निजगढ–भरतपुर रेलमार्गको डीपीआरमा ढिलाई
भदौ ४ गते ।
पूर्व–पश्चिम रेलमार्ग अन्तरगत मध्य खण्डको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) अझै बनेको छैन । विद्युतिय रेलमार्गका निजगढ–हेटौडा–भरतुर खण्डको डिपिआरका लागि अझै कम्पनी समेत छनोट नभएको छैन ।
यस खण्डको दुरी करिब १ सय ३६ किलोमिटर रहनेछ । पथलैयाबाट हैटौंडा हुँदै नवलपरासीको चोरमारामा जोडिने रेलमार्गको सम्भाव्यता अध्ययन ०७४ सालमै सकिएको थियो । त्यसपछि डीपीआरका लागि कम्पनी छनोटको प्रक्रिया अघि बढे पनि अझै टुंगो लाग्न नसकेको हो ।
विभागले २०७५ असोज १६ गते कम्पनी छनोट गर्न टेन्डर आह्वान गरेको थियो । टेन्डर आह्वानपछि ६ वटा कम्पनी सर्ट लिस्टमा परेको विभागले जनाएको छ । उक्त कम्पनीहरुको प्राविधिक प्रस्ताव मूल्यांकनमा विभागले ढिलाइ गरेपछि डीपीआरमा ढिलाई भएको हो । उक्त रेलमार्ग बाहेक अरु रेलमार्गका खण्डहरुको डीपीआर बनिसकेको छ । चाडै कम्पनी छनोट गरेर काम जिम्मा लगाउने विभागले जनाएको छ ।...









