Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

मिलना राईको ‘मिलन’ सार्वजनिक

मिलना राईको ‘मिलन’ सार्वजनिक

मनोरञ्जन, समाचार
देबराज राई उदयपुर, साउन १७ गते ।  नव गायीका मिलना राइको पहिलो एल्बम ‘मिलन’ सार्वजनिक भएको छ । झन्डै आधादर्जन गीत समावेश रहेको एल्वममा संग्रहित गीत र म्यूजिक भिडियो एकता म्यूजिक प्रालि नामक कम्पनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । एल्बममा धराने मायाले बालका गीतका लागि उदिम राईले सब्द र संगीत दिएका छन् । त्यसै त्यसै आँखा जुध्यो बोलको गीतमा भीम कुलुङले शब्द र संगीत भरेका छन् । त्यस्तै परदेशीले बोलको गीतमा चन्द्रकुमार हतुवालीको शब्द, उदिम राईको संगीत रहेको छ । त्यस्तै सार्वजनिक भएको एल्बमकै पहाडकी छोरी हुँ म बोलको गीतमा भीम कुलुङको शब्द र उदिम राईको संगीत रहेको छ । चाहीएको छ धर्तीमा बोलको गीतमा शब्द सुनिल पुरीको समावेश छ । यो शीर्ष गीतको म्यूजिक भिडियो पनि निर्माण भइसकेको छ । त्यस्तै मायाको चिनो फूलबुटे रुमाल बोलको गीतको पनि म्यूजिक भिडियो यसअघिनै युट्युबमा स...
तीन महिने सिलाई कटाई तालिम सम्पन्न

तीन महिने सिलाई कटाई तालिम सम्पन्न

समाचार
जयराम पुर्वछाने मगर बेलका, साउन १७ गते । उदयपुरको बेलकामा तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । बेलका नगरपालिकामा संचालन भएको तालिममा ४० जना महिलाले तालिम लिएको हो । नेपाल सरकार वाणिज्य तथा आपुर्ति मन्त्रालय ग्रामीण उद्योग तथा विप्रेषणको आयोजना र अन्र्तराष्ट्रिय कोष आइफ्याडको वित्तिय र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम संचालन भएको थियो । तालिम पश्चात सिलाई कटाई व्यावसायीक रुपमा विकास गर्न सकिने नगर प्रमुख दुर्गाकुमार थापाले बताए । थप तालिमको आवश्यकता परेको खण्डमा नगरले तालिम प्रदान गर्ने र तालिममा लिएका ज्ञानको सदुपयोग गर्दै स्वरोगार बन्नका लागि थप तालिम लिएर व्यवसायी बन्न सकिने उनले बताए । ४० जनाले लिएको तालिम दैनिक ६ घण्टा सञ्चालन भएको थियो । तालिममा ठाका लगाउने, डाफ्ट बनाउने, मेसिन चलाउन, नापजाँच गर्न, कपडा कटिङ गर्न , फिनिसिङ गर्न लगायतका कामहरु सिकाईएको थि...

राई मृत अवस्थामा फेला

समाचार
खोटाङ, साउन १७ गते । खोटाङको घोरिंखामा खड्गबहादुर राई मृत अवस्थामा फेला परेको छ । बराह पोखरी गाउँपालिका – ४ निबासी ६० वर्षीय राई घोरिंखामा मृत अवस्थामा फेला परेको हो । विहिबार बजार एरियामा गएको राई राती अवेरसम्म घर नआएपटि आफन्तले खोजतलास गर्ने क्रममा शुक्रबार विहान करिब विहानको ८ बजे घोरिंखाको एक खेतमा घोप्टो परेको अवस्थमा राईलाई मृृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पउनासाथ प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

समाचार
सुनसरी, साउन १७ गते । सनुसरीको ईनरुवामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । ईनरुवा नगपालिका – ७ बर्छवा निबासी १३ वर्षीय अर्पण खवास पोखरीमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दिउँसो करिब १ बजे डुबेर बेहोस भएका खवासलाई जिल्ला अस्पताल ईनरुवा ल्याएपनि चिकित्सकले मृत्यु भईसकेको जानकार गराएपछि अफन्तले प्रहरीलाई जानकारी गराएको थियो । घटनाको जानकारी पाएपछि प्रहरी टोली गएर कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।...
१३ वर्षपछि निकम्मामा शिल्पा

