Wednesday, August 5News That Matters

Month: ७ वर्ष अगाडि

गाँजासति २ जना पक्राउ

गाँजासति २ जना पक्राउ

समाचार
उदयपुर, माघ १८ गते ।  त्रियुगा नगरपालिकाको बगाहाको जंगलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । त्रिनपा–४ बगााको जंगलमा प्रहरीले चेकजाँच गर्दा अवैध लुकाई छिपाई ल्याउँदै गरेको गाँजासहित अमिस राई र राष्ट्र राईलाई पाक्राउ गरेका हुन् । दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स ८ प ९७४४ नम्बरको मोटरसाईकलमा सवार त्रिनपा–५ निबासी २० वर्षीय राष्ट्र र २२ वर्षीय असिमलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकिङमा खटेका प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट दुई सय गा्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
ईयूबाट बेलायत निस्क्यो

ईयूबाट बेलायत निस्क्यो

समाचार, संसार
माघ १८ गते ।  युरोपेली संघ (ईयू)बाट बेलायत औपचारिक रुपमा निस्केको छ । ईयूसँगको ४७ वर्षे आवद्धता बेलायतले शनिबार बिहानदेखि तोड्दै बाहिरिएको हो । देशमा अव नयाँ विहानी आउने बेलायतका प्रधानमन्त्रि बोरिस जोन्सले भिडियो सन्देशमार्फत बताएका छन् । अव एक ढिक्का बनाएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएको छ । ईयूबाट बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ । ईयूको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने संचारमाध्यमहरुले जनाएको छ । ईयूमा रहने र नरहने डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसदमार्फत सम्झौता गर्न सफल हुनुभएको थियो । जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो । सुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो । तर ईयू र पूर्वप्...