-तुलसा भट्टराई, उदयपुर
कोरोनाको सन्त्रासले जलाउने हो अझै कति ?
विश्वभरी हल्लाहरू चलाउने हो अझै कति ?
हुनेखाने र हुँदाखानेबीचको फरकलाई
घर्-घरमा गरिबीले गलाउने हो अझै कति?
सुन्दर भविष्यको सपनामा बाँचेकाहरूको
मनभित्र तनाव नै पलाउने हो अझै कति ?
जोखिमयुक्त भू-भागमा रहेका ती बस्तीहरू
भूकम्प र पहिरोले ढलाउने हो अझै कति ?...
पूणर्पुष्टि, असोज ७
जल तथा मौसम विज्ञान बिभागले शनिवार सम्मै बर्षा हुने जनएको छ । यो बर्ष मनसुन ढिलो बाहिरिने भन्दै लामो समय सम्म मनसुन रहने बिभागले जनाएको हो । मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
राति देशभर सामान्यदेखि पूणर् बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कणर्ाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालम...
पुर्णपुष्टि,असोज ७
काठमाडौंमा बालबालिकाले लगाएको मुन्द्रा चोरी गर्ने साथै लुटिएका मुन्द्रा खरिद गर्ने दुई महिलालाई पक्राउ परेका छन् । म्याग्दी घर भई काठमाडौं बालाजुमा बस्ने ३२ वर्षीय संगीता क्षेत्री र काभ्रे घर भई ललितपुरको सौगलमा बस्ने मुरली बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी क्षेत्रीले बालबालिकाहरुलाई चकलेट र आईसक्रिम दिई आमाको साथी हुँ भनी प्रलोभनमा पार्ने र त्रसित बनाई कानको मुन्द्रा चोरी गर्ने गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीले क्षेत्रीलाई बालबालिकाको कानको मुन्द्रा लुटपाट गरेको आरोपमा गोकोर्णेश्वर नगरपालिका–८ माकलवारी र लुटिएका मुन्द्रा खरिद गर्ने बिकलाई ललितपुर महानगरपालिका–६ कनिवहालबाट पक्राउ गरेको हो ।
संगीताको साथबाट केही नगद र एउटा मोवाइल, बिकबाट एउटा सुनको सिक्री, करिब ६१ लाल गालेको सुन, ३० हजार ५०० नगद र एउटा मोवाइल ...
पुर्णपुष्टि,असोज ७
सिराहाको औरी गाउँपालिका–३ का ५० वर्षीय पुरुषको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको छ । धरानको वीपी कोइराला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मृतक पुरुषमा मस्तिष्क घातका साथै टाउको दुख्ने, उल्टी आउने जस्ता समस्या देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो । त्यसै क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
उनको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।...
गोठकृष्ण ठकुरी, उदयपुर
एक जमाना थियो
जहाँ म पढ्दै थिएँ
जहिले म बढ्दै थिएँ
त्यहीँ सिकेको हुँ
लाइन बस्न
प्राथना गर्न
आदर गर्न
जुन अहिले
सजिलो भएको छ
हरेक ठाउँमा लाइन बस्न
सजिलो भएको छ
समस्यामा भगवान पुकार्न
सजिलो भएको छ
आदर गरेर उम्कन
सरले जहिले भन्नु हुन्थ्यो–
“कम खाओ, बुद्वि बढ्छ”
आज आएर थाहा भो
भोको पेटले साँच्चै बुद्धि बढाउने रहेछ
आज कति साथीहरू बुद्धि बढेर
पराइभूमि पुगेका छन्
कतिले बन्दुक बोकेका छन्
त कतिले कलम भिरेका छन्
सरले भन्नुहुन्थ्यो–
“आजको अप्ठ्यारोले भोली सजिलो बनाउँछ”
हो रहेछ
हिजो अप्ठ्यारो गरी सिकेको हिसाबले
आज सजिलो भएको छ
परदेशी आउने दिन गन्न
सजिला्े भएको छ
तलब आउने दिन गन्न
सजिलो भएको छ
उधारो खाएको जोड्न
त्यति बेला म बुझ्दिन थिएँ
‘धन भन्दा विद्या ठूलो’ पाठ पढाउने सरले
पैसा थोरै भो भनेर स्कुल छाडेको कुरा
‘बल भन्दा बुद्धि ठूलो’ पाठ पढाउने ...
पूणर्पुष्टि, असोज ७
नेपालमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अल्का र मेघा हस्पिटलमा उपचार भईरहेको ललितपुरका २ जनाको आज मृत्यु भएको हो ।
अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति सवा दुई बजे मृत्यु भएको हो । गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो । उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको भने मंगलबार साँझ ५ बजे मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।...