१३ वर्षपछि निकम्मामा शिल्पा

मनोरञ्जन, समाचार
१३ वर्षपछि चलचित्र निकम्मामा बलिउडका सुन्दरी नायीका शिल्पा सेट्टीले काम गर्ने भएकी छिन् । सब्बिर खानको निदेशनमा बन्दै गरेको निकम्मा चलचित्रमा नायिका शिल्पाले काम गर्ने पक्का भएको हो । निकम्मा चलचित्र एक्सन र प्रेम कथा समेटिएको  भनिएको छ । यस चलचित्रमा नयाँ जोडीहरु अभिमन्यू देसानी र सिर्ले सेतियाले काम गर्दैछन् भने केही दिन अगाडि मात्र यस चलचित्र र मुख्य कलाकारको घोषणा गरिएको थियो । यो चलचित्रमा अहिलेसम्म नगरेको भूमिका पाएकाले काम गर्न लागेको नायिका शिल्पाले बताईन् । नायिका शिल्पाले यस्तो खालको भूमिकाका लागि चुनौती मोल्न आफू तयार रहेको बताउँदै काम गर्न लागेको खुलाएकी छिन् । संचारमाध्यमसँग शिल्पाले म मेरा दर्शकका लागि नयाँ खालको भूमिका दिन आतुर छु । यो मेरा लागि आफैमा चुनौतीपूर्ण नै छ ।...
एसपी गार्धन राई उदयपुरमा

एसपी गार्धन राई उदयपुरमा

समाचार
  गाईघाट/साउन, १७ सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गार्धन राई उदयपुरमा आगमन हुनुभएको छ । नवलपरासीको सिमा सुरक्षामा महत्वपूर्ण योगदान र नेतृत्व गरेर चर्चामा चुलीएको राई उदयपुरमा सरुवा भएर आउनु भएको हो ।   सशस्त्र प्रहरीको क्षेत्रबाट नेपाल र भारत बिचको सिमा सुरुक्षामा राईको महत्वपूर्ण योगदान रहेका थिए । राई सिमा सुरक्षा बल नवलपरासी बाट सशस्त्र प्रहरी बल ५ न. हेक्वा उदयपुरमा आउनु भएको हो । नवलपरासीमा आफ्नो नेतृत्व र सशस्त्रको टिमले गरेको नेपाल सिमा सुरक्षाको योदानलाई सम्पूर्णले राम्रो कामको ब्याख्याको कारण आफुमा ठुलो साहस बढेको उहाँले बताउनु भयो । देश विदेशमा रहेका धरै नेपालीले आफ्नो र पुरा टिमको सकरात्मक ब्याख्या गर्दा निकै उत्साही भएका राई उदयपुरमा पनि यस्तै उदाहरण कामको अपेक्षा गर्न सबैमा अनुरोध गर्नु भएको छ । उद्योग वानिज्य संघको स्वागत कार्यक्रममा उपस्थित...
ईनिस्पेक्टर सिंहलाई विदाई

ईनिस्पेक्टर सिंहलाई विदाई

समाचार
जयराम पूर्वछाने मगर बेलका, साउन १७ गते । उदयपुरको रामपुर ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक (ईनिस्पेक्टर) नवीन कुमार सिंहको सरुवा भएपछि बिदाइ गरिएको छ । बेलका नगरपालिका – ९ मा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत ईनिस्पेक्टर सिंहलाई शुक्रबार विदाई गरिएको हो । नगर प्रमुख दुर्गाकुमार थापा (स्वस्तिक)ले चुनौतिका सामु पनि उत्कृष्ट कार्य सम्पादन गरेकोमा निरिक्षक सिंहलाई धन्यवाद व्यक्त गरे । ईनिस्पेक्टर सिंहको कार्यकालमा राम्रो काम गरेको प्रसंशा गर्दै सर्बसाधरण जनता पनि बिना  बर्दिका प्रहरी नै भएकाले शान्तिपूर्ण वातावरण निर्माण गर्न सवैको जिम्मेवारी उतिकै हुने नगर प्रमुख थापाले बताए । ईनिस्पेक्टर सिंहले आफ्नो कार्यकालमा नगरबासिले प्रहरीको कर्तव्य र कार्यमा सघाउ पुर्यालएकोमा धन्यवाद ब्यक्त गरे । बेलकामा सवै पक्षको राम्रो साथ सहयोग पाएको उनले बताए । ईलाका प्रहरी कार्याल...
छुट्टै नृत्य बिभागको माग गर्दै हस्ताक्षर संकलन अभियान

