Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

थप ९ प्रकारका स्यानिटाइजरमा खराब रसायन फेला

थप ९ प्रकारका स्यानिटाइजरमा खराब रसायन फेला

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १२ मानिसले प्रयोग गर्दै आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएको छ । बजारमा बिक्री वितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको छ । ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाण्डौ लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको हो । रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् । यसअगाडि पनि विभागले विभिन्न नौ कम्पनीका ह्यान्ड स्यानिटाइ...
अर्मेनिया र अजरबैजानबीच सैन्य युद्धमा २३ जनाको मृत्यु

अर्मेनिया र अजरबैजानबीच सैन्य युद्धमा २३ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज १२  विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा २३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै जादा दुवै देशले एक अर्काको क्षेत्रमा हवाई आक्रमण गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अजरबैजानले पहिला विवादित क्षेत्रमा रहेको बस्तीमा हवाई आक्रमण गरेको आरोप अर्मेनियाले लगाएको छ । त्यसपछि प्रतिरक्षा कार्यमा अर्मेनियाले पनि अजरबैजानको हेलिकप्टर र सैन्य ट्याङ्कहरु ध्वस्त बनाएको बताइएको छ । विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ । तर त्यो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ । यो क्षेत्रलाई लिएर झण्डै तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो । आक्रमणपछि अर्मेनिया सरकारले सैन्य कानुन लागू गर्दै सैनिक परिचालन गर्ने निर्णय गरेको छ । अजरबैजानले अर्मेनियाको...
अबको केही दिन ठूलो पानी नपर्ने

अबको केही दिन ठूलो पानी नपर्ने

समाचार
पूर्णपुष्टि, असोज १२ अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुदै गएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । यस वर्षको मनसुन बाहिरिने संकेत देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान गरिएको छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको छ । यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ । तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । यसैबीच आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको जनाईएको छ । आज राति पनि प...
प्रिमियर लिगमा लेस्टरको जित

प्रिमियर लिगमा लेस्टरको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असोज १२  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित हात पारेको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको म्यानचेस्टर सिटीलाई लेस्टरले ५–२ गोलले पछि पार्दै जित हात पारेको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार व्यहोरेको छ । सिटीले सुरुवाती गोलको अग्रता जोगाउन नसकेपछि लेस्टरले लगातार चार गोल गर्यो । यो सिजनमा ह्याट्रिक गर्ने भार्डी पहिलो खेलाडी बनेका छन् । यो जितपछि लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ भने सिटीको दुई खेलमा तीन अंक छ ।...
इजरायलसँग बागवानी सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय

इजरायलसँग बागवानी सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय

समाचार
पूर्णपुष्टि, असोज १२  आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयले जनाएको छ । नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको हो । सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अख्तियारी दिइएको मन्त्रालयले जनाएको छ ।...
नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय

नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय

समाचार
पूर्णपुष्टि, असोज १२ मन्त्रिपरिषदको बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो बसेको बैठकले नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको जनाईएको छ । बाढी पहिरोमा परेकाहरूको उद्धार, राहत तथा आर्थिक सहयोगको बारेमा नियमितझैँ छलफल र निर्णय भएको छ । त्यस्तै, नेपाल–इजरायल सरकारबीच दुई देशको हितमा हुने विभिन्न सम्झौता र सहमतिमा हस्ताक्षर गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यिलाई दिने निर्णय सरकारले गरेको जनाईएको छ ।...
उसिउलीमा थप चर्कियो मजदुर आन्दोलन

उसिउलीमा थप चर्कियो मजदुर आन्दोलन

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ११ । उदयपुर सिमेन्ट उद्योग, जलजलेले लकडाउनसंगै कामबाट विदा दिएका मजदुरहरुले पुनः नियुक्तिको माग राख्दै आन्दालित बनेका छन् । गत २ देखि ८ गतेसम्म उद्योगको गेटमा धर्ना बसेका उनीहरुले आज विभिन्न माग राख्दै उद्योग अगाडी नाराजुलुस गरे । मजदुरहरुलाई काममा लगाउनु पर्ने, मजदुर ल्याउनेमा ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने र उद्योग घाटामा जानुको कारण छानविन गर्नुपर्ने माग राखेका छन् । उनीहरुको आन्दोलनमा नागरिक समाज तथा उद्योगको प्रदुर्षण क्षेत्रका नागरिकहरुले पनि एकता जनाएका छन् । लकडाउनपछि काममा लगाउने भनेको उद्योगले छ महिना वित्दा पनि काम नदिए पछि खान लाउन समस्या परेको भन्दै मजदुरहरुले पुनः काममा राख्न माग गरेका छन् । “हामी उद्योगकै लागि खटिरहेको मान्छे, लकडाउनको निहु पारेर उद्योगले विदा गर्यो । छ महिना वित्यो, फेरी काममा राख्न उद्योग तयार छैन” मजदुर विष्णु खड्काले भन्नुभयो ...
लागुऔषधसहति २ जना पक्राउ

लागुऔषधसहति २ जना पक्राउ

समाचार
सुनसरी, असोज ११ सुनसरीमा लागुऔषसहित दुई जना पक्राउ परेका छन् । भोक्राहा नरसिंह–४ चिरौली नहर एरियाबाट स्थानीय २० वर्षीय जमाल अंसारी र २२ वर्षीय प्रविणकुमार उराव लागुऔषसहित दुई जना पक्राउ परेका हुन् । विशेष सुचनाको आधारमा शनिबार दिउँसो ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा डाईलेक्स–डिसी एक सय सात बोतल, स्पास्मो–प्रोक्सीभोन प्लस छ सय ९६ क्याप्सुल र नीट्रा भेट तीन हजार ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जना माथी थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।...
चिप्लिएर लड्दा १ जनाको मृत्यु

चिप्लिएर लड्दा १ जनाको मृत्यु

समाचार
उदयपुर, असोज ११ उदयपुरको बेलकामा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका–२ गिदेरी टोल निबासी १८ बर्षीय प्रेम कार्कीको लडेर मृत्यु भएको हो । आज दिउसो साढे १२ बजे  सोहि स्थानमा रहेको सामुदायिक बनबाट घर बनाउनका लागी काठको बलो काँधमा बोकेर फर्कने क्रममा एक्कासी चिप्लिएर लड्दा बलोले टाँउको किच्दा कार्कीको घटनास्थालमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ११ नेपालमा आज थप एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएको हो । गत २४ घण्टामा आठ सय ८५ जना निको भएर डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ । अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने संक्रमणको मृत्यु हुनेका संख्या चार सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।...