Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

परिवर्तनशिल जीवनशैलीले दम्पतीबीच यौन आकर्षण घट्दै

परिवर्तनशिल जीवनशैलीले दम्पतीबीच यौन आकर्षण घट्दै

स्वास्थ्य
आधुनिक जीवनशैलीले मानिसको स्वास्थ्यमा असर पार्नुको साथै यसले प्रजनन क्षमतामा पनि नकारात्मक रुपमा प्रभावित पारेको हुन्छ । परिवर्तनशील जीवनशैलीको कारण मानिसमा प्रजनन क्षमतामा पनि कमी आएको छ । यदि पुरुषले धुमपान वा अन्य नशालु पदार्थको प्रयोगमा कम गरेको अवस्थामा वा मोबाइलको कम प्रयोग गरेमा शुक्राणुमा हुने समस्याबाट मुक्त हुन सकिने बताइन्छ । असुरक्षित यौन सम्बन्धले महिलामा यौन रोग जस्तै सिफलिस, गोनोरिया र पुरुषमा एचआईभी एड्स जस्ता गम्भीर रोग लाग्ने खतरा पनि बढ्दै गएको छ । यदि महिलालाई यस्ता कुनै पनि यौन लागेको खण्डमा पछि गर्भ टुहिने जस्ता समस्या उत्पन्न हुन सक्छ । धुमपान र मद्यपानको प्रयोगले पनि यौन जीवनमा प्रभाव पार्ने गरेको छ । धुमपान गर्ने पुरुषमा शुक्राणुको संख्या र त्यसको गतिशिलतामा पनि कमी आउँछ । धुमपान गर्ने महिलामा रजोनिवृत्ति हुने सम्भावना हुन्छ जसले इस्ट्रोजनको स्तर घट्छ र मा...
ढुंगाले लागेर आमाको मृत्यु

ढुंगाले लागेर आमाको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ १७ पाल्पाको तिनाउँ गाउँपालिका–३ श्रीडाँडामा घर माथिबाट खसेको ढुंगाले लागेर आमाको मृत्यु भएको छ भने छोरी घाईते भएका छन् । माथागढी–७ रहबास घर भइ माइतमा रहेकी समिक्षाा चौहानको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनका तीन वर्षीया छोरी करिष्माको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ कोरोना संक्रमणबाट रुपन्देहीको भैरहवामा एक जनाको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उनलाई भदौ १५ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।...
इंग्ल्याण्डविरुद्ध पाकिस्तान पाँच रनले विजयी

इंग्ल्याण्डविरुद्ध पाकिस्तान पाँच रनले विजयी

खेलकुद, समाचार
काठमाडौं, १७ भदौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी(२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १(१ को बराबरीमा सकाएको छ । पहिलो खेल नतिजा विहीन भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले जितेको थियो । म्यानचेष्टरमा भएको तेस्रो खेलमा मोहम्मद हाफिजको उत्कृष्ट ब्याटिङ र हैदर अलीले डेब्युमै अर्धशतक बनाएपछि पाकिस्तानले खेल जितेको हो । पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टनले ४६ रन, साम बिलिङ्सले २६ रन बनाए । बलिङमा पाकिस्तानका लागि साहिन साह अफ्रीदी र वाहब रियाजले २(२ विकेट लिए । इमाद वसिम र हरिस राउफले १(१ विकेट लिए। तयसअघि टस हारेर पहिले ब्याटिङ गरेको...
बेलक तरीबाट सखुवाको काठसहित ३ जना पक्राउ

बेलक तरीबाट सखुवाको काठसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १७ उदयपुरको बेलक तरीबाट सखुवाको काठसहित तीन जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका–३ राजानागी र बेलका नगपालिका–५ बिचमा पर्ने बेलका तरी जंगलबाट अवैध सखुवाको काठसहित तीन जना पक्राउ परेका हुन् । लुकिछिपी अवैध सखुवाको काठ ल्याउदै छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी बसाहाबा खटेका प्रहरी टोलीले अनुमानित ६ क्युफिट काठसहित हिजो दिउँसो ३ः१५ बजे चोरी निकासी कार्यमा संलग्न चौनपा–४ घुम्ति टोल बस्ने ५० वर्षीय बखतबहादुर राई, चौनपा–३ राजारागी बस्ने ५० वर्षीय मित्रमान विक र सोही निबासी ४० वर्षीय रविन्द्र राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धान गरी आवश्यक कारबाहीको लागी चौनपा–७ स्थित ईलाका वन कार्यालय बेल्टारमा पठाएको प्रहरीले जनाएको छ ।...
वीर अस्पतालको १२ जना डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण पुष्टि, ओपीडी सेवा बन्द

