Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

नदीले बगाएर गैँडाको केटो भारत पुर्यायो

नदीले बगाएर गैँडाको केटो भारत पुर्यायो

समाचार
पूर्णपुष्टि, असोज १० चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) नारायणी नदीले बगाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट बाढीले केटो बगाएको हो । तीन वर्षको केटोलाई नदीले बगाएको निकुञ्जले जनाएको छ । बाढीले केटोलाई बगाएर भारत पुर्याएको जनाईएको छ । भारत पुगेको केटोको अवस्थाबारे अहिलेसम्म जानकारी पाउन नसकेको र भेटिएपछि खबर गर्न भनेको निकुञ्जले जनाएको छ । विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।...
सैनिक विमान दुर्घटनामा २२ जनाको मृत्यु

सैनिक विमान दुर्घटनामा २२ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज १० युक्रेनमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा करिब २२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको जनाईएको छ । चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको उद्धार गरिएको जनाईएको छ । अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दुर्घटनाको कारण भने खुली नसकेको जनाईएको छ ।...
आज प्रदेश १, २ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज प्रदेश १, २ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, असोज १०  आज प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । तर धेरै ठाउँको मौसम दिउँसो खुल्ने जनाईएको छ । झरी पर्ने प्रणाली कमजोर हुँदै गएकाले हिजोदेखि नै कम पानी पर्दै गएको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना छ । त्यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम एकैछिन खुल्दै फेरि बादल लागेर एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने जनाईएको छ । आज राती पनि प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अरु प्रदेशमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना जनाईएको छ ।...
माइक्रोको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

माइक्रोको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

समाचार
झापा, असोज १० पाँचथरमा माईक्रोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट  मृत्यु भएको हो । हिजो राती सवा ९ बजे झापाको बिर्तामोड–५ मा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने माईक्रो र चालकलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।...
लडेर १ जनाको मृत्यु

लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, असोज १०  मोरङ सुन्दर हरैचा–१२ स्थितमा बस्ने ३५ बर्षीय कुमार उरामनको लडेर मृत्यु भएको छ । हिजो दिउँसो करिब ४ बजे सोहि स्थानमा रहेको न्यु पन्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोर तर्फ लाने क्रममा अचानक लड्दा उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको ।
खेतमा लडेर १ जनाको  मृत्यु

खेतमा लडेर १ जनाको मृत्यु

समाचार
सुनसरी, असोज १० सुनसरीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ईनरुवा–९ बस्ने ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको हो । हिजो दिउसो करिब १ बजे खेतमा घाँस काट्ने क्रममा अचानक दुखनीदेबी लडेर बेहोस भएकी थिईन । बेहोस भएकी उनलाइ आफन्तले तत्काल उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
सुनसरी, असोज १० सुनसरीमा लागुऔषधसहति एक जना पक्राउ परेको छ । हरिनगर–६ घुस्की बस्ने अकमुल अंसारी लागुऔषध सहित पक्राउ परेको हो । विशेष सुराकका आधारमा साईकलमा आईरहेका अंसारीलाई गत विहिबार इनरुवा–१ गोलपार्कबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाईलेक्स डिसी १०० एमएल लेखिएको ४९ बोलत लागुऔषध बरामद गरि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...
नेपालमा ९२ अर्व भन्दाबढी विप्रेषण भित्र्यो

नेपालमा ९२ अर्व भन्दाबढी विप्रेषण भित्र्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १०  चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । कोरोना महामारीले ठूलो असर पारेपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो । विप्रेषण आप्रवाहमा २३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणले देखाएको छ । सरकारले अवैध माध्यमबाट आउने विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो । बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स...
खोपको प्रयोग हुनु अघि नै कोरोनाबाट करिब २० लाख मानिसको मृत्यु हुन सक्ने : डब्लूएचओ

खोपको प्रयोग हुनु अघि नै कोरोनाबाट करिब २० लाख मानिसको मृत्यु हुन सक्ने : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १० कोरोना भाईरस विरुद्धको खोपको व्यापक रुपमा प्रयोग हुनु अघि नै कोरोना सङ्क्रमणबाट करिब २० लाख मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय एकता बिना कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोचेभन्दा धेरै हुने डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको मृत्यु भईसकेको छ । उत्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर सुरु हुन थालेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा ५९ लाखमा कोरोना पुष्टि हुदा ९३ हजारको मृत्यु ...
लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज ९ चौदण्डिगढीबाट लागुऔषधसहित तीन  जना पक्राउ परेका छन् । चौदण्डिगढी नगरपालिका–४ नमुना चौकबाट लागुऔषधसहति पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बसाहाबाट खटेका विशेष प्रहरी टोलीले सप्तरीको फत्तेपुबाट बेल्टारतर्फ आउँदै गरेका चौदण्डिगढी नगरपालिका–६ लाफा चोक निबासी २० वर्षीय जुजुहाङ राई, चौनपा–७ साकेला चोक निबासी १५ वर्षीय सुजन परियार र चौनपा–७ लामे चौरी निबासी १८ वर्षीय नविन परियारलाई लागुऔषधसहित हिजो साँझ साढे ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २१ ट्याब्लेट नाईट्राभेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...