Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य ७० प्रतिशत सम्पन्न

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य ७० प्रतिशत सम्पन्न

समाचार
पूर्णपुष्टि, असोज १४  लतिपुरको गोदावरीमा निर्माण भैरहेको तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच गत वर्षको कात्तिक २० गते सम्झौता भएर २१ गतेबाट भवन निर्माणको काम थालिएको थियो । गत चैत महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि दुई महिना साइटमा भएका रुख काट्न समय लागेका र मौसमले साथ नदिएकोले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको परियोजनाले जनाएको छ । ६५ करोड ८१ लाख ६५ हजार रुपैयाँमा सम्मेलन केन्द्र निर्माणका लागि सम्झौता भएको थियो ।...
दूधकोशी नदिमा विद्युत उत्पादन गर्न हाइड्रोपावरलाई अनुमति

दूधकोशी नदिमा विद्युत उत्पादन गर्न हाइड्रोपावरलाई अनुमति

समाचार
पूर्णपुष्टि, असोज १४ दूधकोशी हाइड्रोपावर नेपालले ७० मेगावाटको विद्युत् उत्पादन गर्नका लागि अनुमति पाएको छ । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा बिजुली उत्पादनको लागि विद्युत् विकास विभागबाट अनुमति पाएको हो । यसअघि सोलुखुम्बुमा थुलुङ दुधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत् गृह निर्माण गरी २ सय ३० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान सहित प्रक्रिया अगाडि बढाइएको थियो । दूधकोशी जलासययुक्त आयोजनाको कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र ४ नम्बर वडाको खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमति पत्र प्राप्त भएको जनाईएको छ । उर्जा मन्त्रालयको आवश्यक अध्ययनपछि वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने बित्तिकै निर्माणको काम सुरु गरिने जनाईएको छ ।...
कर्मचारीमा कोरोना पुष्टि, ताहाचल कार्यालयबाट श्रम स्वीकृति बन्द

कर्मचारीमा कोरोना पुष्टि, ताहाचल कार्यालयबाट श्रम स्वीकृति बन्द

समाचार
पूर्णपुष्टि, असोज १४ वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि कार्यालयबाट सेवा बन्द भएको कार्यालयले जनाएको छ । कर्मचारीमा कोरोना देखिएपछि अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द भएको जनाईएको छ । सरकारले भदौं महिनादेखि श्रम स्वीकृति खुलाएको थियो भने पुनः श्रम स्वीकृति सेवा गत असार १८ गतेदेखि नै दिन थालिएको थियो । कार्यालय खुल्ला रहे पनि सेवा भने प्रवाह नहुँने कार्यालयले जनाएको छ ।...
लेखा परीक्षणसम्बन्धी नयाँ निर्देशिका जारी

लेखा परीक्षणसम्बन्धी नयाँ निर्देशिका जारी

समाचार
पूर्णपुष्टि, असोज १४ कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिलाई दृष्टिगत गरी कम्पनीहरुको लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न सरकारले नयाँ निर्देशिका जारी गरेको छ । लेखा परीक्षणमान बोर्डले कोरोना लगायत विषम परिस्थितिका बेला कस्ता मापदण्डका आधारमा लेखा परीक्षण गर्ने भनी हालै एक निर्देशिका जारी गरेको हो । कोरोना महामारीका बेला अडिटरलाई प्रमाण संकलनमा समस्या हुन सक्छ । त्यसैले वैकल्पिक विधिहरु अपाउने भन्ने कुरा तय गरिएको बोर्डले जनाईएको छ । असामान्य परिस्थिति भएका कारण लेखा परीक्षणका दौरान थप सजगता अपनाउनुपर्ने भएकाले विस्तृत निर्देशिका जारी गर्नु परेको जनाईएको छ । अर्थ मन्त्रालयले गठन गरेको लेखा परीक्षणमान बोर्डमा अर्थ मन्त्रालय, महालेखा परीक्षक, चाटर्ड एकाउन्टेन्ट एवं रजिस्टर्ड अडिटर्सका संस्थाहरुको प्रतिनिधित्व हुने गर्दछ ।...
पीसीआर परीक्षण गर्दा बढी शुल्क लिनेलाई कारवाही हुने

