Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

बन्दुक हमलामा २० जनाको मृत्यु

बन्दुक हमलामा २० जनाको मृत्यु

समाचार, संसार
अमेरिकाको एक राज्यमा भएको बन्दुक हमलामा परि करिब २० जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् । टेक्सस राज्यको एल पासो सहरमा भएको बन्दुक हमलामा करिब २० जनाको मृत्यु र २६ जना घाईते भएका हुन् । अमेरिका र मेक्सिकोका सिमाना छेउमा रहेको वालमार्ट स्टोरमा घटना घटेको थियो । घटनामा संलग्न एक जना २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरको छ । घटनामा परेका पिडितहरुको नाम खुलाईएको छैन । उक्त घटनामा मेक्सिकोका तीन जना नागरीकको मृत्यु र ६ जना घाईते भएको मेक्सिकोका राष्ट्रपतिले संचारमाध्यहरुलाई बताएका छन् । संदिग्ध व्यक्ति ड्यालस सहरका बासिन्दा रहेको र उनको नाम प्याट्रिक क्रुसिअस रहेको संचारमाध्यमहरुले जनाएको छ । यो घटना अमेरिकाको आठौँ घातक बन्दुक आक्रमण हो भने उक्त घटनलाई अमेरिकाको पछिल्लो कालखण्डको जनाएको छ ।...
कपडा तथा सिलाई व्यवसायी संघको कार्यलय उद्घाटन

कपडा तथा सिलाई व्यवसायी संघको कार्यलय उद्घाटन

आर्थिक, समाचार
गाईघाट/असार, १८ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको कार्यालय शनिवार गाईघाटमा उद्घाटन गरिएको छ । देशभर ५६ ओटा भन्दा बढी जिल्लाहरुमा स्थापना भईसकेका संघहरु मध्ये उदयपुरमा पनि ०७२ सालमा स्थापना भएको थियो । गाईघाटको जगत भवनमा रहेको कार्यालयलाई संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले रिबन काटेर उद्घाटन गरे । जिल्लामा रहेका व्यवसायीहरुलाई संगठित, व्यवस्थित र रोजगारको सिर्जना गर्दै आत्मानिर्भरका साथ पेशाको व्यवसायीकरणका निम्ति संघ स्थापना भएको   उदयपुर शाखा अध्यक्ष ज्ञानु प्रधानले बताईन् । प्रधानले सम्पुर्ण व्यवसायीहरुलाई एकजुट गरी  व्यवसायीकरण तथा व्यवसायलाई सफल र सरल बनाउदै व्यवसायीहरुका हकअधिकारमासमेत भुमिका खेल्न संस्था स्थापना भएको बताईन् । ११ जनाको कार्यसमिति रहेको संस्थाले २ सय जना भन्दा बढी संगठित गराईसकेको छ । संस्थाले तालिम पनि प्रदान गर्दै आईरहेको छ ।  आगा...
बुढीगण्डकीको ढाँचा नबन्दै ३६ अर्ब चैट

बुढीगण्डकीको ढाँचा नबन्दै ३६ अर्ब चैट

आर्थिक, समाचार
साउन १८ गते ।  बुढीगण्डकी जलविद्युत आयोजनाको कुन ढाँचामा काम अगाडी बढाउने भन्ने विषयमा निर्णय नभई नै ३६ अर्व २० करोड ३८ लाख खर्च भैसकेको छ । तत्कालीन प्रधानमन्त्रि डा.बाबुराम भट्टराईले आयोजना शुरु गर्नको लागि विकास समिति गठन गरेपछि अहिलेसम्म खर्च भएको हो । आयोजनाको काम स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी भन्ने विषयमा निकै विवाद भएको थियो । तर पछिआएर चिनियाँ कम्पनीसँग आवश्यक परामर्शका लागि मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मा दिएपछि चिनियाँ कम्पनी गेजुवासँग तीन पटक छलफल गरेपनि निष्कर्ष निस्केको छैन । आयोजना प्रभावित क्षेत्रका बस्तिमा सरकारले निर्धारण गरेको मुआब्जा वितरण भईरहेको छ । आर्थिक वर्ष २०७५/७६ सम्ममा २६ अर्ब ५० करोड ३१ लाख २८ हजार ३ सय ३० रुयैया मुआब्जा वितरण भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आयोजनालाई सरकारले राष्ट्रिय गौ...
न्यायाधिश र सुरक्षा प्रमुखलाई  स्वागत

न्यायाधिश र सुरक्षा प्रमुखलाई स्वागत

समाचार
उदयपुर, साउन १८ गते ।  सेवाको क्रममा उदयपुरमा आएका एक न्याधिश र तीन सुरक्षा प्रमुखहरुलाई व्याडमिन्टन खेलाडी समूहले शनिबार विहान स्वागत गरेका छन् । जिल्ला अदालत उदयपुरमा सरुवा भई आएका न्याधिश दिपक खनाल, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगर, सशस्त्र प्रहरी बल ५ नं गण उदयपुरका सशस्त्र प्रहरी उपरिक्षक गार्धन राई र जिल्ला अनुसन्धान कार्यालय उदयपुरका प्रमुख नागेन्द्र दाहाललाई स्वागत गरेका हुन् । बोक्से स्थित कवडहलमा व्याडमिन्टन खेलाडीहरुले फुलमाला र अविर लगाई स्वागत गरेका  थिए । त्यसैगरी एक सशस्त्र प्रहरी बल ५ न. गण उदयपुरका अधिकृतलाई विदाई गरिएको थियो । सशस्त्र प्रहरी नायव निरिक्षक साजन खड्कालाई विदाई गरिएको हो । उनलाई मायाको चिनो स्वरुप व्याडमिन्टन भेष्ट प्रदान  गरिएको थियो ।...
भारतीय बालकको खोलामा डुबेर मृत्यु

भारतीय बालकको खोलामा डुबेर मृत्यु

समाचार
झापा, साउन १८ गते ।  झापाको गौरीगंज मामा घर बस्दै आएका भारतीय एक बालक खोलामा डुबेर मृत्यु भएको छ । गौरीगंज गाउँपालिका – ६ तिन टोलीया मामाघर बस्दै आएका भारतको फुबारीया निबासी ६ वर्षीय आकाश महतो खोलामा डुबेर मृत्यु भएको हो । महतो स्थानिय गेउरीया खोलामा डुबीरहेका अवस्थामा स्थानियबासीले देखेपछि तत्काल उद्दार गरी उपचारको लागि अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
पोखरीमा डुबेर एक बालकको मृत्यु

पोखरीमा डुबेर एक बालकको मृत्यु

समाचार
सुनसरी, साउन १८ गते । सुनसरीको ईनरुवामा पोखरीमा पौडि खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । ईनरुवा नगरपालिका – ७ बर्छवा निबासी अजित खवासको छोरा १३ वर्षीय अर्पण खवासको पोखरीमा डुबेर मृत्यु भएको हो । दिउँसो करिब १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर घाईते भएको खवासको उपचारको अस्पताल पु¥याउदा चिकित्सकले मृत्यु भईसकेको जनाएको प्रहरीले जनाएको छ ।...
बसले किचेर मृत्यु

बसले किचेर मृत्यु

समाचार
सुनसरी, साउन १८ गते ।  कोशी राजमार्ग अन्र्तगत सुनसरीको पानिपियामा बुलेरोको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ । ईटहरी उप–महानरपालिका – २० पानिपिया स्थित कोशी राजमार्गमा पर्ने जंगलमा  बुलेरोले मोटरसाईकललाई ठक्कर दिदा चालकको मृत्यु भएको हो । धरानबाट ईटहरी तर्फ जादै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट जादै गरको ना २ च ६६८९ नम्बरको बुलेरोले ठक्कर दिएको थियो । बुलेरोको ठक्करबाट लडेको मोटराईकल चालकलाई ईटहरीबाट धरान तर्फ जादै गरेको मे १ ख २०४५ नम्बरको बसले किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक धरान – ८ निबासी अन्दाजी २३ वर्षीय संजु गुरुङ रहेको प्रहरीले जनाएको छ । बुलेरो र चालक, बस र चालक नियन्त्रणमा लिएको थियो । शव  पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

समाचार
उदयपुर, साउन १८ गते ।  बालिका बलात्कार गरी फरार रहेका अभियुक्त संजय राउत पक्राउ परेको छ । गत असारमा  १४ वर्षीय बालिका बलात्कार गरी फरार रहेको राउतलाई शनिबार पक्राउ गरेको हो । त्रियुगा नगरपालिका – ८ निबासी २० वर्षीय राउतले गत असार ४ गते बालिका बलात्कार गरी फरार रहेको प्रहरी जनाएको छ । बिशेष सूचनाको आधारमा त्रिनपा – ११ संगमटोलबाट पक्राउ गरी अभियुक्त राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
बलत्कार गरेका अरोपमा फरार अभियुक्त पक्राउ

बलत्कार गरेका अरोपमा फरार अभियुक्त पक्राउ

समाचार
उदयपुर, साउन १८ गते ।  त्रियुगाको एक बालिकाकालाई जबरजस्ति बलत्कार गरेर फरार रहेको अभियुक्त पक्राउ परेको छ । त्रियुगा नगपालिका – १५ को १२ वर्षी बालिकालाई गत असारमा जबरजस्ति बलत्कार गरेका फरार रहेको कृष्ण बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । गत असार ५ गते बालिकालाई बलत्कार गरी फरार रहेको त्रिनपा – १५ बेतेनी निबासी ५१ वर्षीय मगरलाई प्रहरीले लुकिछिपी बसेको विशेष सुचनाको आधारमा पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेको मगरलाई जिल्ला प्रहरी कर्यालय ल्याई अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
फुर्सद समय सदुपयोग गर्न कुसन

फुर्सद समय सदुपयोग गर्न कुसन

समाचार
उदयपुर, साउन १८ गते । फुर्सदको समयलाई सदुपयोग गर्नेका लागि उदयपुरमा सिलाई व्यावसायीहरु कुसन तालिम संचालन गरेको छ । कपडाको मात्रै व्यावसाय गर्दा कुने दिन खालि बस्नु पर्ने बाध्यतालाई समाधान गर्ने उद्देश्येले ७ दिने कुसन तालिम संचालन गरेको हो । नेपाल कपडा तथा सिलाई व्यावसायी उदयपुरको आयोजनामा बुधबारदेखि १२ जनाले तालिम लिईरहेको छ । तालिममा अधिकांश सहभागिहरु सिलाई कटाई व्यावसायी नै भएको नेपाल कपडा तथा सिलाई व्यावसायी उदयपुरको अध्यक्ष ज्ञानु प्रदानले बताईन् । मानिसले लगाउने कपडा सधै नआउने भएकाले कुनै बेला हाई काढेर बस्नु पर्ने बाध्यताको समाधान गरी स्वारजगार बन्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष प्रदानले बताईन् । कपडा सिलाईले मान्छे सजिन्छ भने कुसनले घर सजाउने उनले बताईन् । तालिमले टेलरमा कपडा नहुदा खाली बस्नु पर्ने समयको सदुपयोग हुने र आम्दानीमा बृद्धि भई बेरोजगारी कम गर...