Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

खैरोहिरोईनसहित ३ जना पक्राउ

खैरोहिरोईनसहित ३ जना पक्राउ

समाचार
झापा, असोज ९ झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईनसहित तीन जना पक्राउ परेका छन् । बिर्तामोड–३ का २४ बर्षीय बिशाल राजवंशी र १५ बर्षीय नरप्रसाद राजवंशी र बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी लागुऔषध खैरोहिरोईनसहित पक्राउ परेको प्रहरीले जनाएको छ । बिशेष सुचनाको आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको जिप्रका झापाले जनाएको छ । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
रुखको हांगाले लागेर एक नाबालिकाको मृत्यु

रुखको हांगाले लागेर एक नाबालिकाको मृत्यु

समाचार
सुनसरी, असोज ९ सुनसरीको धरानमा रुखको हाँगाले लागेर एक बालिकाको मृत्यु भएको छ । धरान–१४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हांगाले लागेर मृत्यु भएको हो । हिजो बिहान पौने १२ बजे आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी रुखको हांगा झरेर टाँउकोमा लाग्दा बालिका गम्भिर घाईते भएकी थिईन । उनलाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो अपरान्ह पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीसंगै रहेकी उनकी दिदी ८ बर्षीया नेबिस राईसमेत रुखको हांगाले लागेर घाईते भएको छ । उनको घोपा धरानमा उपचार भईरहेको जिप्रका सुनसरीले जनाएको छ ।...
कृषि विधेयकको विरोधमा भारतमा चक्काजाम

कृषि विधेयकको विरोधमा भारतमा चक्काजाम

समाचार, संसार
पूर्णपुष्टि, असोज ९  भारतका दुवै सदनबाट कृषि विधेयक पारित भएपछि भारतमा किसानहरुले विधेयको विरोध गर्दै चक्काजाम गरेका छन् । सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । भारतभर भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाईमा किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यो समितिमा किसानहरुका बिभिन्न १२ संगठन सामेल छन् र यी संगठनहरु कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ । उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव धेरै छ । यो किसानहरुको आन्दोलनमा राजनीतिक दललेसमेत साथ दिएको जनाईएको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बाहेकका सबै राजनीतिक दलले किसानहरुको आन्दोलनमा समर्थन जनाएको अन्तराष्ट्रिय स...
आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, असोज ९ आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज केहि ठाउँमा ठूलो झरी पर्ने सम्भावना हरेको महाशाखाले जनाएको छ । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने महाशाखाका जनाएको छ । प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका १÷२ ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजोअस्तिको जस्तो लगातार झरीको संभावना भने नभएको महाशाखाले जनाएको छ । सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्ने गरेपनि भोलिदेखि भने मौसम खुल्दै जाने जनाईएको छ । यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जाने महाशाखाले जनाएको छ ।...
जलवायु परिवर्तनको प्रकोपबाट ५ करोड भन्दाबढी मानिस प्रभावित

जलवायु परिवर्तनको प्रकोपबाट ५ करोड भन्दाबढी मानिस प्रभावित

समाचार, संसार
पूर्णपुष्टि, असोज ९ विश्वका पाँच करोड भन्दाबढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित भएको एक प्रतिवेदनले देखाएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु बाढी पहिरो, खडेरी आँधीबेहरीबाट विश्वका पाँच करोड १६ लाख मानिस प्रभावित हुन पुगेको इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले देखाएको हो । प्रतिवेदनमा मानव समुदाय एकपछि अर्को गर्दै जोखिममा पर्दै गएकोसमेत उल्लेख छ । उक्त मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोरोनाबाट प्रत्यक्ष प्रभावित भएको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको छ । यी दुई देशको झण्डै ४ करोड व्यक्ति बाढी, आँधी र कोरोनाबाट प्रभावित भएका छन् । कोरोनाले पनि प्रत्यक्ष रुपमा विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्...
बार्यन म्युनिखले यूईएफए सुपर कपको उपाधि चुम्यो

बार्यन म्युनिखले यूईएफए सुपर कपको उपाधि चुम्यो

खेलकुद, समाचार
पूर्णपुष्टिु, असोज ९ यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले हात पारेको छ । सेभियालाई समयमा २–१ गोलले पछि पार्दै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधि हात पारेको हो । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भएको छ । हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरे । त्यसपछि ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल गरेपछि खेल बराबरी भयो । निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछिा खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गरेपछि बायर्नले उपाधी चुमेको हो ।...
उदयपुर प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित ८ जना पक्राउ, पक्राउ पर्नेमा एक महिला पनि

उदयपुर प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित ८ जना पक्राउ, पक्राउ पर्नेमा एक महिला पनि