पूणर्पुष्टि, असोज ६
उदयपुरका २ अति अपाङगता दाजुभाईले जिल्ला प्रशासन कार्यलय उदयपुर बाट मंगलबार नागरिकता पाएको छ । लिम्चुङबुङ गाउँपालिका बाँसबोटे नर्थुङका जिवन राई र दोशन राईले जिल्ला प्रशासन कार्यलय उदयपुरबाट सहज रुपमा नागिरकता पाएको हो ।
साहायक सिडियो शसि कुमार लम्साल र प्रशासकिय अधिकृत झक्त बहादुर राईको पहलमा उनिहरुलाई सहजै नागकिता प्रदान गरिएको छ । उदयपुरकै बिकट पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाबाट नागरिकताकै लागि बाबु पूणर् बहादुर राई र आमा रन्त कुमारी राई सँग दाजु भाई सोमवार सदरमुकाम गाईघाट झरेका थिए । बाबु पूणर् बहादुर राई र आमा रत्नमाया राईको दुइ जना मात्र शन्तानको रुपमा रहेको दुवै शन्तान १० बर्ष अघि अपाङगता हुन पुग्यो ।
जेठा छोरा जिवन अहिले २० बर्षको भयो भने कान्छो १८ बर्षको भयो । हस्पिटलले जानकारी गराए अनुसार ति दाजु भाई प्यारालाईसिसको बिरामी रहेको बुबा पूणर् बहादु...
पूर्णपुष्टि, असोज ६ ।
गएको भदौ १३ गते विज्ञप्ती निकालेर नेकपा (विप्लब) औपचारिक परित्याग गर्दै स्वतन्त्र नागरिक भएर जीवन ब्यतित गर्ने घोषणा गरेका केदार राईले आज फेरी विज्ञप्ती निकाल्दै आफुमाथि राज्यले लगाएको मुद्दा फिर्ताको अपिल गरेक छन् ।
उदयपुरको रौतामाई ३ लाफागाउँ निवासी राईले आस्थाका आधारमा आफुमाथि लगाइएको मुद्दा फिर्ता लिन अपिल गर्दै अव उप्रान्त नितान्त एक समाजसेवी र सामाजिक अभियान्ता मात्रै रहने आप्mनो निष्कर्ष रहेको जनाएका छन् । “आस्थाको आधारमा लगाइएको पूर्वाग्रह र प्रतिशोधयुक्त फौजदारी मुद्दा फिर्ताको लिन सरकारसंग सार्वजनिक अपील गर्दछु ।” उनले विज्ञाप्तीमा भनेका छन् ।
२०७५ पुस ८ गते उदयपुर जिल्ला कारागारबाट मुक्त भएपछि माघ ३ गते उच्च क्तचापबाट मस्तिष्कघात भएको र पार्टीमा निस्कृय बनेको विज्ञप्तीमा जनाएका छन् । आफु निर्दोष रहेको भन्दै उनले आफु अहिले कुनै पार्टीको सदस्य न...
उदयपुर, असोज ६ ।
उदयपुर हिमाली यातायात केन्द्रका कार्यवाहक अध्यक्ष परमेश्वर घिमिरेले उदयपुरको सदरमुकाम गाईघाटबाट सञ्चालन हुने सबै किसिमका सवारी साधनहरु सञ्चालनमा आएको जानकारी दिदै यात्रुहरुले ढुक्कले यात्रा गर्ने वातावरण रहेको बताउनु भएको छ ।
पूर्णपुष्टि मिडियासंग संवाद गर्दै अध्यक्ष घिमिरेले कोरोनाप्रति उच्च सतर्कता अपनाउदै सरकारले तोकेको सबै मापदण्ड अपनाएर मात्र सार्बजनिक यातायात सञ्चालन गरिएकोले ढुक्कले यात्रा गर्ने वातावरण रहेको बताउनुभयो । गाईघाटबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका, ग्रामिण भेग, पहाडी भेग, पूर्वी सहरहरु र राजधानी काठमाडौं लगायत सञ्चालन हुने सबै सावारी सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
अहिलेसम्मको कोरोनाको अवस्थालाई हेर्दा उच्च सतर्कताका साथ स्वास्थ्य मापदण्ड अपनाएर सार्बजनिक यातायात सञ्चालन गर्न सकिने देखिएको उहाँले बताउनुभयो । अव कोरोना विरुद्ध लड्दै व्यव...
पूर्णपुष्टि, असोज ६ ।
देशकै ठूलो सरकारी स्वमित्वको उद्योग, उदयपुर सिमेन्ट उद्योग जलजलेमा छ दिनदेखि निरन्तर मजदुर आन्दोलन चलिरहेको छ । लकडाउनको बेला उद्योगबाट निकालिएका करारका ज्यालादारी मजदुरहरुको आन्दोलन पुनः नियुक्तीको माग गर्दै चलिरहेको हो । उनीहरुले जलजलेस्थित उद्योगको मुख्य गेटमा धर्ना दिदै आएका छन् । गएको चैत ११ गते लकडाउन सुरु भएसंगै करारका एकसय तीन जना मजदुरहरु कामबाट निकालिएका थिए । पुनः नियुक्तीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । मजदुर सन्तोष खड्काको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति नै गठन गरेर आन्दोलन अगाडी बढाएका छन् । गत असोज २ गतेदेखि धर्ना कार्यक्रमका साथ आन्दोलनमा उत्रिएका उनीहरुले दैनिकरुपले धर्नाको समय बढाउदै गएका छन् । २ गते विहान १०ः ०० देखि ११ ः ०० बजेसम्म एकघण्टा धर्ना बसेका उनीहरु हरेकदिन आधाघण्टा थप्दै आएका छन् । आज दिउसो २ ः ०० बजेसम्म धर्ना कार्यक्...