Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

बाढी प्रभावित क्षेत्रमा अनुगमन तथा राहत वितरण

बाढी प्रभावित क्षेत्रमा अनुगमन तथा राहत वितरण

Breaking News 1
  उदयपुर/असार, ४ उदयपुरको बेलका नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रहरुमा अनुगम तथा राहत वितरण गरिएको छ । २२ घर जोखिममा परेका मध्ये बेलका नगरपालिका १ नं वडा स्थित पलारटोल र अम्वासीका अति जोखिम घरपरिवारलाई राहत वितरण गरिएको हो । बेलका नगरपालिकाका बिभिन्न कटान क्षेत्रहरुको अनुगमन सहित पिडित परिवारहरुलाई व्यवस्थापन गर्न राहत वितरण गरिएको हो । जिल्लाका विभिन्न सम्बन्धित निकायहरु जिल्ला समन्वय समिति, संघसंस्था, नगरपालिका, गाउँपालिका, प्रदेश सदस्य, उद्योग वानिज्य संघ लगाएतका संयुक्त टोलीले अनुगमन तथा राहत वितरण गरेका थिए । त्रियुगा नदीले डुवानमा पारेका पलार टोलका सिता श्रेष्ठ, नयन्द्र श्रेष्ठ, रोनी नेवार, वविता श्रेष्ठ, माधव न्यउपाने, सिता देवि श्रेष्ठ, तारा श्रेष्ठ गरी ७ परिवारलाई राहत वितरण गरिएको छ भने अम्वासीमा बिर बहादुर तामाङ, टिका माया राई, रामु लुईटेल, पूर्ण बहादुर ...
लिटिल आईकनको अडिशन गाईघाटमा

लिटिल आईकनको अडिशन गाईघाटमा

समाचार
उदयपुर, साउन ३ गते । मिस्टर एण्ड मिस लिटिल आईकनको दोस्रो संस्करणका लागि गाईघाटमा अडिशन हुदैछ । साउन १० देखि ३२ गतेसम्म हुने प्रतियोगिताका लागि साउन ४ गते पहिलो अडिशन गाईघाटमा राखिएको हो । आयोजक ताल डान्स हाउसका सञ्चालक मिथुन ठाकुरले पहिलो अडिशन शनिबार बिहान १०ः०० बजेदेखि गाईघाटको जगतभवनस्थित ताल डान्स हाउसकै हलमा हुनेछ । ताल डान्सको सातौ वार्षिकोत्सवकै अवसर पारेर साउन ३२ गते प्रतियोगिताको ग्राण्ड फिनाले राखिएको पनि सञ्चालक ठाकुरले जानकारी दिए । सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षणको मौका पाउनेछन् ।...
लिम्चुङबुङ संकटग्रस्त पालिका घोषणा, खाद्यन्न व्यवस्थापन र सडक बनाउन सहयोगको अपिल

लिम्चुङबुङ संकटग्रस्त पालिका घोषणा, खाद्यन्न व्यवस्थापन र सडक बनाउन सहयोगको अपिल

समाचार
उदयपुर, साउन ३ गते । लामो समय सम्मको खडेरीको मारमा परेको लिम्चुङबुङ गाउँपालिका  फेरी अबिरल बर्षाका कारण सं सकटग्रस्त बनेको छ । पालिकाभित्रका सडक लगायत सदरमुकाम गाईघाटबाट गाउँपालिकासंग जोडिएका मुख्य सडकहरु क्षतीग्रस्त बनेका छन् । गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी सडक क्षतीग्रस्त छ । त्यस्तै गाईघाट–फोक्सिनटार–लिम्चुङबुङ सडक र कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ सडक पनि उत्तिकै क्षतीग्रस्त रहेको स्थानीयले बताएका छन् । पहिरो र भेलले सडक क्षतीग्रस्त पारेकाले कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सवारी साधन नचलेपछि त्यसभेगका बासिन्दाहरुलाई आवतजावत र खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा समस्या परेको छ । स्थानीयहरु पैदलयात्रा गर्न बाध्य छन् भने खाद्यान्न पिठ्यूमा बोक्न बाध्य छन् । शुक्रबारमात्र पालिका अध्यक्ष लगायतको टोली लिम्चुङबुङबाट दुईदिनको पैदल यात्रापछि सदरमुकाम गाईघाट...
मन्त्री र अध्यक्षको पुत्ला जलाइयो, आरक्षण फिर्ता नगरे कडा आन्दोलनको चेतावनी दिदै गाईघाटमा प्रदर्शन

मन्त्री र अध्यक्षको पुत्ला जलाइयो, आरक्षण फिर्ता नगरे कडा आन्दोलनको चेतावनी दिदै गाईघाटमा प्रदर्शन

