६ महिनामा ४२ घटना, हिंसा बढ्दो
उदयपुर, असार २३ गते ।
मानव अधिकार उल्ल्ङघन तथा ज्यादतीका घटना दिनदिनै उदयपुरमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४२ वटा घटना घटेको अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) उदयपुरको तथ्याङ्कले देखाएको हो ।
एक कार्यक्रमका साथ आईतबार जिल्लाको मानवअधिकार स्थिति सूचक सार्वजानिक गर्दै हिंसा घट्नु पर्नेमा अझ बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको थियो ।
पछिल्लो ०७५ पुस १५ देखि ०७६ असार १५ गतेसम्मको ६ महिनामा ४२ वटा घटना रहेको इन्सेक जिल्ला प्रतिनिधि भरत खड्काले बताए । इन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० मा समेटिने घटनाहरुको पूर्व समीक्षा कार्यक्रम गर्दै संकलित तथ्यांकलाई थप विश्वसनियता कायम राख्न कार्यक्रम आयोजना गरिएको खड्काले बताए ।
घटनामध्ये यस गैरन्यायिक हत्या ४, बालिका बलात्कार तथा प्रयास १२ वटा, महिला बलात्कार तथा प्रयास १...








