Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

यात्रा गर्ने वितिकै कोरोना परीक्षण गर्नु नपर्ने

यात्रा गर्ने वितिकै कोरोना परीक्षण गर्नु नपर्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ११ यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । यात्रा गर्ने व्यक्तिले दुई हप्तासम्म क्वरेण्टीनमा बस्नुपर्ने र यस अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ । दुई हप्तासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पीसीआर परीक्षण गर्नु आवश्यक नहुने जनाईएको छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न र यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरिएको छ । लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाण्डौ भित्रने व्यक्तिलाई घरधनी वा छिम...
सेनाले कालापानी जाने बाटोको ट्र्याक खोल्यो

सेनाले कालापानी जाने बाटोको ट्र्याक खोल्यो

समाचार
पूर्णपुष्टि, असोज ११ नेपाली सेनाले कालापानी जाने घोरेटो बाटोको ट्र्याक खोलेको छ । व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरको चट्टान काटेर ५ सय ५० मिटर बाटोको ट्र्याक खुलाएको हो । सोही बाटोको ट्र्याक खोल्न सेनाले गत जेठ ९ गतेदेखि काम सुरु गरेको थियो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिका–१ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो । चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो । मौसम प्रतिकूल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको सेनाले जनाएको छ । यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्न...
आज पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, असोज ११ आज पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । गत मंगलबारदेखि देशभरि पानी परेको प्रणाली कमजोर हुँदै गएकाले आज पूर्व बाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने महाशाखाले जनाएको छ । आज प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशका थोरै ठाउँमा बेलुकीतिर हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको जनाईएको छ । यसैबीच नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने अनुमान गरीएको छ । पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने महाशाखाले जनाएको छ । यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै पानी परेको जनाईएको छ । लानेन्या प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ भने एलनिनो प्रणाली चल्दा थोरै पानी पर्ने गर्दछ ।...
लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, असोज ११  लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबले राजीनामा को घोषणा गर्नुभएको छ । नयाँ मन्त्रिमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै उहाँले राजीनामा दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । लेबनानमा पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ । सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले आफ्नो प्रयास विफल भएपछि राजीनामाको घोषणा गर्नुभएको सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्रि अदीबले टेलिभिजन सम्बोधनमा सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न भएको छ । लेबनानको राजधानी बेरुत शहरको बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो । विस्फोटमा हजारौँ व्यक्ति घाइते भएका थिए । अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न न...
डाक्टर केसीको समर्थक माइतीघरबाट पक्राउ

डाक्टर केसीको समर्थक माइतीघरबाट पक्राउ

समाचार
पूर्णपुष्टि  असोज १० डाक्टर गोविन्द केसीका माग पूरा गराउन दबाब दिँदै काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका युवाहरु पक्राउ परेका छन् । डाक्टर केसी अनशन बसेको १३ औं दिन भइसक्दा पनि माग पूरा गराउन सरकारले कुनै पहल नगरेको भन्दै प्रदर्शन गर्न पुगेका थिए । पक्राउ परेका १७ जना युवालाई भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा राखिएको छ । देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रणमा सरकार असफल भएको, सरकारको आलोचना गर्नेलाई विभिन्न बहानामा दुःख दिने गरेको लगायत विषयमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।...
नेपालमा थप १२०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १२०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १०  नेपालमा आज थप एक हजार दुई सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार १९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमण हुनेको संख्या ७१ हजार आठ सय २१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले १८ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये दुई सय २४ जना आइसोलेशन र २७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै गत २४ घण्टामा आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै संक्रमितको संख्या चार सय ६७ पुगेको छ ।...
दार्चुलाको सीमा क्षेत्रमा अध्यागमन कार्यालयको स्थापना हुने : गृहमन्त्री थापा