समाचार
उदयपुर, साउन ३ गते । लोकसेवा आयोगले आरक्षण कोटा हटाएकोमा विरोध गर्दै उदयपुरमा सुक्रबार प्रदर्शन भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति उदयपुरको अगुवाईमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला दहनसमेत गर्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा नेपाल प्रहरी र प्रदर्शनकारीबीच पुत्ला खोसाखोस भएको थियो । पुत्ला जलाउन रोक लगाएको प्रहरीले खोस्न जाँदा प्रदर्शनकारीले छेकेका थिए । प्रदर्शनकारीको बीचमा जलाईएको पुत्ला नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको थियो । बलजप्mती प्रदर्शनकारीलाई हटाउदै प्रहरीले पुत्ला खोसेको थियो । पुत्ला खोसेपनि प्रदर्शनकारीले लोकसेवाको आरक्षण हटाउने निर्णय कागज जलाएका थिए । मुख्यचौकमा जलाउदै सरकार विरुद्ध चर्को नाराबाजी गरेका प्रदर्शनकारीले आदिबासी, जनजाती, अपांग, दलित लगायतको आरक्षण कोटा हटाएर स्वयम...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
    सुनसरी, श्रावण ०३ गते  सुनसरीको इटहरी उप(महानगरपालिका(१२ स्थित बि।एस।मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो साँढे ३ बजेको समयमा फ्याक्ट्रीको लाईनको मेन स्विच चलाउने क्रममा करेन्ट लागी बेहोस भएका थिए । श्रेष्ठको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान स्थित उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।    ...

हाईड्रो पावरका कामदार मृत फेला

समाचार
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(११ मा रहेको लोयर सोलु हाईड्रो  पावर कम्पनीका कामदार  ३२ बर्षीय जय देव ईन्टि भारतको आछाममा मृत अवस्थामा फेला परेको छ । असार २१ गते देखि हराई बेपत्ता भएका ईन्टिको खोजतलासको क्रममा बिहिवाट दिउँसो २ बजे दाल्दु खोलाको किनारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतकको कानूनी प्रकृया अनुसार शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...

भिरबाट लडेर १ को मृत्यु

समाचार
खोटाङ, श्रावण ०३ गते । खोटाङको हलेसि तुवाचुङ नगरपालिका(७ का ४० बर्षीय गणेश बि।क।को भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ५ बजे घरबाट दुध बेच्न भनी हलेसी बजार तर्फ हिडेका बि।क। दुध बेचेर फर्कने क्रममा बाटोको तारेभिरबाट अचानक लडी मुत्यु भएको हो । भिरबाट करिव २०० मिटर तल खस्दा घटनास्थल मै विबको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धान गरी कानूनी प्रकृया अनुसार शव परिक्षणको लागि जिल्ला अस्पताल खोटाङ पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...

बाढीले बेपत्ता भएका बालक मृत फेला

समाचार
झापा, श्रावण ०३ गते । झापाको बाह्रदशी गाउँपालिका(३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् । असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पछि बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अदुवा खोलाको किनारामा रुखको कापमा मृत अबस्थामा बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा १ को मृत्यु २ घाईते

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु २ घाईते

संसार
  सुनसरी, श्रावण ०३ गते ।  सुनसरीको गढी गाउँपालिका(५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी  स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा  पानीको खाल्डोमा परी दुर्घटना भएको हो दुर्घटनामा परी मोटरसाईकल चालक गढी गाउँपालिका(६ का ३० बर्षीय राजेश्वर मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई तत्काल उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको थियो उपचारको क्रममै बेलुका ७ बजे मृत्यु मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका(६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।...
२७ घरपरिवारलाई राहत सहयोग

२७ घरपरिवारलाई राहत सहयोग

समाचार
  उदयपुर/साउन, २ उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ६ नेपालटारका बाढी पिडित २७ घर परिवारलाई बिहिबार राहत सहयोग गरिएको छ । जिल्ला प्रशासन कार्यलयको अगुवाईमा नेपाल रेडक्रस सोसाईटी, ओरेक नेपाल गैसस महासंघ र जाल्पा एकिकृत विकास समाजको संयुक्त आयोजनामा राहत सहयोग वितरण गरिएको हो । जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सिडियो धुर्व बहादुर खड्का, एसपि बिर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी विजय कुमार खड्का लगाएत उदयपुरगढी गाउँपालिका अध्यक्ष र संघसस्थाहरुको टोलीले सहयोग राहत वितरण गरे । लगतार बर्षाको कारण डुवान तथा पहिरोमा परेका घरपरिवारलाई तत्कालका लागि व्यवस्थापन गर्न अति आवश्यक सामाग्रीहरु वितरण गरिएको छ । प्रत्यक परिवारको सदस्यहरुलाई नेपाल रेडक्रस सोसाईटीले त्रिपाल १ थान, कमल २ थान, खारी पिस १ थान, भाडा सेट १ थान, धोती १ थान,वाल्टिन १ थान, तेरी कटन कपडा ४ मिटर, सादा ...