पीसीआर परीक्षण गर्दा बढी शुल्क लिनेलाई कारवाही हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १४ सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । तोके भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । सरकारले पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरे पनि केही निजी प्रयोगशाला तथा अस्पतालले बढी शुल्क लिइरहेका छन् । मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार रुपैया शुल्क तोकेको थियो । अहिले भने सरकारले दुई हजार रुपैयाँ शुल्क तोकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई बढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारवाही गर्नका लागि निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।...
ईपीएस भाषा परीक्षा २०२१ मा हुने

ईपीएस भाषा परीक्षा २०२१ मा हुने

समाचार, संसार
पूर्णपुष्टि, असोज १४ कोरोना महामारीले गर्दा २०२० को कोरीया भाषा परीक्षा २०२१ मा मात्रै हुने भएको  छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा २०२१ मा मात्रै हुने भएको हो । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनु पर्ने छ । कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस/माघ महिनामा परीक्षा गर्ने गरी तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । २०२० को लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिका भन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जनाईएको छ । कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीनचार महिना धकेलिन सक्ने सङ्केत गरेको जनाईएको छ । सहज हुनेबित्तिकै परीक्षा हुने जनाईएको छ । भाष...
अबको केहि दिनमा नेपालबाट मनसुन बाहिरिने

अबको केहि दिनमा नेपालबाट मनसुन बाहिरिने

समाचार
पूर्णपुष्टि, असोज १४ अबको एक/दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन कमजोर अवस्थामा पुगेकाले कम पानी पर्न थालेको छ । यो वर्ष पनि दुई दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक/दुई दिनमा नेपालबाट मनसुन बाहिरिने संभावना रहेको महाशाखाले जनाएको छ । नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने महाशाखाले जनाएको छ । तर सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिनु पर्ने भए पनि केही वर्ष यता ढिला भित्रिएर ढिला नै बाहिरिन थालेको छ । मनसुन सकिएपछि बिस्तारै पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमी वायुले चिसो ल्याउने भएकाले मनसुन सकिएपछि बिस्तारै चिसो बढ्न...
कुवेतका राष्ट्रप्रमुख अहमदको निधन

कुवेतका राष्ट्रप्रमुख अहमदको निधन

समाचार, संसार
पूर्णपुष्टि, असोज १४ कुवेतका राष्ट्रप्रमुख (ईमिर) शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा निधन भएको छ । अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि जुलाई २३ मा अमेरिका जानुभएको थियो । अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले नखुलाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् । अहमदको निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बन्नुभएको छ । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसक्नुभएको थियो । ...
भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण पुष्टि

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १४ भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि भएको उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर जानकारी दिएको हो । उहाँलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उहाँकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । गत २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका छन् भने साढे ९७ हजारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।...
आज नेप्से ७ अङ्कभन्दा बढीले घट्यो

आज नेप्से ७ अङ्कभन्दा बढीले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १३ आज नेप्से परिसूचक ७.२१ अङ्कले घटेको छ । परिसूचक घटेर १५ सय ५३.६२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । जलविद्युत्, उत्पादनमूलक र म्युचल फण्ड बाहेक सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४५ अङ्कले घटेको छ । मङ्गलबार १ सय ९३ कम्पनीको शेयर कारोबारमा एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरका ७३ लाख कित्ता शेयर किनबेच भएको छ । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै १७ करोड ४१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । परिसूचक घटेको भए पनि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत ११ वटा अरु कम्पनीले पनि नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । सपोर्टस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ३.६२ प्रतिशत गुमाएका छन् ।...