Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

कटारी नगरपालिकाले पु¥यो थुपारेका फोहोर

कटारी नगरपालिकाले पु¥यो थुपारेका फोहोर

समाचार
कटारी असार १९ गते ।  उदयपुरको कटारी नगरपालिकाले डम्पिङ साईडको फोहोर व्यवस्थापन गर्न थालेको छ । गाउँ छेउमा डम्पिङ बनाए थुपारीएका फोहोरको दुर्गन्धले गाउँनै दुर्गन्धित बन्नेपछी पालिकाले व्यवस्थापनको काम थालेको हो । कटारी नजिकै बजारको फोहोर १ किलोमिटरको दुरीमा रहेको कटारी नगरपालिका – ३ राजावासमा थुपार्दा फोहरको दुर्गन्धले स्थानीयहरू आजित भएका थिए । फोहोर संकलन केन्द्रमा नगरपालिकाको जेसिबी लगाएर फोहोर पुर्ने काम भईरहेको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । बजार र गाउँ नजिकै रहेको फोहोर फाल्ने डम्पिङ्ग साईटलाई निकट भविष्यमा अन्यत्र सारेर व्यवस्थित गरिने उनले बताए । कटारी बजारबाट निस्किने फोहोर डम्पिङ्ग साइट गाउँ नजिकै भएपछि गाउँमा दुर्गन्ध फैलिने गरेको स्थानीयको गुनासो आएको थियो । डम्पिङ्ग साइट अन्यत्र सार्न पटक पटक नगरपालिकामा कुरा राख्यौँ तर सुनुवाइ नभएपछि निवेदन पनि दिइयो तर...
विषदी युक्त तरकारीको चेक जाँचमा भारतको आपत्ति

विषदी युक्त तरकारीको चेक जाँचमा भारतको आपत्ति

आर्थिक, समाचार
असार १९ गते ।  नेपाल सरकारले विषदीयुक्त तकारी र फलफुल रोक्नलाई चालेको कदम प्रति भारतले आपत्ति जनाएको छ । छिमेकी देशहरुबाट आयात हुने विषादीयुक्त तरकारी र फलफूल रोक्नका लागि सीमा नाकामा चेक जाँच कडाइ गरेपछि भारतले आपत्ति जनाएको हो । सरकारले ल्याएको विषादीयुक्त तरकारी र फलफूल जाँच्न गर्ने नयाँ व्यवस्था हटाउन भारतले दबाब दिएको विभिन्न सचार माध्यमबाट समाचार बाहिर आएको छ । भारत लगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएकाले सिमा नाकामा जाँच गर्न थालेपछि काठमाडौं स्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो । मन्त्रालयमा पठाएका दूतावासको पत्रमा भारतबाट निर्वाध रूपमा नेपालमा खाद्य लगायतका सामग्री भित्रिन पाउनु पर्नेमा चेक जाँच प्रति आपत्ति जनाइएको छ । दुताबासको केहि अधिकारीहरुले मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटे...
फरार प्रतिबादी पक्राउ

फरार प्रतिबादी पक्राउ

समाचार
उदयपुर, असार १८ गते ।  जिल्ला अदालत उदयपुरबाट जबरजस्ति करणी गरेको आरोपमा दुई वर्ष ११ महिना २१ दिन कैद फैला भएका फरार प्रतिबादी पक्राउ परेको छ । फरार प्रतिबादी त्रियुगा नगरपालिका – १० बोक्से निबासी २७ वर्षीय महेश शाहीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई अदालतमा हाजिर गराएर कारागार चलना गरेको प्रहरीले जनाएको छ ।...
स्थानीय तहमा ४ लाख ४० हजारको आवेदन

स्थानीय तहमा ४ लाख ४० हजारको आवेदन

समाचार
असार १८ गते । लोकसेवा आयोगले स्थानीय तहको लागी खुलाईएका विज्ञापनमा चार लाख ४० हजार एक सय ६३ जनाले आवेदन दिएका छन् । स्थानिय तहमा रिक्त रहेका कर्मचारी पद पुर्ती गर्नका लागि जेठ १५ गते लोकसेवाले विभिन्न पदमा विज्ञापन खोलेको थियो । पाँच सय १५ वटा स्थानीय तहमा रक्त रहेका कर्मचारी पद पूर्तीका लागि विभिन्न पदमा लोकसेवाले करिब ९ हजारको संख्यामा विज्ञापन खुलाएको थियो । अत्याधिक मात्रामा समावेशी कोटामा आवेदन परेको लोकसेवा कार्यालयले जनाएको छ । जस मध्ये महिला तर्फ दुई लाख ९४ हजार पाँच सय ८० जना, आदीवासी जनजाती तर्फ एक लाख ३६ हजार एक सय ५३ जना, मधेशी तर्फ एक लाख दुई जार दुई सय ३६ जना, दलित तर्फ २१ हजार दुई सय २८ जनाले समावेशी कोटामा आवेदन दिएको लोकसेवा कार्यालयले जनाएको छ । लोक सेवा आयोगले खुलाएको विज्ञापनको आवेदन दर्ता गर्ने समयअवधि मंगलबारबाट सकिएको हो ।...
आयोगको पहिलो महिला प्रमुख

आयोगको पहिलो महिला प्रमुख

संसार
पहिलो पटक युरोपेली आयोगका प्रमुखमा एक जना महिलालाई प्रस्ताव गरिएको छ । युरोपेली संघ ईयूका नेताहरूल प्रमुख छान्ने क्रममा एक जना महिलालाई प्रस्ताव गरेको हो । जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको छ भने युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको हो । निमै लामो दिनका वार्ताले उक्त व्यक्तिहरुको नाम घोषणा गरिएको थियो । उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए ।  ...
चारतल्लाबाट खसेर मेरुदण्ड भाँचिएको प्रदिपलाई उपचार खर्चको चरम अभाव

चारतल्लाबाट खसेर मेरुदण्ड भाँचिएको प्रदिपलाई उपचार खर्चको चरम अभाव

समाचार
भोटराज राई/उदयपुर, असार १७ ।  गरिबीको कारण मजदुरी गर्न काठमाडौं पुगेका थिए प्रदिप रोका । तर, त्यहाँ पैसा कमाउनुको साटो चारतल्लाबाट खसेर ढाडको मेरुदण्ड भाँचियो । यो घटना भएको ११ वर्ष वित्यो तर, पिडा अझैपनि ज्यूका त्यूँ छ उनको जीवनमा । उनले पिडादायी र कष्टपूर्ण जीवन बाँचिरहेका छन् । उदयपुरको रौतामाइ गाउँपालिका–४ मालबासेका २९ वर्षीय प्रदिप अहिले जोरपाटी (काठमाडौं)को अर्थपेटिक हस्पिटलमा भर्ना भएका छन् । तर, उपचार खर्चको अभावले उनी भौतारिरहेको उनका भान्जा उमेश बर्मशाखाले बताए । भान्जा उमेशका अनुसार गरिबीका कारण उपचारखर्च जुटाउन नसक्दा राम्रो उपचार गराउन सकेका छैनन् । दिनानुदिन उनलाई व्यथाले च्याप्दै गएको छ । पिडासहदै घरमै बस्दै आएका प्रदिप ब्याथाले पछिल्लो समय बढि नै च्यापेपछि अस्पतालमा गएका हुन् । प्रदिपको भिडियो कथा : https://www.youtube.com/watch?v=_7_5YzMTpgM विवाह गरेको तीन महि...

श्रीमतीको सम्झनामा एल्बम सार्वजानिक

मनोरञ्जन
गायक तथा संगितकार राज खम्वुले श्रीमतीको स्मृति दिवसको अवसरमा अमेरिकामा एल्वम सार्वजानिक गरेको छ । गत बर्ष निधन भएकी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसको अवसर पारेर एिल्बम सार्वजानिक गरेको हो । बिभिन्न बिधामा आधारित ६ ओटा गित एल्बममा समावेश गरिएको छ । आधुनिक, लोक, मारुनी जस्ता गितहरुलाई एल्वममा समेटिएको गायक तथा संगितकार राज खम्वुले बताए । एक औपचारिक कार्यक्रम गरी बरिष्ट गायक प्रताप सुब्बा, रविन शर्मा, बरिष्ट. गायिका सपना श्री, बरिष्ट साराङगी बादक श्याम नेपाली लगाएतले एक मुष्टमा एल्बमको सार्वजानिक गरेको हो । सार्वजानिक कार्यक्रममा कवि, रचनाकार, सँगित प्रेमी साहित्य प्रेमी लगाएतको बाक्लो उपस्थिति रहेका थिए ।    ...
प्लाष्टिकको वैकल्पिक झोला बारे अन्तरक्रिया कार्याक्रम

