Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

बालिकालाई बजरजस्ति करणी गर्ने १ जना पक्राउ

बालिकालाई बजरजस्ति करणी गर्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असोज ९ उदयपुरमा बालिकालाई जबरजस्ति करणी गर्ने एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–५ निबासी ५८ बर्षीय टेकबहादुर बुढाथोकी बालिका बलात्कार गरेको आरोपमा शुक्रबार पक्राउ परेको हो । विहिबार राती करिब ८ः४५ बजे १४ वर्षीया बालिकलाई बजरजस्ति करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ९ नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२ हजार दुई सय ६२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा सङ्क्रमण देखिएको हो । गत २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ । अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।...
बलिवुडका चर्चित गायक एसपीको निधन

बलिवुडका चर्चित गायक एसपीको निधन

समाचार, संसार
पूर्णपुष्टि, असोज ९ भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८० को दशकदेखि लिएर नयाँ शताब्दीको सुरुवातसम्म बालासुब्रमण्यमले हिन्दी चलचित्रमा गीत गाइरहे । दक्षिण भारतमा पहिचान बनाइसकेका बालासुब्रमण्यमले सन् १९८१ मा आएको चलचित्र एक दूजे के लिए पहिलो हिन्दी चलचित्रमा कमल हसनको लागि गीत गाए र राष्ट्रिय पुरस्कार जितेका थिए । चार फरक–फरक भाषमा– हिन्दी, तमिल, तेलुगु र कन्नडमा बालासुब्रमण्यमले ६ पटक राष्ट्रिय पुरस्कार जितेका छन् । बालासुब्रमण्यमले एकैदिन २१ कन्नड भाषाको गीत गाएर कीर्तिमान बनाएका छन् ।...
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

समाचार
पूर्णपुष्टि, असोज ९  प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन हुनुभएको छ । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ । यसअघि किशोर श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा पत्र बुझाउनुभएको थियो । श्रेष्ठको पदावधि आउँदो १२ गते सकिँदैछ ।...
कोरियाले इपिएस नियममा सुधार गर्ने

कोरियाले इपिएस नियममा सुधार गर्ने

समाचार, संसार
पूर्णपुष्टि, असोज ९ दक्षिण कोरियाले इपिएस कानूनमा सुधार गर्ने भएको छ । अहिलेको कानूनमा परिवर्तन गर्ने तयारी साथ नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । कार्यस्थल परिवर्तन गरेका श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी श्रमिकले अर्को कम्पनीमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने छ । अहिलेसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा जान नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौन दुव्र्यवहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा...
किम जोङले दक्षिण कोरियासँग माफी मागे

किम जोङले दक्षिण कोरियासँग माफी मागे

समाचार, संसार
पूर्णपुष्टि, असोज ९  उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारीको मृत्युलाई लिएर माफी मागेका छन् । किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग त्यो घटना नहुनुपर्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ । ४७ वर्षीय एक व्यक्ति कथित रुपमा उत्तर कोरियालाई दोष  लगाउन खोजिरहेका थियो । जब ती व्यक्ति उत्तर कोरियाको नदीमा पौडिरहेको अवस्थामा सैनिकहरुले भेटेका थिए । ती व्यक्तिमाथि गोली प्रहार गरि र शवलाई जलाएको दक्षिण कोरियाले जनाएको समाचारमा उल्लेख छ । उत्तर र दक्षिण कोरियाबीचको सीमामा निकै कडा किसिमको सुरक्षा हुने गर्दछ । कोरोना भाइरसको महामारीका कारण बाहिरी देशबाट आउनेलाई रोक्न देख्नेबित्तिकै गोली प्रहार गर्ने आदेश दिइएको जनाईएको छ । किम जोङ उनले राष्ट्रपति मुनलाई एक पत्र लेखेर माफी मागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले जनाएको छ । किमले...
आयात २२ प्रतिशतले घट्यो

आयात २२ प्रतिशतले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ९  चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा आयातमा घटेको छ । भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको हो । आयातमा उच्च गिरावट र निर्यातमा सामान्य वृद्धि देखिँदा यो दुई महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो । यो अवधिमा वस्तु निर्यात भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो । यो वर्ष वस्तु निर्यात १०.४९ प्रतिशतले बढेको छ । सोहीकारण वैदेशिक व्यापार घाटामा कुल २४.९३ प्रतिशतको गिरावट आएको हो । यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अ...
मलाइ विग्रेको मनपर्छ (कविता)

मलाइ विग्रेको मनपर्छ (कविता)

साहित्य
–गोठकृष्ण ठकुरी,उदयपुर यदि यहाँको समाजमा दुव्र्यशनीमा फस्नु विग्रनु हो भने संधै दुव्र्यशनमा लठ्ठ भइरहने विष समेत घाँटीमा राख्न सक्ने महादेव विग्रेको हो उही देवको देव महादेव भयो त्यसैले मलाइ विग्रेकाे मन पर्छ यदि यहाँको समाजमा घरबारको जिम्मेवारी नलिने घरबार त्यागेर हिड्नु विग्रनु हो भने केबल एक शान्तिको खोजीमा बालबच्चा राज्य घरबार सबैथोक त्यगेर हिड्ने गौतमबुद्ध विग्रको हो उही पुज्य छ । त्यसैले मलाई विग्रेको मन पर्छ यदि यहाँको समाजमा माया प्रेम गर्नु बराला भइहिड्नु विग्रनु हो भने सोरसय गोपीनीसँग रासलिला रचाउने कृष्ण विग्रको हो जसको उपदेश गितामा हात राखेर कसम खाइन्छ । त्यसैले मलाइ विग्रेको मन पर्छ । यदि यहाँको समाजमा धुम्रपान गर्नु, बौलाउनु विग्रनु हो भने हात जलुनजेल चुरोट खाइरहने बौलाहा झै हिड्ने लक्ष्मीप्रसाद देवकोटा विग्रेको हो जसले नेपाली साहित्य भण्डार ...
झरीले रसुवागढी नाकामा सामग्री लोड–अनलोड गर्न समस्या

झरीले रसुवागढी नाकामा सामग्री लोड–अनलोड गर्न समस्या

समाचार
पूर्णपुष्टि, असोज ९ चीनले रसुवागढी नाकाबाट बुधबारदेखि सामग्री आयात सुरु गरेको भए पनि अविरल वर्षाले लोडअनलोड कार्यमा समस्या भएको छ । चिनबाट चिनियाँ ट्रकमा ल्याएको स्वास्थ्य सामग्री नेपालतर्फ ल्याए पनि हिजो आएका सामग्री वर्षाको कारण नेपालतर्फ ल्याउन नसकिएको रसुवा भन्सार कार्यालयले जनाएको छ । कोरोना भाइरसका कारण नेपालमा चिनियाँ सामग्री सिधैं आउँदैन । पहिले चीनको पाङसिङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेका भए पनि अहिले चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर झार्ने गरेका छन् । मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले गएर ल्याउनुपर्ने भएकाले समस्या हुँदै आएको छ । हिजो आएको सामग्री वर्षाको कारण चिनियाँ पक्षले झारेको थिएन । ती सामग्री आज मात्र नेपालतर्फ ल्याइनेछ । झण्डै तीन हप्ता बन्द भएर सञ्चालनमा आएको नाकाबाट न्यून सामग्री आयात भइरहेको छ । दैनिक पाँच वटा चिनियाँ ट्रकले सामग्र...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ९ आज सुनको भाउ बढेको छ । सुन तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।...