालकको मृत्यु

खोलाले बगाउँदा एक बालकको मृत्यु

समाचार
झापा, असार ३० गते ।  झापाको मेचीनगरमा एक बालकलाई खोलाले बगाएर मृत्यु भएको छ । मेचिनगर नगरपालिका–१३  निबासी गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईलाई फुलवासा खोलाले बगाएर मृत्यु भएको हो । विहान करिब ७ बजे खेतमा गएका बुवालाई पछ्याउदै जाने क्रममा खोलाले बगाएको थियो । स्थानियले बालकलाई खोलाले बगाएको देखेपछि तत्काल उद्दार गरी उपचारको लागि विएण्डवी हस्पिटल विर्तामोड लगिएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
अविरल वर्षाले दर्जनौ सडक खण्ड अवरुद्ध

अविरल वर्षाले दर्जनौ सडक खण्ड अवरुद्ध

समाचार
असार ३० गते ।  अविरल वर्षाले आएको बाढी पहिरोले देशका दर्जनौ सकड अवरुद्ध भएको छ । वर्षाले आएको बाढी पहिरोले सडक भत्काएपछि सडक अवरुद्ध भएको हो । कटारी–घुर्मी–ओखलढु–शोलु जोड्ने सिद्धिचरण राजमार्ग, शान्ति लोकपथ भट्टेडाँडा–आग्राङ–टुङगुन, जनकपुर–जलेश्वर सडक खण्ड, सिस्नेरी–फर्पि–सडक खण्ड, सुर्खेत–कालिकोट–जुम्ला जोड्ने कर्णाली राजमार्ग, बेँसि सहर–मनाङ सडक खण्ड, भोजपुर–धनकुटा सडक खण्ड, बेनी–जोमसोम सडक खण्ड, मध्यपहाडी राजमार्ग लगायतका राजमार्ग तथा सडक खण्डहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरु मारमा परेका छन् ।...
बाढी पहिरोमा परि ६० जना बढीको मृत्यु

बाढी पहिरोमा परि ६० जना बढीको मृत्यु

समाचार
असार ३० गते । अविरल वर्षाका कारण देशको विविन्न ठाउँमा मृत्यु हुनेको संख्या ६० जना नाघेको छ । देशै भर परेको अवरल वर्षाले आएको बाढी पहिरोमा परि ६५ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परि मृत्यु हुने मध्ये ४१ जना पुरुष र २४ जना महिला रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । बढी भोजपुर, ललितपुर र रौतहटमा पाँच–पाँच जना, ओखलढुङ्गा,सिन्धुली, मकवानपुर र सिरहामा चार–चार जना, काठमाण्डौ, काभ्रे, धनुषा र खोटाङमा तीन–तीन जना, उदयपुर, झापा, बारा, पर्सा, महोत्तरी, धादिङ र डोल्पामा दुई–दुई जना, सुनसरी,ईलाम, पाँचथर लगायतका जिल्लाहरुमा मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परि ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ भने एक हजार चार सय ४६ जनाको उद्दार गरेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण अधिकांश तराईका जिल्लाहरु डुवानमा परेकाले विस्...
बलम्तामा दलित परिवार विस्थापित, विद्यालय जोखिममा

बलम्तामा दलित परिवार विस्थापित, विद्यालय जोखिममा

समाचार
उदयपुर, असार २९ गते । उदयपुरको बलम्तामा पहिरोले एक दलित परिवार विस्थाति भएको छ । लिम्चुङ्बुङ गाउँपालिका – ४ बलम्ता निबासी तिखे दमाईको घर जग्गा शनिबार पहिरोले बगाएपछि विस्थापित भएको हो । पाँच दिनदेखि लगातार परेका वर्षाले आएको पहिरोले विस्थापित भएका दमाईको परिवार भाईको घरमा आश्रय लिएर बसिरहेको लिम्चुङ्बुङ गाउँपालिका – ४ का वडाध्यक्ष यन्दप्रसाद राईले बताए । त्यस्तै मजमबहादुर राई, कुमारसिंह राई र ज्ञानेन्द्र राईको घर पनि पहिरोको उच्च जोखिममा परको छ । अविरल वर्षाले पहिरो जान थालेपछि घर उच्च जोखिममा परेको वडाध्यक्ष राईले बताए । पर्शुराम पद्मा राई माध्यामिक विद्यालयको घेराबेरा लगाएको पर्खाल पहिरोले बगाएको छ । उत्तर र पश्चिमपटीको पर्खा र तारबार पहिरोले बगाएको स्थानियले बताएका छन् । घेराबेरा पहिरोले बगाएपछि विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष राईले बताए । त्यसैगरी निर्म...
भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
ताप्लेजुङ, असा २९ गते ।  ताप्लेजुङको फुरुम्बुमयुममा भिरबात लडेर एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपलिका – १० का फुरुम्बुमयुमको भिरबाट लडेर मृत्यु भएको हो । फुरुमबुमयु ससुराली बस्दै आएका फक्तालुङ गाउँपालिका – ४ ईखाबु निबासी ६३ वर्षीय कर्णबहादुर ल्याबुङ ससुरालीबाट गाउँ जाने क्रममा बेपत्ता भएको थियो । बेपत्ता भएपछि खोजि तलास गर्ने क्रममा बाटोदेखि करिब एक सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत्यु भएका ल्याबुङको शव पोष्टर्माटमको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको प्रहरीले जनाएको छ ।...