दार्चुलाको सीमा क्षेत्रमा अध्यागमन कार्यालयको स्थापना हुने : गृहमन्त्री थापा

समाचार
पूर्णपुष्टि, असोज १० गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको सीमा क्षेत्रमा अध्यागनम कार्यालय स्थापना गर्ने बताउनुभएको छ । उक्त क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको उहाँले बताउनुभएको हो । दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको गृहमन्त्रि थापाले बताउनुभयो । सीमाको रक्षा सरकारले मात्र गर्न नसक्ने र सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्ने उहाँले बताउनुभयो । सीमा क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताउनुभयो । व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याउन कर्मचारी पठाउने उहाँले बताउनुभयो ।...
पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध

पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध

समाचार
पूर्णपुष्टि, असोज १० वर्षाले पहिरो खसेपछि पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन शुरु गरे पनि धेरै ठाउँमा पहिरो खसेकाले समय लाग्ने प्रहरीले जनाएको छ । बाटो बन्द भएपछि पाल्पाबाट बुटवलका लागि छुटेका गाडीहरु केराबारी, चर्चरे, जोरधारामा रोकिएका छन् भने बुटवलबाट पाल्पाका लागि छुटेका गाडी सिद्धबाबा मन्दिर क्षेत्रमै रोकिएको प्रहरीले जनाएको छ ।...
पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकियो

पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकियो

समाचार
पूर्णपुष्टि, असोज १०  चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकिएको छ । ६ वर्षभित्र काम सम्पन्न गर्नेगरी दुई वर्ष अघि सुरु भएको प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम कोरोना संक्रमणले गर्दा रोकिएको रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । एनइए इन्जिनियरिङ कम्पनीले भू सूचना प्रणाली (राउटिङ सिष्टम) बाट अध्ययन गरेर आयोजनालाई प्रारम्भिक प्रतिवेदन बुझाएको भएपनि फिल्ड भेरिफिकेशनको काम रोकिएको हो । अहिले फिल्डमा जान सकिने अवस्था नरहेकाले फिल्ड भेरिफिकेशनको काम दशैं अगाडि सुरु हुन्छ कि भन्ने आशा रहेको जनाईएको छ । कम्पनीले १४ महिनामा काम सक्ने गरी असार १ गतेदेखि काम सुरु गरेको थियो । प्रसारण लाइनमा ५ हजार मेगावट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ । नेपालतर्फ ४ सय केभी डबल सर्किट र चीनतर्फ ५ सय केभी डबल सर्किट लाइन हुने छ । चीनको केरु...
कारागारमा रहेका ४ जना बालबालिकाहरुलाई पेशोक उदयपुरद्धारा लत्ता कपडा र शैक्षिक सामाग्री सहयोग

कारागारमा रहेका ४ जना बालबालिकाहरुलाई पेशोक उदयपुरद्धारा लत्ता कपडा र शैक्षिक सामाग्री सहयोग

समाचार
पूणर्पुष्टि, असोज १० शान्ति समाज केन्द्र (पेशोक) उदयपुरले कारागारमा आमा सँगै रहेका ४ जना निर्दोश बालबालिकाहरुलाई लत्ता कपडा सहित शैक्षिक सामाग्री वितरण गरेको छ । शनिवार सामाजिक सेवा दिवसको अवसर पारी गैसस मशासंघ उदयपुरको समन्वयमा शान्ति समाज केन्द्र उदयपुर (पेशोक) ले सामाग्रि सहयोग गरेका हुन् ।  सामाग्री पेशोक उदयपुरकी अध्यक्ष सिर्जना दनुवार, गैसस महासंघकी प्रदेश इन्चार्ज महेश्वरी राई लगाएत अन्य प्रतिनिधिहरुले कारागारका प्रमुख कुमार खड्कोको रोहबरमा प्रदान गर्नुभयो । उनिहरुलाई एलिन वान किताब, कापी डट, र जाडोमा लाउने ज्याकेट, टाउजर लागएतको समाग्री प्रदान गरिएको संस्थाकी अध्यक्ष सिर्जना दनुवारले बताउनुभयो ।...