नेपाली सेनाले गर्यो बरिष्ठ पत्रकारसहित छ जनालाई सम्मान
पूर्णपुष्टि, फागुन १७ ।
नेपाली सेनाले बरिष्ठ पत्रकार कौशल चेम्जोङ लगायत उदयपुरका छ जनालाई शुक्रबार (हिजो) सम्मान गरेको छ । उदयपुरको धार्मीक एवम् पर्यटकीय स्थल रौता पोखरीमा गरेको बृहद बृक्षरोपणको उद्घाटनसंगै उनीहरुलाई सम्मान गरेको हो ।
इतिहासमा राम्रो दक्खल राख्ने बरिष्ठ पत्रकार चेम्जोङलाई प्रधानसेनापती पूर्णचन्द्र थापाले दोसल्ला ओढाई सम्मानित गर्नुभयो । पत्रकार चेम्जोङले केही समयअघि केही नेपाली सेनाका जवानहरुलाई इतिहासबारे अध्ययन र प्रशिक्षण गराउनु भएको थियो ।
अन्य सम्मानित व्यक्तित्वहरुमा उदयपुरगढी गाउँपालिका निवासी खम्बबहादुर थापा, सागर बानिया, हर्कबहादुर विष्ट, शुक्रबहादुर राई र चन्द्रमाया विक रहेका छन् । सम्मानीत हुनु भएका थापाले उदयपुरगढीको एतिहासिक महत्वका सामानहरुको संरक्षण गर्नुभएको थियो । बानियाले बृक्षरोपणको लागि टिम्बुरको विरुवा दिनुका साथै रोप्ने ज्ञान दिनुभएको थियो । ...









