Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ नेपालमा आज थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा थप सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार एक सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या  दुई सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।...
राष्ट्रिय जनगणना २०७८ को लागी प्रश्नावली प्रकाशन

राष्ट्रिय जनगणना २०७८ को लागी प्रश्नावली प्रकाशन

समाचार
पूर्णपुष्टि, भदौ १६ राष्ट्रिय जनगणना २०७८ को लागी प्रश्नावली राजपत्रमा प्रकाशन भएको छ । जनगणनामा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको हो । गत साउन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली गत असार ४ गते स्वीकृत गरिसकेको जनाएको छ । पहिलो प्रश्नावली सुपरिवेक्षेकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घरको सम्पूर्ण विवरण सङ्कलन गरिनेछ भने दोस्रो प्रश्नावली गणकहरुद्वारा...
अन्तर्राष्ट्रिय उडान खुल्यो

अन्तर्राष्ट्रिय उडान खुल्यो

समाचार
पूर्णपुष्टि, भदौ १६ आजदेखि नियमित अन्तराष्ट्रिय उडान खुलेको छ । यहि भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुमा शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक आठ सय यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न देशबाट चार्टर्ड उडान पनि सञ्चालन गरिने भएको छ । नेपालमा गत चैत्र ११ गतेदेखि लकडाउन शुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् । विदेशमा अलपत्र नेपाली ल्याउन तथा लकडाउनले अड्किएका नेपाल र विदेश दुबैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरु मात्र भएको थियो । त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न देशबाट कार्गो उडान पनि सञ्चालन गरिएको थियो । लकडाउनको अवधिमा दैनिक १८ वटासम्म ...
नयाँ नोटबारे कुनै निर्णय भएको छैन

नयाँ नोटबारे कुनै निर्णय भएको छैन

समाचार
पूर्णपुष्टि, भदौ १६ दशैंका लागि नयाँ नोट वितरण गर्ने वा नगर्ने कुनै निर्णय भइनसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैं आउन अझै समय बाँकी रहेकाले यो महिना कुनै पनि निर्णय नहुने राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नयाँ नोटका विषयमा अर्को महिनामात्रै निर्णय हुने जनाएको छ । बाहिर अनाधिकृत तरिकाले नयाँ नोट नबाँडिने भन्ने समाचार गलत भएको जनाएको छ । दशैं आउन अझै समय बाँकी भएकाले असोजमामात्रै केहि निर्णय हुने जनाईएको छ । राष्ट्र बैंकले दशैंका लागि भन्दै हरेक वर्ष नयाँ नोट वितरण गर्ने गरेको छ । गत वर्षदेखि भने राष्ट्र बैंकले दशैं बाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको थियो ।...
करेन्ट लागेर १ महिलाको मृत्यु

करेन्ट लागेर १ महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, भाद्र १६ सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुहबी–१२ बुगडरी मुस्लिम टोल बस्ने २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउसो सवा १२ बजे आफ्नै घरमा लुगा सुकाई रहेको अवस्थामा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारा गर्न अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
तितेपातीको तेल लिटरको ८ हजार