प्लाष्टिकको वैकल्पिक झोला बारे अन्तरक्रिया कार्याक्रम

समाचार
उदयपुर, असार १७ गते ।  प्लाष्टिकका झोलाको विकल्पको रुपमा वैकाल्पिक झोला प्रयोगलाई प्रर्वद्धन तथा प्रदुषण नियन्ण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । हाम्रो सहयात्रा मञ्च ईनरुवा सुनसरीको आयोजना र १ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा मंगलबार एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । “नेपाल स्वच्छ वातावरण महाअभियान – २०७५” भन्ने मुल नाराको साथ १ न.प्रदेशको तीन वटा जिल्लामा प्लाष्टिक झोला फोहोर मैला नियन्त्रण र प्लाष्टिक झोलाको साटो वैकल्पिक झोलाको प्रयोगलाई प्रवद्र्धन तथा प्रदुषण नियन्त्र सम्बन्धि कार्यक्रम संचालन गरेको आयोजक हाम्रो सहयात्रा मञ्च ईनरुवा सुनसरीका अध्यक्ष विनिता दाहालले बताईन् । प्लाष्टिक जन्य वस्तुले खोला, नाला, सडक, वन, जंगल, सार्वाजनिक स्थलहरु प्रदुषीत बनाएकाले यसले प्राकृतिक प्रकोप समेत निम्त्याउने भएकाले यसको न्युनिकर...
अपराधीको अनुहारबाटै सहि गलत छुट्याउने यन्त्र

अपराधीको अनुहारबाटै सहि गलत छुट्याउने यन्त्र

समाचार, संसार
असार १७ गते । सामान्य सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुले साचो बोल्छन् वा बोल्दैन अनुहार हेरेर नै पत्ता लगाउने भएको छ । बेलायतका एक स्टार्टअप फेससफ्टले आर्टिफिसियल इन्टेलीजेन्स सिस्टमबाट अनुहार हेरेर अपराधीले सहि बोलेको या गलत पत्ता लगाउने भएको हो । यस सिस्टममा सफट्वयरले अपराधीको अनुहार स्क्यान गरेर बोलेको कुरालाई सहि या झुटो पत्ता लगाउने छ । यसको ट्रायल बेलायत र भारतको मुम्बई प्रहरीले परिक्षण गर्ने भएको छ । एआई सिस्टममा ३० करोड भन्दा बढि अनुहारका भाव समेटिने भएको छ । मान्छेको मष्तिकमा खेलि रहेका कुराहरुलाई अनुहारमा प्रस्ट देख्न सकिन्छ । मनोवैज्ञानिकहरुले पहिलो पटक सन् १९६० मा यस्ता तथ्य पत्ता लगाएका थिए । वैज्ञानीकहरुले आत्महत्या गर्ने प्रयास गरेको केही व्यक्तिमा परीक्षण गरेको थियो । सिस्टमले कुनै मानिस अपराधीको अनुहारमा देखिने स्वभावलाई रेकर्ड गर्ने भएको छ ।...
गाईघाटमा मुख्य मन्त्रि प्रदेश लिग सुरु

गाईघाटमा मुख्य मन्त्रि प्रदेश लिग सुरु

खेलकुद
  गाईघाट/असार १६ १ नं प्रदेश स्तरीय मुख्य मन्त्रि लिग गाईघाटमा आज बाट सुरु भएको छ । थारुहट रंगशालाको खेल मैदान स्थित १ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्कीले खेलको उद्घाटन गरेको हो । आज पहिलो र दोस्रो खेल गरी ४ टिमले खेलेको छ । । पहिलो चरणको खेलमा खोटाङ र मोरङले खेलेका थिए । भने दोस्रो चरणमा उदयपुर र सोलुखुम्वुले खेलेका थिए । मोरङ र खोटाङले १/१ अंक बाँड्दै बराबरी अंक प्राप्त गरेको छ । मोरङको तर्फ बाट १ गोलले टिमलाई अग्रता दिरहदा खेलको अन्तिम समयमा खोटाङको तर्फ बाट पनि १ गोल गर्दै अंक बराबरी बनाएका थिए । दोस्रो चरणको खेलमा भने उदयपुरले ३ अंक प्राप्त गरेका छन् भने सोलुखुम्बुको शुन्य अंक रहेको छ । उदयपुरको तर्फबाट ५ गोलले टिमलाई अग्रता दिदै सोलुखुम्वुलाई शुन्य वनाएको थियो । पछि सोलोखुम्वुको तर्फ बाट १ गोल फर्काउदै १ गोल घटाएका थिए । भोलीको खेल ओखलढुङग...