Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
मोरङ, असोज १३ मोरङाम लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर–१६ दरैया निबासी ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो ब्राउनसुगर सहित पक्राउ परेको हो । विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर–१२ स्थित कलेज रोडबाट हिजो दिउँसो ४ बजे नियन्त्रण लिई चेकजाँच गर्ने क्रममा लाष्टिकमा पोका पारेर राखिएको अवस्थामा  ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ब्राउनसुगर सहित पक्राउ परेका मण्डललाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
शीतगंगामा जमिन भासिँदा ३ सय घर जोखिममा

शीतगंगामा जमिन भासिँदा ३ सय घर जोखिममा

समाचार
पूर्णपुष्टि, असोज १३  अर्घाखाँचीको शितगंगामा जमिन भासिँदा तीन सय घर जोखिममा परेको छ । शितगंगा नगरपालिकाका–११ को ढुंगेशेरा र १२ नम्बर वडाको कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेको हो । जनप्रतिनिधि र  सुरक्षा निकायले स्थलगत अध्ययन गरेपछि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले २ वटा वडाका तीन सय घर पहिरोको जोखिममा परेको जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको छ । बैठकले जोखिममा परेका परिवारको सुरक्षित स्थानमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । शुक्रबार दिउँसो जमिन भासिएर पहिरो जाँदा १२ का जोख्ले गैरा, बतासे र पहरेपानीका २६ घर तथा ११ को ढुंगेशेराका ५ घर गरी ३१ घर भत्किएका थिए । भिरालो पाखोको वस्तीमा जमिन भासिँदा कोठिया मैदानमा ४६ घर पहिरोको उच्च जोखिममा र झण्डै १ सय घर जोखिममा परेको जनाईएको छ । त्यस्तै  ढुंगेशेरा क्षेत्रमा जमिन भासिँदा ११ घर पहिरोको ...
यस वर्षको पद्मश्री पुरस्कार रद्द

यस वर्षको पद्मश्री पुरस्कार रद्द

समाचार
पूर्णपुष्टि, असोज १३ यस वर्षको पद्मश्री पुरस्कार रद्द भएको छ । सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई पुरस्कार दिने निर्णय विवादास्पद भएपछि यस वर्षको पद्मश्री पुरस्कार रद्द भएको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ । गत आइतबार यस वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप रहेकाले उनीसँगै बसेर पुरस्कार नलिने उप्रेतीले बताउनुभएको थियो । त्यस्तै गलत आरोप लगाएर विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले समेत पुरस्कार नलिने बताएपछि प्रतिष्ठानले यो वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरी विज्ञप्ति जारी गरेर जानकारी गराएको छ । पुरस्कारका लागि छनोट भएका दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि उनीहरुको इच्छालाई कदर ग...
जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतियो

जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतियो

समाचार
पूर्णपुष्टि, असोज १३ ललितपुरको ललितपुर महानगरपालिकामा जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतिएको छ । नगर क्षेत्र भित्र विभिन्न ठाउँमा राखिएका जाँडरक्सिको विज्ञापन बोर्डमा कालो पोतिएको हो । महानगरलाई स्वस्थ्य, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान सुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरीले जनाएको छ । महानगरपालिकाका विभिन्न ठाउँमा फुटपाथ पसल पनि राख्न नपाइने भएको छ । पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको हो । फुटपाथमा तरकारी व्यापार, निर्माण सामग्री थुपार्न, गाडी पार्क गर्न र वर्कसपको काम गर्न समेत रोक लगाएको जनाईएको छ । महानगरपालिकाका विभिन्न ठाउँलाई चरणबद्ध रुपमा व्यवस्थित बनाउँदै लैजाने योजना रहेको प्रहरीले जनाएको छ ।...
८१ कुकुरलाई खोप लगाईयो https://purnapusti.com/content/21308.html

८१ कुकुरलाई खोप लगाईयो https://purnapusti.com/content/21308.html

समाचार
पूर्णपुष्टि, १२ असोज । कटारी /आज १४ औं विश्व रेविज दिवश उदयपुरको कटारीमा पनि मनाईएको छ । प्राणघातक रेविजलाई बुझौं , आ आप्mना घरपालुवा कुकुर विरालोलाई रेविज विरुद्धको खोप लगाऔं , र यसलाई परास्त पारौं भन्ने नाराका साथ कटारी नगरपालिकाको पशु विकास शाखाको आयोजनामा कटारीमा पनि दिवश मनाईएको हो । दिवशको अवसरमा शाखाले कटारीमा निशुल्क रेविज विरुद्धको एकदिने खोप शिविर सञ्चालन गरेको थियो । शिविरमा ८१ वटा कुकुरलाई निशुल्क खोप लगाईएको शाखाले जनाएको छ । कार्यक्रमको नगरपालिकाका उपमेयर भिमकुमारी राउतले उदघाटन गर्नुभएको थियो ।कार्यक्रम उदघाटन गर्दै उपमेयर राउतले प्राणघातक रोगबाट बच्न सवैले रेविज विरुद्धको खोप घरपालुवा कुकुर विरालोलाई लाउनु पर्ने बताउनुभयो । त्यसैगरी वडा सदस्य हृदय तामाङ्गले यसबाट वच्न जनचेतना पैmलाउनु पर्ने बताउनुभएको थियो ।...
फोहरको मोहर बनाउँदै बेलका