समाचार
पूणर्पुष्टि, असोज ८ उदयपुरको दुई स्थानबाट ठूलो मात्रामा ९५ सेट २ सय ८५ एम्पुल लागुऔषध प्रहरीले बुधबार पक्राउ गरेको छ । लागु औषाध र एक महिला सहित ८ जना संलग्न व्यक्तिलाई प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।  उदयपुरको जोगिदह र लालपत्ताबाट प्रहरीले लागुऔषाध सहित ८ जनालाई पक्राउ गरेको हो । लागुऔषानियन्त्रण अभियान अन्तर्गत बिषेश सूचनाको आधारमा उनिहरुलाई प्रहरीले जिल्लाको फरकफरक स्थानबाट पक्राउ गरेको हो । जोगिदहबाट पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १२ का १९ बर्षका रजामुदिन अन्सारी, २४ बर्षका दिलिप घिमिरे, २२ बर्षका शिब अधिकारी, २२ बर्षकै बिशाल मगर र २० बर्षिय सागर पौडेल रहेका छन् । उनिहरुलाई स १ प ३२२४ नम्बरको मोटरसाईकलमा लागुऔषाध सहित फत्तेपुर बाट गाईघाट आउँदै गरेको अवस्थामा जोगिदिहमा उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले पक्राउ गरेको हो ।  उनिहरुको साथ बा...
दुर्घटनामा एकै परिवारका ६ जनाको ज्यान गयो, घटना भएको दस महीना सम्म न त प्रहरीले दोषी नै प्रकाउ गर्यो न पीडित परिवारले क्षेतिपूर्ति नै पाए

दुर्घटनामा एकै परिवारका ६ जनाको ज्यान गयो, घटना भएको दस महीना सम्म न त प्रहरीले दोषी नै प्रकाउ गर्यो न पीडित परिवारले क्षेतिपूर्ति नै पाए

समाचार
पूणर्पुष्टि, असोज ८ सुनसरी कोशी गाउँपालिका ७ हरिपुर चोकमा गत मंसिर शनिबार राति १२ः२० बजेको समयमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ६ जना र चालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो । विराटनगरबाट उदयपुरको गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईरहेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिँदा एम्बुलेन्सका चालक सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।  मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका १० बस्ने ८५ वर्षिय शिवमाया राई, छोरा ५० वर्षिय तुलबहादुर राई, भतिज ३२ वर्षिय दिनेश राई, ज्वाई ६१ बर्षीय उद्धव राई, नातिहरु ३१ वर्षिय दुर्गाधन र २८ वर्षिय टेकेन्द्र राईको घटना स्थलमै मृत्यु भएको थियो । यस्तै त्रियुगा नगरपालिका ८ का एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु भएका परिवारको ...
पहिरोमा ६ जनाको मृत्यु, एकै परिवारको १० जना बेपत्ता

पहिरोमा ६ जनाको मृत्यु, एकै परिवारको १० जना बेपत्ता

समाचार
पूणर्पुष्टि, असोज ८ स्याङजामा पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । लगतारको बर्षाका कारण आज बिहान गएको पहिरोमा परि बेपत्ता ६ जनाको शव फेला परेको हो । वालिङ नगरपालिका वडा नं १४ एकै परिवारको १० जना बेपक्ता भएको थियो ।त्यस मध्ये ६ जनाको शव र एक जनालाई भने जिवितै उद्धार गरि उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । पहिरोमा बेपक्ताहरुको उद्धारमा समस्या आईरहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले बेपक्ताहरुको खोजि कार्य गरिरहेको छ ।...
मानव स्वास्थ्य जिवनमा योग र आयुर्वेद औषधीको ठुलो महत्व

मानव स्वास्थ्य जिवनमा योग र आयुर्वेद औषधीको ठुलो महत्व

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, असोज ७ मानव जिवनको स्वास्थ्य क्षेत्रमा योग र आयुर्वेद पद्धतिको निकै महत्व र आवश्यक रहेको आयुर्वेद चिकित्सक र योग प्रशिक्षहरु बताउँछन् । यो पुरानो र विश्वासिलो उपचार र स्वस्थ्य जिवनको उपयोगी कार्य रहेको भन्दै अति उपयोगिको रुपमा मानिसले लिनु पर्ने योगा र आयुर्वेदलाई महत्वका साथ लिनु पर्ने उनिहरुले बताए । गत बर्ष उदयपुरको सगरमाथा अञ्चल आयुर्वेद औषाधलयमा योग तथा प्राविधिक चिकित्सा तालिममा सहभागिहरुलाई बुधबार प्रमाण पत्र वितरणको एक कार्यक्रममा चिकित्सक तथा योग प्रशिक्षकहरुले यस्तो बताए ।       हाल वर्तमान समयमा योग तथा आयुर्वेद पद्धति र आयुर्वेद चिकित्साको निकै महत्व हुन थालेको भन्दै १ नं प्रदेशको समाजिक विकास मन्त्रालयको समन्वय, प्रदेश १ का सिटिइभिटि को आर्थिक सहयो तथा सगरमाथा अञ्चल आयुर्वेदको व्यवस्थापनमा  शैलेस आचार्य स्मृति पोलिटेक्निकलले तालिम...