चौथो नगरसभाद्वारा पारित बजेट तथा कार्यक्रम सार्बजनिक
१ साउन ,२०७६
कटारी–उदयपुरको कटारी नगरपालिकाले आज आर्थिक वर्ष २०७६र७७ का लागि २९ असारमा सम्पन्न चौथो नगरसभाले पारित गरेको बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
नगर प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख उपमेयर भिमकुमारी राउतको उपस्थितिमा नगरपालिका स्थित पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता कृष्णराज दनुवारले बजेट तथा कार्यक्रम सार्बजनिक गर्नुभएको हो ।
दनुवारले यस वर्ष नगरपालिकाले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो । ‘५० लाख बढीको पूर्वाधार विकासका ठूला आयोजनालाई विशेष प्राथमिकतामा राखेका छौं ।’उहाँले भन्नुभयो –‘वडाबाट आएका आयोजनालाई पनि पूर्वाधार विकासका दृष्टिले प्राथमिकतामा राख्ने निर्णय भयो ।’
यस अघि नै १३ असारमा नीति तथा कार्यक्रम सार्बजनिक गर्दै नगरपालिकाको चौथो नगर सभाले ६८ करोड १३ लाख ८० हजार बराबरको बजेटमाथि नगरका योजनाहरु निर्माण गरिने सार्बजनिक भईसकेको ...





