उदयपुरकी पत्रकार पराजुली आज प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै
पूर्णपुष्टि, असोज ६ ।
प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा आज प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीबाट पत्रकारिता गर्दै आएकी पत्रकार रेनु पराजुली पुरस्कृत हुदैछिन् । १५ हजार रासीको सो पुरस्कार आज दिउसो २ बजे काउन्सिलको बार्षिकोत्सव कार्यक्रममा पराजुलीले पाउने भएकी हुन् ।
ओखलढुंगाबाट पत्रकारिता केरियर बनाएकी उनी हाल गृहजिल्ला उदयपुरको कटारीमा रहेर पत्रकारिता गर्दै आएकी छिन् । उनले समावेसी एफएम सञ्चालन गरिरहेकी छिन् । सो पुरस्कार पराजुलीसहित देशभरका १४ जना युवा पत्रकारहरुले पाउनेछन् । १ नं. प्रदेशकै इलामका सटेन्द्र जगेबु पनि सो पुरस्कारबाट पुरस्कृत बन्दैछन् ।२० हजार राशीको यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारतर्फ देशभरका सातजना पत्रकारहरु पुरस्कृत हुदैछन् । जसमो १ नं. प्रदेशबाट झापाका गोविन्द क्षेत्री पुरस्कृत हुदैछन् । यसवर्षको प्...