फोहरको मोहर बनाउँदै बेलका

समाचार
जयराम पूर्वछाने मगर बेलका, असोज १२  उदयपुरको बेलकामा फोहर व्यावस्थापन तथा प्रांगारिक मल निर्माण उद्योगको उद्घाटन भएको छ । बेलका नगरपालिका–९ को धौरी खैरेनीमा स्थापना भएको उद्योगको भुमि आयोगका केन्द्रिय सदस्य तथा मदन भण्डारी फाउण्डेसन प्रदेश नम्बर १ का अध्यक्ष गोपाल गुरागाईले उद्धाटन गर्नु भएको हो । नेपाल सरकारको विशेष अनुदानमा  रिसोर्स एण्ड चेन्ज आर. सि. एम. प्रालिको प्राविधिक सहयोगमा उद्योग निर्माण भएको हो । उद्योगको उद्घाटन पश्चात फोहोर ब्यवस्थापन तथा प्रांगारिक मल उत्पादनको परिक्षण समेत भएको थियो । बेलकामा वितरण हुन लागेको ऐलानी जग्गालाई नम्बरी बनाएर धनी पुर्जा वितरण हुन लागेको अध्यक्ष गुरागाईले बताउनुभयो । समृद्ध बेलका निमार्णमा नगरले ठुलो फड्को मारेको छ । बेलका नगरपालिकामा गौरवको योजना सञ्चालन भए संगै स्थानीय रोजगार प्राप्त भएको उहाँले बताउनुभयो । स्थानीय निर्वाचनको घोषणा पत्र...
जाल्पाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

जाल्पाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

समाचार
मिलन परियार गाईघाट, असोज १२ जाल्पा एकीकृत बिकास समाज उदयपुरको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सन् २०२० मा जाल्पा एकीकृत बिकास समाज उदयपुरले गरेका बार्षिक कार्यक्रमको उपलब्धि  सिकाई चुनौती र आगामी बर्षका लागी सल्लाहा सुझावहरुसहितको समिक्षा भएको थियो । वर्ल्ड भिजन ईन्टरनेसनल नेपालसंग साझेदारी गर्ने १५ वटा जिल्लाका ३० वटा संस्थामध्ये जाल्पा एकीकृत बिकास समाज उदयपुरले राष्ट्रिय सर्बोउत्कृष्ट सस्थाको अवार्ड हात पारेको  छ । वल्र्ड भिजनको बार्षीक मूल्याङ्कनमा भाग लिएका १७ वटा संस्था मध्ये जाल्पाले अवार्ड जितेको जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलले बताए । अवार्ड जितेकामा खुसी व्यक्त गर्दै अध्यक्ष पोखरेलले आगामी दिनहरुमा यसलाई बचाई राख्न थप चुनौती थपिएको बताए । आगामी दिनमा जिल्ला बाहिर पनि परियोजाना कार्यक्रम सन्चालन गर्न आबस्यक तयारी गर्ने र संस्थाले सन्चालन गरेको बिभिन्न कार्यहरु ए...
नेपालमा थप १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १२ नेपालमा आज थप एक हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५१ जनामा सङ्क्रमण देखिएको हो । गत २४ घण्टामा सात सय ४२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६ सय ४० जना पुगेको छ । अब नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।...
तेजाब आक्रमण गर्नेलाई कडा कारबाहीको प्रवधानसहित अध्यादेश जारी

तेजाब आक्रमण गर्नेलाई कडा कारबाहीको प्रवधानसहित अध्यादेश जारी

समाचार
पूर्णपुष्टि, असोज १२ तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ जारी भएको छ । एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीको व्यवस्थासहित सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको थियो । अध्यादेशमा आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागेमा २० वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ । यस्तै शरीरको कुनै अङ्ग भङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र ए...
२ महिनामै १४ अर्बको खाद्यान्न आयात

२ महिनामै १४ अर्बको खाद्यान्न आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १२ चालु आर्थिक वर्षको दुई महिनामै करिब १४ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउन र भदौ महिनामा १३ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । साउन र भदौमा सात अर्ब ७२ करोड रुपैयाँको धान चामल आयात भएको विभागले जनाएको छ । यसमध्ये झण्डै पाँच अर्ब रुपैयाँको धान चामल भारतबाट मात्रै आयात भएको छ । त्यस्तै दुई महिनामा छ अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको हरियो तरकारी र फलफूल आयात भएको छ । त्यस्तै एक अर्ब ७२ करोड १८ लाख रुपैयाँ बराबरको चिया र कफी आयात भएको जनाईएको छ ।...