तितेपातीको तेल लिटरको ८ हजार

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १६ जंगलमा पाईने एक वनस्पती तितेपातीको तेल एक लिटरकै आठ हजार पर्दछ  । यसको लमजुङमा व्यावसायीक तेल उत्पादन सुरु भएको छ । क्वहोलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा रहेको हिमालयन हर्ब सेन्टरले आधुनिक प्रविधि स्टिम डिस्टिलेसन सिस्टमबाट तितेपातीको तेल उत्पादन सुरु गरेको हो । गत वर्ष परीक्षण गरिएको र यस वर्षदेखि तितेपातीबाट तेल उत्पादन गरिएको हिमालयन हर्ब सेन्टरले जनाएको छ । गाउँघरमा बाझिदो जग्गामा फुलेको तितेपातीलाई प्रशोधन गरेर तेल उत्पादन सुरु गरेको जनाईएको छ । यसको लागी गतवर्ष परीक्षण गरिएको थियो । यही भदौदेखि भने उत्पादन सुरु गरेको सेन्टरले जनाएको छ । एक हप्ताको अवधिमा ८ लिटर तितेपातीको तेल उत्पादन भएको जनाईएको छ । एक लिटर तेल उत्पादन गर्न ६ सय किलो पाती चाहिन्छ । एक लिटर तेलको ६/८ हजार रुपैयाँसम्म पर्ने जनाईएको छ । तितेपातीको तेल खाने परिकारका साथै सौन्दर्य सामग्र...
प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गराउदा मन्त्री घिमिरेलाई सोमबार साँझ संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रि घिमिरे दुई दिनदेखि होम आइसोसनमा बस्नु भएको छ । होम क्वारेन्टाइनमा बसेर जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनासँग जुध्दाजुध्दै संक्रमणले भेटाएको हो । दुई दिनयता ज्वरो आएको र पखला लागेको थियो । प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणमा मन्त्री घिमिरे सक्रिय हुनुहुन्थ्यो ।...
काठमाण्डौँमा ‘हाइकिङ ट्रेल’ निर्माण हुने

काठमाण्डौँमा ‘हाइकिङ ट्रेल’ निर्माण हुने

पर्यटन, समाचार
पूर्णपुष्टि, भदौ १६ काठमाण्डौ उपत्यकामा नयाँ पदमार्ग (हाइकिङ ट्रेल) निर्माण हुने भएको छ । नयाँ हाईकिङ ट्रेल निर्माण गर्ने र पुराना पदमार्गको मर्मत सम्भार गरिने भएको हो । यसको लागि पर्यटन विभागले बोलपत्र आह्वान गरेको छ । कान्तिपुरमार्ग–कलङ्की–गुर्जेभञ्ज्याङ सुराचौर– आलडाँडा–शिवपुरी गाउँ–बारदेभ–लेले–देउराली र गोदावरीमा पदमार्ग बनाउन र मर्मत सम्भारको लागि बोलपत्र आह्वान भएको छ । पदमार्ग निर्माण, मर्मत तथा सौन्दर्यकरणको लागि आजका मितिले १३ दिनसम्म बोलपत्रमा दरखास्त दिन पाइनेछ ।...
पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ पर्सामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० का ५३ वर्षीय पुरुषको नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उपचारका लागि गत साउन ३१ गते अस्पताल भर्ना भएका उनको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा टाइप टु मधुमेह र मिर्गौलासम्बन्धी रोग रहेको थियो । वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।...
खोप बनाउने होडबाजीले राम्रो फल दिदैन : डब्ल्यूएचओ

खोप बनाउने होडबाजीले राम्रो फल दिदैन : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ कोरोना भाइरसविरुद्धको खोप बनाउन भइरहेको होडबाजीले नतिजा राम्रो नदिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । विभिन्न देशले खोप बनाउन होडबाजी गरिरहेको बेला डब्ल्यूएचओले खोप बनाउन र अनुमति दिन हडबड गर्दा यसले जोखिम झनै बढाउन सक्ने चेतावनी दिएको हो । केही देशले खोपको ट्रायल सम्पन्न नै नगरी अनुमतिको लागि दबाब दिने गरेको जनाईएको छ । डब्ल्यूएचओले अनुमति पाउने प्रक्रियालाई हल्का रुपमा नलिन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिले ३३ वटा खोपको क्लिनिकल ट्रायल चलिरहेको छ, एक सय ४३ खोप प्रि क्लिनिकल मूल्याङ्कनको चरणमा रहेका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले जोखिमको मूल्याङ्कन नगरी लकडाउन हटाएका देशमा कोरोना महामारीले थप उग्र रुप लिन सक्ने चेतावनी दिएको छ । धेरै नयाँ सङ्क्रमित देखिएको देशमा भिडभाड र यात्राको लागि अनुमति दिनु थप महामारीलाई निम...