थारु पत्रकार जिल्ला अध्यक्षमा सुखिला
उदयपुर, भदौ १४ गते ।
थारु पत्रकार संघ नेपाल जिल्ला शाखा उदयपुरको नयाँ नेतृत्वमा सुखिलाल चौधरी चयन भएको छ । थारु पत्रकार प्रथम जिल्ला अधिवेशनबाट सुखिलालकोे नेतृत्वमा शनिबार ११ सदसीय कार्यसमिति चयन गरेको हो ।
आदिबासी जनजाती थारु पत्रकार संघ नेपालको राष्ट्रिय अधिवेशन आउनु अगावै जिल्ला अधिवेशन भएको हो । प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सुखिला चौधरी सर्वसहमत चयन भएको हो । त्यस्तै उपाध्यक्ष दिपु चौधरी, सचिव दुर्गानन्द चौधरी (डिएन) चयन भएको संघले जनाएको छ । त्यसैगरी सदस्यहरु रेनुका चौधरी, सर्वन चौधरी, भाष्कर चौधरी, ममता चौधरी, मेनुका चौधरी, कविता चौधरी, विना चौधरी र दुर्गानन्द चौधरी रहेको छ । त्यस्तै सल्लाहकारहरुमा रविन्द्रकुमार चौधरी, विष्णुदेव चौधरी र शिवकान्त चौधरी रहेको जनाएको छ ।
थारु पुरानो जाती र नेपालको जनसंख्याको आधारमा मुख्य जाती भित्र रहेको भएपनि पत्रकारीता क्षेत्रमा एकदम...









