Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

दशैँ पहिला नै कक्षा १२ को परीक्षा हुने

दशैँ पहिला नै कक्षा १२ को परीक्षा हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १६ कक्षा १२ को परीक्षामा दशैँ अगावै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डले कक्षा ११ र १२ का विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जनाईएको छ । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ । कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको ...
अत्यावश्यक वस्तुको पुनः होम डेलिभरी सुरु

अत्यावश्यक वस्तुको पुनः होम डेलिभरी सुरु

समाचार
पूर्णपुष्टि, भदौ १६ आजदेखि ई–कमर्स सञ्चालकहरुले अत्यावश्यक खाद्य सामग्री घरघरमा पुर्याउने काम फेरि सुरु गर्ने भएका छन् । यहि भदौ १२ गते होम डेलिभरी गर्ने विभिन्न ई–कमर्स कम्पनीका कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सेवा बन्द भएको थियो । होम डेलिभरी सेवा फेरि सुरु गर्नको लागि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा भएको सबै सरोकारवालाको बैठकले मापदण्ड बनाउन समिति गठन गरेको थियो । समितिले मापदण्ड टुङ्गो लगाएको छैन । तर निषेधाज्ञाको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको बुँदा ६ मा अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दूध तथा दूग्धजन्यपदार्थ साथै दूग्धजन्य पदार्थ प्याकेजिङका सामग्रीहरुको व्यवसाय संचालन गर्न रोक नरहेको तर्फ ध्यानाकर्षण गराउँदै आफूहरुको व्यवसाय रोक्न नमिल्ने होम डेलिभरी तथा ई–कमर्स सञ्चालक फोरमले जनाएको छ । सरकारले...
बेलायत, फ्रान्स लगायतका केहि देशले विद्यालय खोल्ने तयारी

बेलायत, फ्रान्स लगायतका केहि देशले विद्यालय खोल्ने तयारी

समाचार, संसार
पूर्णपुष्टि, भदौ १६ बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरुले विद्यालय खुलाउने तयारी गरका छन् । गत हप्ताबाट कोरोना संक्रमणको दर केही घटेपछि सुरक्षाका उपायसहित आउँदो हप्ताबाट बालबालिकाहरुलाई विद्यालय फर्काउने तयारी सुरु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउन तथा प्रतिबन्धले लामो सयमदेखि विश्वका धेरै बालबालिका घरमै बस्न बाध्य भएका छन् । घरबाट वैकल्पिक पढाइको व्यवस्था भए पनि त्यो बालबालिकाका लागि प्रभावकारी नभएको गुनासो बढिरहेको छ । यसैबीच गत २४ घण्टामा मात्रै दुई लाख ३५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा मात्रै करिब ६९ हजारमा कोरोना संक्रमण पुष्टि भएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख १८ हजार नाघ्दा आठ लाख ५४ हजारभन्दा धेरैको मृत्यु भएको छ भने एक करोड ७९ लाख १७ हजारभन्दा धेरै निको भए...