छुट्टै नृत्य बिभागको माग गर्दै हस्ताक्षर संकलन अभियान

समाचार
  गाईघाट/ साउन, १७ १ नं प्रदेशभरि रहेका नृत्य कलकार तथा संगठनहरुले नृत्य बिभाग पनि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेको छ । शुक्रबार उदयपुर आईपुगेका टोलीले पत्रकार संम्मेलन तथा अन्र्तक्रिया कार्यक्रम गर्दै उदयपुरमा हस्ताक्षर संकलन कार्यक्रम राखेका थिए । १ नं प्रदेशभरी रहेका १४ ओटै जिल्लामा सकारलाई दबाब स्वरुप हस्ताक्षर संकलन भईरहेको अभियानका प्रबक्ता शंकर विश्वकमाले बताए । थोरैमा पनि १४ हजार हस्ताक्षर संकलनगरी प्रदेश सरकारलाई बुझाउने अभियानको उदेश्य रहेको छ । उदयपुरको नृत्यकला ताल डान्सहाउसका प्रोपाईटर मिथुन ठाकुरले टोलीलाई स्वगत तथा कार्यक्रमका लागि सहजिकरण गरेका थिए । कला संस्कृतिको जगेर्ना गर्न सरकारले उति चासो नदेखाएको र सम्बन्धित कलकारहरुले मात्र यसको संरक्षण गर्न निकै कष्ठ परिरहेको भन्दै वर्तमान समयमा कला संस्कृतिको जगेर्ना गर्न सरकारले समेत ध्यान पुर...
वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

समाचार
चितवन, साउन १७ गते । चितवनको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । कालिका नगरपालिका – ३ को वडा कार्यालयमा विहान करिब ३ बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । अज्ञात समूहको आगजनीबाट कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरल गायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको प्रहरील जनाएको छ । कार्यालयको झ्याल फोडेर प्रज्वलनशिल वस्तुको प्रयोग गरेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा करिब साढे ३ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...
सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण

सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण

समाचार, संसार
साउन १७ गते ।  यमनको एक सैनिक क्याम्पमा परेडमा रहेको सैनिकमाथि विद्रोही समुह हुथी समुदायबाट आक्रमण भएको छ । सैनिक परेडमाथि भएको क्षेप्यास्त्र आक्रमणमा करिब ३२ जना सैनिकको मृत्यु भएको हो । दक्षिण तटिय सहर एडनमा भईरहेको सैनिक परेड माथि क्षेप्यास्त्र र अर्को सशस्त्र ड्रोनको निशाना बनाएको विद्रोही समूहले संचालन गरेको टेलिभिजन च्यानलले जनाएको छ । निकै पहिले पनि उक्त शहरको एक प्रहरी कार्यालयमा आत्मघाघी बम हमलामा १० जना प्रहरीको ज्यान गएको थियो । यस दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे प्रस्ट नभएको जनाईएको छ । उत्तरी एक हुथी विद्रोहीहरूको पकड यरिया क्षेत्रमा आक्रमण गर्न सरकारले परिचालन गरेको फौजको एक भाग रहेको दावी गरेको छ । तर सरकारले नयाँ भर्ना भएका सैनिकहरूको तालिम सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रम भएको जनाएको छ । उक्त आक्रमणमा एकजना वरिष्ठ सैनिक कमाण्डर मारि...