वीर अस्पतालको १२ जना डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण पुष्टि, ओपीडी सेवा बन्द

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ काठमाण्डौको वीर अस्पतालमा कार्यरत १२ जना डक्र र १२ जना नर्ससति ७१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द भएको छ । सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण फैलन थालेपछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको जनाएको छ । आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।...
काठमाण्डौ उपत्यकाको २३ ठाउँमा ट्राफिक डमी

काठमाण्डौ उपत्यकाको २३ ठाउँमा ट्राफिक डमी

समाचार
पूर्णपुष्टि, भदौ १७ काठमाण्डौ उपत्यकाको विभिन्न २३ ठाउँमा ट्राफिक डमी राखिएको छ । हेर्दा ठ्याक्कै ट्राफिक जस्तै देखिने डमी कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन राखिएको हो । काठमाण्डौमा १७, ललितपुरमा ३ र भक्तपुरमा ३ वटा सूचनामूलक बोर्डहरु बोकेर उभिएको ट्राफिक डमी राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोरोना भाइरसबाट बच्न काठमाण्डौ उपत्यकाका विभिन्न ६० चोकमा सूचना बोर्ड राखिएको छ । बोर्डमा सामाजिक दूरी कायम गर्न, मास्क लगाएर हिड्न, अनावश्यक हिँडडुल नगर्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, ट्राफिक नियमको पालना गर्न लगायत आग्रह गरिएको छ । ट्राफिक प्रहरीले अहिले विभिन्न ४५ ठाउँमा संयुक्त चेक प्वाइन्ट राखेको छ । १४ सय ४५ ट्राफिक प्रहरीलाई काठमाण्डौका विभिन्न एक सय ५२ ठाउँमा खटाइएको महाशाखाले जनाएको छ । यसैबीच, निषेधाज्ञाको २ हप्ताको अवधिमा ११ हजार सात ...
विश्वमा एकैदिन साढे २ लाख बढीमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन साढे २ लाख बढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५६ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ८९ हजार भन्दा धेरैमा संक्रमण भएको वल्डोमिटरले जनाएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । त्यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना  र अमेरिकामा ४० हजार ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको वल्डोओमिटरले जनाएको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट उपचारपछि एक करोड ८१ लाख ७१ हजार भन्दा धेरै निको भएका छन् भने आठ लाख ६० हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...
युरोपमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

युरोपमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्ने जनाएको छ । युरोपमा कोरोना भाइरसको सङ्क्रमण भए पनि राष्ट्रियस्तरमा अब लकडाउन लगाउन नपर्ने संगठनका युरोप निर्देशक हेन्स क्लुगले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर कोरोनासँग लड्नु पर्ने र आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने जनाईएको छ । आउँदा महिनामा कोरोनाको दोस्रो लहरको डर भए पनि राष्ट्रिय स्तरमा लकडाउन नगरी दूरी कायम, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिएका छन् । बेलायतले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले यस वर्षको अन्तिमसम्ममा खोप लगाउन सुरु गर्ने जनाएको हो ।...
उदयपुरमा थप ८ जना कोरोना संक्रमण मुक्त

उदयपुरमा थप ८ जना कोरोना संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ उदयपुरमा आज थप आठ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । चौदण्डिगढी नगरपालिका–६ सातधारेस्थित कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये आठ  जना पुरुष निको भएर आज घर फर्केका हन् । अहिलेसम्म जिल्ला एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने उपचारपछि निको हुनेको संख्या एक सय १० पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अव एक जना होम आइसोलेशनमा रहेकी एक ११ वर्षिय बालिकाको रिपोर्ट आउँन बाँकी रहेको जनाईएको छ । त्रियुगा नगरपालिकाका छ जना, चौनपा स्थायी घर भई हाल त्रिनपा बस्ने एक जना र बेलका नगरपालिकाको एक जना गरी आठ जना कोरोना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ ।...