Monday, April 20News That Matters

Month: ६ वर्ष अगाडि

भोलीदेखि खाडीका ४ देशबाट नियमित उडान हुने

भोलीदेखि खाडीका ४ देशबाट नियमित उडान हुने

समाचार
पूर्णपुष्टि, असोज १४  भोली अर्थात अक्टोबर १ देखि खाडीका चार देशबाट नियमित उडान सुरु हुने भएको छ । खाडीको देश साउदी, कतार, कुवेत र ओमानबाट भोलिदेखि नियमित उडान हुने भएको हो । नियमित उडान भएपछि यी देशबाट स्वदेश फर्कन चाहने श्रमिकले सिधै टिकट काटेर घर फर्कन सक्ने दूतावासहरुले जनाएको छ । भदौ १६ गतेदेखि मलेसिया र यूएईबाट नियमित उडान भए पनि साउदी, कतार कुवेत लगायतका देशमा पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान भइरहेको थियो । अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीमा जान पाउनेछन् भने पीसीआर परीक्षण नगरी आएमा काठमाण्डौका होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । अब स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटी स्वदेश फर्कन पाइन्छ । चार्टर्ड उडानमा जस्तो दूतावासको सूची अनुसार फर्कनका लागि कुर्न पर्दैन । भोलिदेखि कतारबाट...
नेप्से ३.१९ अङ्कले घट्यो

नेप्से ३.१९ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १४  आज शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से ३.१९ अङ्कले घटेर १५ सय ५०.४३ विन्दुमा झरेको हो । विकास बैंक, जलविद्युत् र फाइनान्सबाहेक अरु समूहको शेयर सामान्य घटेको छ । जीवन बीमा समूहको शेयर ३५.७, निर्जीवन बीमा समूहको ५१.५५ र व्यापार समूहको शेयर ११ अङ्कले घटेको छ । बुधबार एक सय ९० वटा कम्पनीका ८० लाख १९ हजार कित्ता शेयर एक अर्ब ९५ करोड रुपैयाँमा खरिद बिक्री भए । आठ वटा हाइड्रोपावर र दुई विकास बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएको छ ।...
नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १४ नेपालमा आज थप एक हजार पाँच सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार दुई सय पाँच जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५९ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ५७ जना जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ । अब नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको  सङ्ख्या चार सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाका मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाका मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १४  विराटनगरमा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुष र इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । आज बिहान नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा सुनसरीको ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई  श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि असोज ९ गते अस्पताल भर्ना गरिएको जनाएको छ । उपचारकै क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण र्गदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । इटहरीबाट उपचारका लागि ल्याइएका ७३ बर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज मृत्यु भएको हो । उनलाई आज अस्पताल भर्ना गरि उपचार सुरु गरेको डेढ घण्टा नपुग्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको आज  १२ः३५ बजे मृत्यु भएको हो । उनमा कोरोनान पुष्टि भएसंगै श...
लागुऔषधसहति १ जना पक्राउ

लागुऔषधसहति १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज १४ मोरङमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । दरैयाबाट ३६ बर्षीय दिपक तामङ लागुऔषध सहित पक्राउ परेको हो । हिजो साँझ पौने ७ बजे मोटरसाईकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट स्पास्मो १० चक्की, निट्रोभेट १० चक्की र डाईलेक्स –डिसी ३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तामाङ्माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
सुनसरी, असोज १४ सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । हरिनगरा–६ निबासी २५ बर्षीय जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेको हो । अन्सारीलाई गत सोमबार ईटहरी–६ हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधको  कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिई उनले बोकेको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखीएको अवस्थामा १६ सय निट्रोसुन ट्याप्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ । पक्राउ परेको अन्सारीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
खैरो हिरोईनसहित २ जना पक्राउ

खैरो हिरोईनसहित २ जना पक्राउ

समाचार
झापा, असोज १४ झापामा खैरो हिरोईनसहित दुई जना पक्राउ परेका छन् । बिर्तामोडको शैनिकमोडबाट लागुऔषध खैरो हिरोईनसहित कचनकवलका २२ बर्षीय सुदम राजवंशी र ३९ बर्षीय नरबहादुर राजवंशी पक्राउ परेका हुन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ६ बजे उनिहरुलाइ नियन्त्रणमा लिई चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा उनीहरुको साथबाट १३ ग्राम खैरो हिरोईन र नगद ९ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने १ जना काठमाण्डौबाट पक्राउ

मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने १ जना काठमाण्डौबाट पक्राउ

समाचार
पूर्णपुष्टि, असोज १४ मलेसियामा नेपाली श्रमीकलाई बन्धक बनाएर रकम असुल्ने एक जना नेपाली काठमाण्डौबाट पक्राउ परेको छ । मलेसियाको टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने मोरङ सन्दकपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ काठमाण्डौबाट पक्राउ परेको हो । श्रेष्ठले दाङका मध्म रैदासलाई अपहरण गरी श्रीमतीसँग पैसा असुलेको र अहिलेसम्म पनि बन्धक जस्तै बनाएर राखेको भन्ने उजुरीको आधारमा उनलाई मंगलबार काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । मलेसियामा कार्यरत मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई नेपालमा श्रीमतीलाई विभिन्न नम्बरबाट फोन गरी ६० हजार मलेसियन रिंगिट नहालिदिए ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । विभिन्न नम्बरबाट आउने फोनमा रैदासकी श्रीमतीलाई दुर्गाबहादुरको नाममा रहेको हिमालयन बैंकको खातामा मलेसियन रिंगिट ६० ह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १४ आज सुनको भाउ बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको महासंघले जनाएको छ ।
बामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटमाथी सुनुवाइ हुँदै

बामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटमाथी सुनुवाइ हुँदै

समाचार
पूर्णपुष्टि, असोज १४ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई सर्वोच्चमा परेको रिटमाथी आज सुनवाई हुदैछ । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट परेको थियो । प्रतिनिधिसभाको चुनावमा हारेका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रियसभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ती नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवरासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा पूर्ण सुनुवाइ हुँदैछ । अधिवक्ता त्रिपाठीले यहि असोज ४ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय ...