Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति थाप सेल्फ क्वरेण्टीनमा

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति थाप सेल्फ क्वरेण्टीनमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ११ नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बस्नुभएको छ । प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानसेनापति सेल्फ क्वरेण्टीनमा बस्नुभएको हो । शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको थियो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बस्नुभएको विज्ञप्तिमा उल्लेख छ ।...
आजदेखि ब्याडमिन्टनको अभ्यासमा सुरु

आजदेखि ब्याडमिन्टनको अभ्यासमा सुरु

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ११  आजदेखि ब्याडमिन्टनको अभ्यासमा सुरु भएको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ब्याडमिन्टन खेलाडीले अभ्यास थालेका हुन् । दुई घन्टा सरसफाई गरेपछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन आज खेलाडीलाई सामान्य अभ्यास गराएका छन् । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने जनाईएको छ । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । कोरोना भाइरसका कारण कोर्टबाहिर रहेका खेलाडीमा उमङ्ग छुट्टै  देखिन्थ्यो । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण ठप्प भएको नेपालको खेलकुद क्षेत्र भने अझै चलायमान हुन सकेको छैन ।...
कोरोना संक्रमणबाट १७ देशमा २६५ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट १७ देशमा २६५ नेपालीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज ११  कोरोना भाईरसको संक्रमणबाट गत साता विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको छ । कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गत साता मात्रै थप २१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ । शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ । ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुुष्टि भएको छ । तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएको जनाईएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ११ आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
१ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

१ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, असोज ११ दाङमा जुवा खेलिरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । तुल्सीपुर उप–महानगरपालिका–६ मा रहेको भ्यार थानबाट जुवा ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ परेका हुन् । जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुल्सीपुर उप–महानगरपालिका–६ मा रहेको भ्यार थान बस्ने कुमार सुनारको घरबाट नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ । प्रहरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको प्रहरीले जनाएको छ । तुल्सीपुर उप–महानगरपालिका–६ का रोशन बुढाथोकी, भरत वि.क, हेमन्त शाही, सुशिल वली, कुमार सुनार, ओमबहादुर बुढामगर, प्रेमबहादुर सुनार र टंकबहादुर सुनार, घोराही उ.म.न.पा–१३ का मालबहादुर वली...
नाबालिकालाई ब*ला*त्का*र गरेको आरोपमा १ जना पक्राउ

नाबालिकालाई ब*ला*त्का*र गरेको आरोपमा १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज ११ उदयपुरमा नाबालिकालाई ज*बर*जस्ति कर*णी गरेको आरोपमा एक जना पक्राउ परेको छ । झापा बिर्तामोड नगरपालिका–६ घर भई हाल उदयपुरको चौदण्डीगढी नगरपालिका– ७  बस्ने बर्ष ३५ को किरण राई पक्राउ परेको हो । यहि असोज ८ गते ७ वर्षीया नाबालिकालाई ललाई फकाई गरी आफ्नै कोठामा लगी ज*ब*र*ज*स्ति क*र*णी गरेको भन्ने सुचनाको आधारमा राईलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अभियुक्त राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, असोज ११  ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पैदल यात्री फुङलिङ–७ निबासी २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । आज बिहान साढे १० बजे सोही स्थान राजमार्गमा ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेकोले जिप्रका ताप्लेजुङले जनाएको छ ।...
विश्वमा कोरोना संक्रमणबाट करिब १० लाखको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट करिब १० लाखको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ११ विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या करिब १० लाख पुगेको छ । अहिलेसम्म ३ करोड ३० लाखमा कोरोना सङ्क्रमण पुष्टि हुदा २ करोड ४४ लाख उपचारपछि निको भएका छन् भने ९ लाख ९८ हजारको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । अहिले विश्वमा ७६ लाख ४८ हजार सक्रिय सङ्क्रमित रहेका छन् । उक्त संक्रमितमध्येउ ६५ हजारको अवस्था जटिल रहेको र बाँकी ७५ लाख ८३ हजारको अवस्था सामान्य छ । गत २४ घण्टामा विश्वभर २ लाख ९४ हजारमा  कोरोना पुष्टि भएको छ भने ५ हजार ३ सय जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ लाख ८७ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ९ हजारको मृत्यु भएको छ । त्यस्तै ५९ लाख ९० हजारमा कोरोना पोजेटिभ देखिएको भारतमा साढे ९४ हजारको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ४७ लाख १८ हजारमा कोरोना पुष्टि हुँदा १ लाख ४१ हजारको ज्यान गैसकेको वल्ड्रोमिटरले जनाएको छ ।...
आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, ११ असोज झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोेरोनाबाट मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेको कोभिड अस्पताल विराटनगरले जनाएको छ । अस्पतालका अनुसार शनिबार राति उनको मृत्यु भएको हो । कोरोना संक्रमणबाट झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।...
कञ्चनपुरमा सुनका गहनासहित दुई जना नियन्त्रणमा

कञ्चनपुरमा सुनका गहनासहित दुई जना नियन्त्रणमा

समाचार
११ असोज,पुर्णपुष्ट  शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पकराउ परेकाहरुमा डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का साथै  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...