Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

विश्व बैंकबाट १७ अर्ब ६४ करोडका परियोजना स्वीकृत

विश्व बैंकबाट १७ अर्ब ६४ करोडका परियोजना स्वीकृत

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १३  विश्व बैंकले नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित परियोजना स्वीकृत गरेको जनाईएको छ । परियोजनाले कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्नसमेत महत्वपूर्ण सावित हुने विश्वास लिएको छ । खासगरी नगरपालिकाहरुको क्षमता अभिवृद्धि र पूर्वाधार विकासमा यो सहायता प्रयोगमा आउने छ । विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि निर्देशक फारिस हदद जार्भोसले तिब्र शहरीकरण, संघीयता र कोभिड १९ को सन्दर्भमा नेपाली शहरी इलाकाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन र महामारीको प्रभाव कम गर्न समेत परियोजना महत्वपूर्ण हुने बताएका छन् । त्यसका माध्यमबाट रोजगारी सिर्जनामा समेत परियोजनाको भूम...
कोरोनाबाट त्रिविका १ स्वास्थ्यकर्मीको मृत्यु

कोरोनाबाट त्रिविका १ स्वास्थ्यकर्मीको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १३ कोरोना संक्रमणबाट त्रिविका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया  महिला स्वास्थ्यकर्मीको मृत्यु भएको हो । उनलाई यहि असोज ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा निमोनिया, दम र थाइराइडको समस्या देखिएको अस्पतालले जनाएको छ । उनको अस्पताको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...
नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १३ नेपालमा आज थप एक हजार पाँच सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७६ हजार दुई सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार आठ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय १३ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा सात सय ३१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार तीन सय ७१ जना पुगेको छ । अब नेपालमा २० हजार तीन सय ९६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार सात सय ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।...
श्रमिकसँग तोकिए भन्दा बढी भाडा लिनेलाई कारबाहीको माग

श्रमिकसँग तोकिए भन्दा बढी भाडा लिनेलाई कारबाहीको माग

समाचार
पूर्णपुष्टि, असोज १३ विदेशबाट घर फर्कने श्रमिकसँग तोकिएकोभन्दा बढी भाडा लिने ट्राभल एजेन्सी वा एअरलाइन्स कम्पनीलाई कारबाही गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले माग गरेको छ । श्रमिकले महंगो भाडा तिर्न परेको गुनासो चौतर्फी आउँदा पनि त्यसमा ध्यान नदिएको भन्दै संघले दूतावाससँग महंगो भाडा लिनेलाई कारबाही गर्न माग गरेको हो । विदेशबाट फर्कने श्रमिकको सङ्ख्या धेरै भएकाले दूतावाससँग विवरण मागी उडान थप्न र भाडा पनि सस्तो गराउनु पर्ने संघको माग रहेको छ । कोरोना महामारीका कारण महिनौंसम्म उडानहरु प्रभावित हुँदा श्रमिकहरु करार अवधि समाप्त भई नेपाल फर्कन रोजगारदाता कम्पनीले र स्वयम् कामदारले हवाई टिकट सहज रुपले नपाउँदा ओभरस्टेमा परेको अवस्था छ । त्यसैले श्रमिकलाई बर्गिकरण गरी नेपाल फिर्ताको व्यवस्था हुनु पर्ने, साथै कतिपय श्रमिकहरु हातमा टिकट लिई ओभरस्टेको रकम तिर्न नसकी बिमानस्थलबाटै फर्क...
पोखरा रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न

पोखरा रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १३ माछापुच्छ्रे हिमालको फेदमा निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय रङ्गशालाको भौतिक निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको छ । एक अर्ब २८ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । निर्माणाधीन रंगशलाको निर्माण कार्य सम्पन्न भएपछि नेपालकै ठूलो रङ्गशाला हुनेछ । पछिल्लो समय निर्माण सामग्रीको अभावमा केही कामहरु रोकिएको पश्चिमाञ्चल खेलकुद विकास समितिले जनाएको छ । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको छ । स्टेडियमको पश्चिमतर्फ भीआईपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रङ्गशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको जनाईएको छ । चेन्जिङ्ग रुम, मिडिया सेन्टरलगायतको काम सकिएको छ । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणा...
कुटपिटबाट  १ जनाको मृत्यु

कुटपिटबाट १ जनाको मृत्यु

समाचार
मोरङ, असोज १३ मोरङको उर्लाबारीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । संखुवासभा घर भई हाल उर्लाबारी–७ बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको हो । उर्लाबारी–७ मा होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले मल्लिकलाई कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गत आईताबार मल्लिक होटलमा खाजा खान गएको बेला गोपाल र उनि विच बादविबाद भएपछि गोपालले एक्कासी कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी वेहोस भएका थिए । वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा उपचारकै क्रममा उनको आज विहान साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने होटल संचालक तामाङलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा पदयात्रा र पर्वतारोहण खुला

नेपालमा पदयात्रा र पर्वतारोहण खुला

पर्यटन, समाचार
पूर्णपुष्टि, असोज १३ सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ मन्त्रालयले स्वीकृत गरेको छ । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्ने जनाईएको छ । पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेको पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लाग...
बालुवा निकालने क्रममा पुरिएर एक पुरुषको मृत्यु

बालुवा निकालने क्रममा पुरिएर एक पुरुषको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १३ वालिङमा आज बालुवा झिक्ने क्रममा पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा हुन् । उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालले जनाएको छ ।...
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको प्रारम्भिक प्राविधिक काम सकियो

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको प्रारम्भिक प्राविधिक काम सकियो

समाचार
पूर्णपुष्टि, असोज १३ राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाको प्रारम्भिक प्राविधिक काम सकिएको छ । आयोजनाको प्रारम्भिक काम सकिए लगतै बाँध निर्माण गरिने सिन्धुलीको सुनकोशी गाँउपालिकामा जग्गाको मूल्य निर्धारण प्रक्रिया सुरु भएको हो । सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गर्दा प्रभावित हुने डुवान क्षेत्र खाल्टे र सित्तलपाटीको १० हेक्टर जग्गाको मुआब्जा दिन मूल्य निर्धारण प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । बाँध निर्माण गरिदा सुनकोशी गाँउपालिका–६ र ७ मा गरी १ सय ७० कित्ता जमिन डुवानमा पर्ने आयोजनाको फिल्ड सम्पर्क कार्यालय सिन्धुलीले जनाएको छ । जग्गाको मुआब्जा निर्धारण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति गठन भएको छ । समितिले चाँडै नै जग्गाको मुआब्ज निधारण गर्ने जनाईएको छ । आयोजना अन्तर्गत विद्युत उत्पादनका लागि पावरहाउस निर्माण ...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १३ आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।