चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
पुर्णपुष्टि,असोज १२
चितवनमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा भरतपुर महानगरपालिका–७ का ५५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो ।
आज दिउँसो १ः२० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।...








